प्रधानमन्त्री ओली र ठाकुरबीच भेटवार्ता
३० वैशाख २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रधानमन्त्री ओली र ठाकुरबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन्।

अहिले प्रधानमन्त्री ओली र ठाकुरबीच भेटवार्ता भइरहेको छ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त सरकारका लागि दाबी नगर्ने भएपछि ओली फेरि प्रधानमन्त्री बन्ने तरखरमा रहेका ओलीसँग सामयिक विषयमा दुईपक्षबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

लोकप्रिय
अर्को समाचार
जसपाका माग पूरा गर्न सरकारले थाल्यो प्रक्रिया
२४ चैत्र २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
जसपाका माग पूरा गर्न सरकारले थाल्यो प्रक्रिया

जनता समाजवादी पार्टी (जसपा) ले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ। मधेस आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा फिर्ता लिन र बन्दी रिहाइ गर्न सरकारले प्रक्रिया अघि बढाएको हो।

जसपाका अनुसार सरकारले मधेस आन्दोलनका क्रममा बन्दी बनाइएकाको मुद्दा कहिले र कहाँ दर्ता भएको हो र हाल ती मुद्दाको अवस्था कस्तो छ भन्ने यकिन विवरण निकाल्न फाराम भर्न लगाएको छ। फाराम भर्न लगाउनुको अर्थ आफ्नो पार्टीद्वारा अघि सारिएका माग पूरा हुने परिस्थिति सिर्जना हुन लागेको जसपा नेता एवं कार्यदल सदस्य लक्ष्मणलाल कर्णले बताए।

जसपाले राखेका माग पूरा गर्न सरकारले बन्दी रिहाइ प्रक्रियासम्बन्धी कार्यविधिसमेत पास गरेको छ। कार्यविधि पास भएसँगै जसपालाई मुद्दा र बन्दीको विवरण निकाल्न फाराम भर्न लगाइएको हो। आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो। जसपाले उठाएका माग कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री र ठाकुरबीच कुराकानी भएको ठाकुरनिकट जसपाका नेता डा. सुरेन्द्र झाले बताए। 

जसपाले राखेका माग पूरा गर्न सरकारले बन्दी रिहाइ प्रक्रियासम्बन्धी कार्यविधिसमेत पास गरेको छ। कार्यविधि पास भएसँगै जसपालाई मुद्दा र बन्दीको विवरण निकाल्न फाराम भर्न लगाइएको हो। आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो। 

जसपाका कार्यकारिणी समिति सदस्य मनीष सुमनका अनुसार मधेस आन्दोलनका क्रममा जसपाका कार्यकर्तामाथि ८६ थान मुद्दा लगाइएका छन्। तिनमा २ सय ८२ जना व्यक्तिलाई प्रतिवादी बनाइएको छ। जसपाका ५० जना कार्यकर्ता अहिले पनि विभिन्न जेलमा रहेको सुमनले जनाए। सुमनका अनुसार सबैभन्दा बढी मुद्दा टीकापुर घटनामा दर्ता गरिएका छन्। सो घटनामा बन्दी बनाइएका जसपाका सांसद रेशम चौधरीको रिहाइको मुद्दालाई जसपाले प्रमुख अजेन्डा बनाएको छ।

यसैगरी जसपाले मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, बन्दीहरूको रिहाइ हुनुपर्ने, घाइतेहरूको उपचार हुनुपर्ने, संविधान संशोधन हुनुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग अघि सारेको छ। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग सरकारले तत्काल पूरा गर्न सक्छ तर मुद्दा खारेजका लागि भने अदालती प्रक्रिया अघि बढाउनुपर्छ। संविधान संशोधन गर्न संसद्मा दुईतिहाइ मत आवश्यक पर्ने भए पनि सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गर्न सक्छ। पछिल्लो समय जसपाका अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीसँग नजिकिएका छन्। 

जसपाको माग पूरा गर्न प्रधानमन्त्रीले कार्यदलसमेत बनाएका छन्। कार्यदलमा सरकारका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र कर्ण छन। शुक्ल र कर्ण दुवै ठाकुरनिकट मानिन्छन्। जसपालाई अहिले दुवैतिर सत्ता साझेदारीको प्रस्ताव आएको छ। तर नयाँ सरकार निर्माणको विषयमा जसपाका नेताहरू दुई कित्तामा बाँडिएका छन्। बाबुराम भट्टराई र उपेन्द्र यादव माओवादी केन्द्रसँग मिलेर सत्ता साझेदारी गर्नुपर्ने अडानमा छन् भने ठाकुर र राजेन्द्र महतोलगायत नेताहरू ओलीसँग निकट देखिएका छन्। माओवादी केन्द्रले पनि जसपासँग सत्ता साझेदारीको प्रस्ताव गरेको छ।

यसैगरी नेपाली कांग्रेसका नेताहरूले पनि जसपासँग भेटघाट र कुराकानी जारी राखेका छन्। माओवादी केन्द्रसँगको कुराकानीमा भट्टराई र यादव बैठकमा सहभागी हुने गर्छन् भने प्रधानमन्त्रीसँग कुराकानीमा अर्का अध्यक्ष ठाकुर र नेता महतो सहभागी हुने गर्छन। प्रधानमन्त्रीसँग सहकार्य गर्न नचाहने भट्टराई र यादव प्रधानमन्त्रीसँग कुराकानी गर्न बालुवाटार जाने गरेका छैनन्। महतोनिकट नेताहरूले जसले माग पूरा गर्छ, त्यसलाई समर्थन गर्ने बताउँदै आएका छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस