विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री धवलशम्शेर राणासँग भेटेर दुवै पार्टी मिलाएर नयाँ पार्टी बनाउन प्रस्ताव गरेका छन्। शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमसेर राणासँगको भेटमा उनले पार्टी एकताको विषयमा छलफल गरेका थिए।
छलफलका क्रममा विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दुवै पार्टी मिलाएर अघि बढ्न प्रस्ताव गरेको राप्रपा महामन्त्री राणाले बताए। ‘सकभर एकीकरण गरौं, नभए दुवै पार्टी मिलाएर नयाँ पार्टी बनाऔं भन्ने उहाँको प्रस्ताव थियो,’ उनले भने, ‘समान विचार भएका पार्टीसँग एकता गर्ने हाम्रो पार्टीको नीति नै छ।
विवेकशील साझासँग एकीकरणका विषयमा पनि छलफल भयो।’ राप्रपाले विचार मिल्ने पार्टीहरूसँग एकीकरण गर्न महामन्त्री राणाको नेतृत्वमा समिति बनाएको थियो। सो समितिले विभिन्न पार्टीसँग छलफल चलाइरहेको छ।
संवैधानिक राजतन्त्रको वकलात गर्दै आएको राप्रपाले हिन्दूराष्ट्र घोषणा र संघीयता खारेज हुनुपर्ने माग राख्दै आएको छ। विवेकशील साझाका अध्यक्ष मिश्र धर्मनिरपेक्षका विषयमा जनमत संग्रह र संघीयता खारेज हुनुपर्ने पक्षमा पेश गरेको ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ शीर्षकको दस्तावेजलाई केन्द्रीय समितिले पारित गरिसकेको छ। सो दस्तावेज पारित भएसँगै विरोधमा उत्रिएका विवेकशील साझाका संयोजक मिलन पाण्डेलाई कारबाही गरिएको थियो।
राप्रपा अध्यक्ष लिङदेन र महामन्त्री राणासँगको भेटपछि विवेकशील साझाका अध्यक्ष मिश्रले सामाजिक सञ्चालमार्फत् आशाजनक संवाद भएको जानकारी गराएका थिए। ‘राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेन तथा महामन्त्री धवलशम्शेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो,’ उनले लेखेका थिए।
उनले विवेकशील साझा राप्रपामा प्रवेश गर्न वा राप्रपा विवेकशील साझामा आउन नसकेपनि दुबैको सहमतिमा विकल्पसहितको नयाँ शक्ति सिर्जना गर्न सकिने विषयमा छलफल भएको जानकारी दिएका थिए।
विवेकशील साझा पार्टीले विवादस्पद र घातक दस्तावेज ‘विचार भन्दा माथि देश’ खारेज गरेको छ।
शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त दस्तावेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति शुरु भएको र त्यसले पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिशन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरिएको हो।
बैठकले सो दस्तावेज सार्वजनिक गरेपछि उक्त विचारसँग असहमत पार्टीका केन्द्रीय तथा अन्य समितिका नेताहरूसँग तत्काल संवाद गरी सबै प्रकारको समस्याको समाधान गर्न अग्रसर हुने निर्णय गरेको छ।
विवेकशील साझा पार्टीको हालको केन्द्रीय समितिमा रहेका केही नेताहरु पार्टी हित विपरीतको गतिविधिमा प्रत्यक्ष संलग्न रहेको पाईएको भन्दै बैठकले पार्टी नीति तथा हित विपरीत गतिविधिमा संलग्न भएका नेताहरूलाई तत्कालै स्पष्टीकरण सोध्ने र आवश्यक कदम चाल्ने निर्णय गरेको छ।
यसैगरी बैठकले पार्टी भित्र देखा परेको वैचारिक असहमतिका कारण विगत देखिनै राजीनामा दिएका, असन्तुष्ट भएर निष्कृय रहेका र वैचारिक संघर्षमा सम्मिलित पार्टीका सम्पूर्ण नेता तथा सदस्यहरुलाई विवादस्पद दस्तावेज ‘विचार भन्दा माथि देश’ खारेज गरिसकिएकाले पार्टीमा पुन: सकृय हुन, पार्टी निर्माणसँगै आसन्न निर्वाचनमा होमिन अपील गरेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।