जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ। अध्यक्ष यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय भएको ठाकुर पक्षका नेता डा. सुरेन्द्र झाले जानकारी दिए।
यसअघि यादव पक्षबाट ठाकुरसहित चार नेतालाई निष्कासन गर्ने निर्णय गरेको थियो। पार्टीबाट निष्कासन गरेलगत्तै पार्टीले चार नेताहरुलाई दलको दर्ता किताबबाट हटाउन निर्वाचन आयोगलाई पत्र समेत लेखेको थियो।
जनता समाजवादी पार्टी, नेपालले संसदीय दलको बैठक बोलाएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट स्वदेश फर्केसँग संसदीय दलको बैठक बस्न लागेको हो।
बैठक पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा अबको केहीबेरमा सुरु हुनेछ। बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुने बताइएको छ।
आईतवार मात्रै ७ जना प्रतिनिधि सभा सदस्यसहित अशोक राईले जनता समाजवादी पार्टी गठन गरी दर्ता भइसकेको छ। अब उपेन्द्र यादवसँग प्रतिनिधि सभामा जम्मा ५ जना मात्रै सांसदहरु छन्। सोही विषयमा संसदीय दलको बैठकमा छलफल हुनेछ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।