विवेकशील पार्टीले राष्ट्रपति तथा प्रधानमन्त्रीको जोडी इतिहासमै कलंकित हुने भन्दै मध्यरातमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनको भत्सर्ना गरेको छ।
पार्टीले सो कदम अनैतिक तथा असंवैधानिक भएको भन्दै त्यसले प्रधानमन्त्री र राष्ट्रपति दुबैको बद्नाम भएको जनाएको छ।
‘आफैँलाई निर्वाचित गर्ने सार्वभौम संसदको अधिकारलाई कुण्ठित गरी संवैधानिक तथा राजनीतिक नैतिकतालाई तिलाञ्जली दिई शक्तिमा टाँसिन र टसाउन जस्तोसुकै हर्कत गर्ने राष्ट्रपति तथा प्रधानमन्त्रीको जोडी इतिहासमै कलंकित हुनेछ।’ प्रेस विज्ञप्तिमा भनिएको छ।
कोभिड–१९ को महामारी उत्कर्षमा पुग्दै गर्दा देशलाई निर्वाचनमा नै धकेल्ने राष्ट्रपति र प्रधानमन्त्रीको दुर्नियत भएको जनाउँदै पार्टीले सो कदम नेपाली नागरिकहरूप्रतिको अपराध समेत भएको उल्लेख गर्दै सो कदमविरुद्ध सम्पूर्ण राजनीतिक दल तथा नागरिक संघसंस्थाहरू पनि एकताबद्ध हुन जरुरी रहेकोमा पार्टीले जोड दिएको छ।
विवेकशील साझा पार्टीले विवादस्पद र घातक दस्तावेज ‘विचार भन्दा माथि देश’ खारेज गरेको छ।
शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त दस्तावेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति शुरु भएको र त्यसले पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिशन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरिएको हो।
बैठकले सो दस्तावेज सार्वजनिक गरेपछि उक्त विचारसँग असहमत पार्टीका केन्द्रीय तथा अन्य समितिका नेताहरूसँग तत्काल संवाद गरी सबै प्रकारको समस्याको समाधान गर्न अग्रसर हुने निर्णय गरेको छ।
विवेकशील साझा पार्टीको हालको केन्द्रीय समितिमा रहेका केही नेताहरु पार्टी हित विपरीतको गतिविधिमा प्रत्यक्ष संलग्न रहेको पाईएको भन्दै बैठकले पार्टी नीति तथा हित विपरीत गतिविधिमा संलग्न भएका नेताहरूलाई तत्कालै स्पष्टीकरण सोध्ने र आवश्यक कदम चाल्ने निर्णय गरेको छ।
यसैगरी बैठकले पार्टी भित्र देखा परेको वैचारिक असहमतिका कारण विगत देखिनै राजीनामा दिएका, असन्तुष्ट भएर निष्कृय रहेका र वैचारिक संघर्षमा सम्मिलित पार्टीका सम्पूर्ण नेता तथा सदस्यहरुलाई विवादस्पद दस्तावेज ‘विचार भन्दा माथि देश’ खारेज गरिसकिएकाले पार्टीमा पुन: सकृय हुन, पार्टी निर्माणसँगै आसन्न निर्वाचनमा होमिन अपील गरेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।