प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार विश्वास गर्न नसकिने सरकार नभएको बताएका छन्। विश्वासको मत लिन आव्हान गरिएको सोमबारको संसद बैठकमा बोल्दै उनले सरकारले मुलुकका लागेका गरेका कार्य आफै बोल्ने बताए।
‘राष्ट्रियताको पक्षमा धेरै भन्नु परेन, सम्बर्द्धन र हित भौगोलिक अखण्डताको रक्षा र पहरेदारी गर्ने सन्दर्भमा मैले धेरै भन्नु परेन’, उनले भने, ‘हामी मुलुकको स्वभिमानमाथि उठाउने सवालमा हामी चुकेका छैनौ। सत्य आफै बोल्छन्।’
त्यस्तै उनले कोरोनाको समयमा सबै एकजुट हुनु पर्नेमा त्यसो हुन नसकिरहेको बताएका छन्। कोभिडलाई पराजित गर्ने साझा उत्तरदायीत्वबाट विपक्षीहरु टाढा रहेको पनि उनले बताए।
‘विचारका भिन्नतालाई थाती राखेर कोरोनाविरुद्ध एक जुट हुनुपर्थ्यो,’ उनले भने, ‘तर अहिले त्यसो हुन सकिरहेको छैन।’
नेकपा एमालेले नाराबाजी गरेपछि आजको संसद बैठक स्थगित भएको छ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफमा चित्त नबुझेको भन्दै एमालेले संसदमा नाराबाजी गरेको छ।
एमालेका सचेतक महेश बर्तौलाले सरकारले सुन तस्करहरुलाई संरक्षण गर्न समिति बनाउन नचाहेको आरोप लगाएका थिए। उनले आफ्नो पार्टीको माग यथावत रहेको बताएका थिए।
सुन प्रकरणको बिषयलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा जवाफ दिएका थिए। श्रेष्ठको जवाफमा चित्त नबुझेको भन्दै एमालेले संसद अवरुद्ध गरेको हो।
बैठक अब भोलि दिउँसो १ बजे बस्नेछ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।