मुलुकलाई मध्यावधिमा धकेल्न खोज्नु निकृष्ट तथा गैर जिम्मेवार कार्यः जनमोर्चा
०७ जेष्ठ २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
मुलुकलाई मध्यावधिमा धकेल्न खोज्नु निकृष्ट तथा गैर जिम्मेवार कार्यः जनमोर्चा

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपतिले विश्वासको मत र नयाँ सरकार गठन सम्बन्धी चालेको कदम असंवैधानिक तथा लोकतान्त्रिक मूल्यमान्यताका विरुद्ध रहेको जनाएको छ। पार्टी अध्यक्ष चित्रवहादुर केसी हस्ताक्षरित विज्ञप्तीमा प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा उठाइएको त्यसप्रकारको असंवैधानिक कदमको भत्सर्ना गरिएको छ।  

‘पुनर्स्थापित संसदलाई विघटन गर्नका लागि ओलीले विभिन्न षडयन्त्र गर्दै आएका छन्’, विज्ञप्तीमा भनिएको छ,‘पदबाट राजीनामा गरेर मात्र ’मार्गप्रशस्त’ गर्नु पर्नेमा संसदलाई भंग गरेर मध्यावधि निर्वाचनमा देशलाई धकेल्ने षडयन्त्र भएको छ।’  

मुलुक कोरोना महामारीबाट गम्भीर रुपले ग्रस्त भएको बेला जनताको स्वास्थ्य उपचारमा ध्यान केन्द्रित गर्नु पर्नेमा देशलाई मध्यावधिमा धकेल्न खोज्नु निकृष्ट तथा गैर जिम्मेवार कार्य हरको विज्ञप्तीमा उल्लेख छ।

लोकप्रिय
अर्को समाचार
लुम्बिनी प्रदेशसभाका विषयगत समिति: सत्तापक्षलाई चार,प्रतिपक्षलाई दुई
०३ पौष २०८०
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
लुम्बिनी प्रदेशसभाका विषयगत समिति: सत्तापक्षलाई चार,प्रतिपक्षलाई दुई

प्रदेशसभा गठन भएको एक वर्ष पछि संसदका विषयगत समिति बन्ने भएका छन्। प्रदेशसभाको दोस्रो कार्यकाल प्रारम्भ भएको एक वर्षपछि संसदका विषयगत समिति बनाउने गरि दलहरूले भागबन्डा मिलाएका छन्। प्रदेशसभाको दोस्रो कार्यकाल प्रारम्भ भएको आगामी १७ गते एक वर्ष पुग्दैछ। प्रदेशसभाले ठ्याक्कै एक वर्षपछि प्रदेशसभाका विषयगत समितिको नेतृत्वका लागि निर्वाचन गर्दैछ। आगामी १६ गते समितिका सभापति चयनका लागि उम्मेदवारी दर्ता हुनेछ। 

लुम्बिनी प्रदेशसभाका ६ विषयगत समिति मध्य सत्तापक्षले ४ र प्रतिपक्षले दुई समितिको नेतृत्व पाउने भएका छन्। सत्तारुढ तथा प्रतिपक्ष दलका नेताहरूका अनुसार सत्ता पक्षीय दलहरूले चार समितिको नेतृत्व सम्हाल्ने छन् भने दुई समितिको नेतृत्व प्रतिपक्ष एमालेले सम्हाल्ने भएको छ। दलहरूका बिचमा यो मौखिक सहमति भएको र समितिको नेतृत्व चयनमा कुनै समस्या नहुने एमाले प्रदेश संसदीय दलका नेता लीला गिरीले जानकारी दिए। 

‘सत्तापक्षलाई चार समिति, र प्रतिपक्ष एमालेलाई दुई समिति दिने गरि मौखिक सहमति भएको अवस्था हो,’ गिरीले भने ‘समितिको नेतृत्व चयनमा कुनै समस्या हुँदैन, सहमति अनुसार नै प्रक्रिया अगाडी बढ्छ।’ प्रदेशसभाका विषयगत समितिको नेतृत्व चयनका लागि संसदमा आगामी १७ गते निर्वाचन हुँदैछ। सत्तारुढ दलले पाउने चार समिति मध्य दुई वटा समितिको नेतृत्व कांग्रेसले पाउने सहमति भएको छ। 

यसै गरी माओवादीले एउटा समिति र राष्ट्रिय जनमोर्चालाई एउटा समितिको नेतृत्व दिने गरि दलहरूले भागबन्डा मिलाएका छन्। कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पनि समितिको नेतृत्वका बारेमा सहमति भैसकेको बताए। ‘कांग्रेसले दुई, एमालेले दुई, माओवादीले एक र राष्ट्रिय जनमोर्चाले एउटा समितिको नेतृत्व पाउने गरि सहमति भैसकेको छ,’ कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनले भने ‘समितिको नेतृत्व चयनका लागि कुनै समस्या आउने छैन।’ यसै गरी माओवादी केन्द्रका सांसद इन्द्र जित चौधरीले पनि समितिको नेतृत्व चयन सहमतिको प्रक्रियाबाट हुने बताए। ‘समितिको नेतृत्व चयनमा कुनै समस्या हुँदैन,’ सांसद चौधरीले भने ‘सत्ता पक्षीय र प्रतिपक्ष दलहरूका बिचमा कसले कति समिति पाउने भन्ने विषयको टुंगो लागिसकेको छ।’

समितिको नेतृत्वका बिषयमा भागबन्डा मिलिसकेको भए पनि कुन दलले कुन समितिको नेतृत्व पाउने भन्ने विषय भने टुङ्गिन बाँकी छ। प्रतिपक्ष दलले लेखा समितिको नेतृत्व पाउने नियमानुसार एमालेले यो समितिको नेतृत्व पाउने पक्का छ। तर अरु कुन कुन समिति कुन दलले पाउने भन्ने टुंगो नलागेको एमाले संसदीय दलका नेता गिरीले जानकारी दिए। ‘प्रतिपक्ष दल भएकाले एमालेले लेखा समितिको नेतृत्व पाउनु पर्छ, यो समितिको नेतृत्व प्रतिपक्ष दलले पाउने परम्परा नै हो,’ गिरीले भने ‘बाँकी रहेका पाँच वटा समिति मध्य कुन कुन समिति कुन दलले पाउने भन्ने विषय चाहिँ टुंगिएको छैन।’

प्रदेशसभा गठन भएको एक वर्ष पुग्दा समेत संसदका विषयगत समितिहरू बन्न सकेका थिएनन्। फलतः संसदको कामकारबाही चुस्त बन्न सकेको थिएन। अब विषयगत समिति निर्माण हुने भएपछि संसदका गतिविधि प्रभावकारी ढङ्गबाट अघि बढ्ने एमाले संसदीय दलका नेता गिरीले जानकारी दिए। ‘संसदमा पेश भएका विधेयकहरूलाई मसिनो गरि छलफल गर्ने संयन्त्र बनेका विषयगत समितिहरू हुन्, अब यी समितिहरू बन्ने भएपछि संसदमा पेश भएका विधेयकहरूमा सूक्ष्म छलफल हुने र सांसदलाई सुझाव दिने काम हुनेछ,’ गिरीले भने ‘यससँगै संसद तथा सरकारले गरेका कामकारबाहीको पनि निगरानी हुनेछ, यसले संसद र सरकारको कामकारबाही प्रभावकारी बन्ने छन्।’ 

आगामी १७ गते संसदीय समिति निर्माण भएपछि मात्रै मन्त्रीपरिषद्लाई पूर्णता दिइने सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिए। ‘संसदीय समितिहरू बनेपछि तत्काल मन्त्री परिषद्ले पूर्ण पाउने छ,’ मन्त्री पाण्डेले भने।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस