सरकारलाई जवाफदेही बनाउने संसदनै प्रमुख प्रतिपक्षी दलद्वारा अवरुद्ध
१६ वैशाख २०७८
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
सरकारलाई जवाफदेही बनाउने संसदनै प्रमुख प्रतिपक्षी दलद्वारा अवरुद्ध

कर्णाली प्रदेशसभाको बुधबारको बैठकमा सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र निर्माणको प्रस्ताव पेश गर्ने तयारी गरेको थियो । सामाजिक विकास मन्त्री विमला केसीले दोस्रो चरणको कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले गरिरहेका काम र आगामी योजनाका बारेमा संसदलाई जानकारी गराउने कार्यसूची थियो ।  

जनताको आवाजलाई मुखरित गर्ने सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना नियन्त्रणका लागि सरकारले गरेका कामहरुको जवाफ माग्नुपर्ने बेला आफै संसद अवरुद्ध गरेर सरकारलाई सहज बनाइदिएको छ । संसदमा कुरा राख्न नपाएपछि सरकारले बिहीबार कोरोना नियन्त्रणका लागि सरकारले गरिरहेका कामहरुका बारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराउनुपर्ने अवस्था कर्णालीमा सृजना भयो ।

‘प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच सर्वदलीय संयन्त्र निर्माण गरी कोभिड नियन्त्रणमा लाग्ने प्रस्ताव सरकारकोतर्फबाट सदनमा लैजाने प्रयासलाई प्रमुख प्रतिपक्षी दलद्वारा अवरोध गरियो,’ पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेकी केसीले भनिन्, ‘संसदीय परम्परा र अभ्यासलाई मजाक गर्ने गरी जनताको सुसूचित हुने अधिकारलाई कोरोनाको त्रास देखाएर प्रमुख प्रतिपक्षी दलले सदन अवरोध गर्नु राम्रो होइन ।’

ठूलो भुगोल भएपनि कर्णाली प्रदेशसभा ४० सदस्यीय छ । ती मध्ये माओवादी केन्द्रका एक र एमालेका चार जनाको सांसद पद खारेज भइसकेको छ । एमाले प्रमुख प्रतिपक्षी भएको दुई साता पुगेको छैन् । ‘संसदमा सबैभन्दा ठूलो दलको नाताले एमालेले सरकारलाई जवाफदेही बनाउँदै अहिलेको संकटमा सरकारले के–के काम गरिरहेको छ, त्यसको जानकारी सदनमार्फत आम जनतालाई गराउनु पर्दथ्यो,’ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक दुर्गाप्रसाद सापकोटाले भने, ‘सरकारलाई र्‍याखर्‍याख्ती पार्ने बेला संसद अवरुद्ध गरेर प्रमुख प्रतिपक्षी दलले आइसन्चो गराइदियो ।’ उनले सरकार संसदमा प्रस्तुत हुन खोज्नु र प्रमुख प्रतिपक्षी दल संसदबाट भाग्न खोज्नु राम्रो संकेत नभएको बताए ।  

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोनाको बहाना बनाएर संसद अवरुद्ध गर्नु राम्रो नभएको बताए । ‘सदनमा जनताको आवाज बोल्ने हो, सरकारलाई निर्देशन दिने र भए गरेका कामहरु जनतालाई जानकारी गराउने हो,’ उनले भने, ‘यस्तो संकटको बेला कोरोनाको बहाना बनाएर संसद अवरुद्ध गर्नु राम्रो होइन ।’ उनले प्रमुख प्रतिपक्षी दलको व्यवहारका कारणले सदनमार्फत सरकारले जनतालाई जवाफ दिनुपर्ने बाध्यताको अन्त्य गरिदिएको बताए । उनले संकटको बेला सबै एकजुट भएर सामना गर्नुपर्ने बेला मान्छे मरेपछि सरकार असफल हुन्छ भन्ने सोच्नु राम्रो नभएको बताए ।  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक गुलावजंग शाहले जनताको भावना अनुसार सदन चल्न नदिएको बताए । ‘मुलुकमा निषेधाज्ञा जारी गरिएको बेला संसद चलाउनु राम्रो होइन्,’ उनले भने, ‘यस्तो अवस्थामा फिटिक्कै संसद चल्न दिँदैनौं ।’ प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण संसद अनिश्चितकालका स्थगित भएको छ ।  

विकासे रकम कोरोना नियन्त्रणमा

कर्णाली प्रदेश सरकारले विकासे कार्यक्रमका लागि छुट्याइएको बजेट रकामान्तर गरेरे कोभिड–१९ (कोरोना भाइरस) न्यूनीकरणका लागि खर्च गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गरेपछि बिहीबार पत्रकार सम्मेलन गरेर प्रदेश सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि एक अर्ब ३४ करोड रुपैयाँ छुट्याइएको जानकारी दिएको हो ।  

प्रदेश सरकारले कोभिड नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड, चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पतालहरु र रणनीतिक अस्पतालहरुलाई १२ करोड बजेट निकासा गरी पठाइएको जनाएको छ ।  

यस्तै कोभिड रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि थप एक अर्ब बजेट व्यवस्था गरिएको सरकारका प्रवक्तासमेत रहेकी सामाजिक विकास मन्त्री विमला केसीले जानकारी दिइन् । ‘एक अर्ब मध्ये तत्कालका लागि ५० करोड रकम विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको छ,’ प्रवक्ता केसीले भनिन्, ‘बाँकी रकम आवश्यकता अनुसार थप हुँदै जान्छ ।’  

प्रदेश सरकारले कर्णाली भित्रिने मुख्य चार वटा नाकामा थप स्वास्थ्यकर्मीसहित एन्टिजेन परीक्षण र स्क्रिनिङको व्यवस्था मिलाउने भएको छ । सल्यानको कपुरकोट, सुर्खेतको बबई, कुइने र सुर्खेत विमानस्थलमा एन्टिजेन परीक्षण र स्क्रिनिङको व्यवस्था गरिने उनले जानकारी दिइन् । सरकारले प्रदेशमा रहेका चार वटै पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरेको छ । कर्णाली प्रदशे अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालमा रहेका पीसीआर मात्रै हाल सञ्चालनमा छन् । हाल बन्द रहेको रुकुमको चौरजहारी प्रयोगशाला पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको सरकारले जनाएको छ ।  

प्रदेश सरकारले सबै सरकारी, सामुदायिक, गैरसरकारी र निजी अस्पतालमार्फत कोभिड संक्रमित बिरामीहरुको उपचार व्यवस्था मिलाइएको जनाएको छ । ‘प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पाल रूकुम पश्चिमलाई हव अस्पतालको रुपमा छनोट गरेका छौं,’ उनले भनिन्, ‘अन्य सबै अस्तालहरुमा अक्सिजनसहितको आईसियु र आइरोलेशन सुविधाको व्यवस्थापन गरिएको छ ।’

प्रदेश सरकारले कोभिड संक्रमितहरुको उपचारका लागि अक्सिजनको आपूर्ति चुनौतिपूर्ण रहेको स्वीकार गरेको छ । ‘अक्सिजन आपूर्तिका लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ठुला अप्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ,’ उनले भनिन्, ‘१० वटै जिल्लामा मिनी अक्सिजन प्लान्टको लागि ४०–४० लाखको दरले वजेट विनियोजन गरी कार्य प्रारम्भ गरिएको छ ।’ तत्कालका लागि नेपालगञ्जबाट दैनिक एक सय ५० सिलिण्डर आपूर्तिको व्यवस्था मिलाइएको सरकारका प्रवक्ता केसीले जानकारी दिइन् । प्रदेशभर ४०० ठूला अक्सिजन सिलिण्डर छन् ।

अर्को समाचार
कर्णाली प्रदेशसभा: विधेयक अधिवेशनमा एउटै विधेयक पारित नगरी अन्त्य
१७ वैशाख २०८०
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
कर्णाली प्रदेशसभा: विधेयक अधिवेशनमा एउटै विधेयक पारित नगरी अन्त्य

कर्णाली प्रदेशसभाको विधेयक अधिवेशन चार महिनामा १५ पटक बसेर अन्त्य भयो। संसदलाई कानुन बनाउने थलोका रुपमा लिइन्छ। तर, कर्णाली प्रदेशसभाको विधेयक अधिवेशन एउटै विधेयक पारित नगरेर अन्त्य भएको छ।  

प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गतेबाट सुरु भएको थियो। बैशाख १८ सम्म आइपुग्दा मुख्यमन्त्रीले राजकुमार शर्माले तीन पटक विश्वासको मत दिने काम गरे। तर, एउटै विधेयक संसदबाट पारित गराउन सकेनन्। सरकारले संसदलाई ‘विजनेश’ दिन नसक्दा प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रभावहिन देखियो।

प्रदेशसभा सचिव जीवनराज बुढाथोकीका अनुसार दुई वटा विधेयकलाई विषयत समितिमा पठाइएको बताए। ‘यो अवधिमा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान र कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्र्न बनेको विधेयकलाई विषयत समितिमा पठाउने निर्णय भएको छ,’ प्रदेशसभा सचिव बुढाथोकीले भने, ‘चालू अधिवेशनमा प्रदेशसभाबाट कुनै विधेयक पारित हुन सकेनन्।’ सचिव बुढाथोकीका अनुसार कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक प्रदेश मामिला समिति र खेलकुद विकास ऐनलाई सामाजिक विकास समितिमा छलफलका लागि पठाइएको बताए।

तीन पटक विश्वासको मत

प्रदेशसभाको १५ वटा बैठक बस्दा तीन वटा बैठक मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रयोजनका लागि थियो। मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाको दोस्रो बैठकको पहिलो अधिवेशनमै तीन पटक विश्वासको मत लिनुप¥यो।

मुख्यमन्त्री शर्माले माघ ६ गते, चैत १७ गते र बैशाख १५ गते गरेर तीन पटक विश्वासको मत लिएका छन्। मुख्यमन्त्री नियुक्त भएपछि पहिलो पटक माघ ६ गते विश्वासको मत लिएका शर्माले तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाहेकको समर्थन पाएका थिए। ४० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १४ सांसद छन्।

पहिलो पटक विश्वासको मत दिएको राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक चैत १७ गते विश्वासको मत लिए। दोस्रो पटक राप्रपाबाहेक सबैले उनलाई विश्वासको मत दिएका थिए। कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका सभामुखबाहेक ९, एकीकृत समाजवादीका एक र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए।

केन्द्रको राजनीतिक समीकरण फेरिएपछि एमालेले माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई लिएको विश्वासको मत फिर्ता लियो। मुख्यमन्त्री शर्माले बैशाख १५ गते तेस्रो पटक विश्वासको मत लिए। उनलाई एमाले र राप्रपाबाहेकले विश्वासको मत दिए। दोस्रो कार्यकालको प्रथम प्रदेश अधिवेशनका १५ बैठक मध्ये तीन वटा बैठक मुख्यमन्त्रीलाई विश्वासको मत दिनमै वित्यो।

सभामुख र उपसभामुख निर्वाचन

प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनले सभामुख, उपसभामुख निर्वाचनसँगै विषयत समिति गठन गरेको छ। कर्णालीमा सभामुखको निर्वाचन माघ १ गते भएको थियो। सभामुखमा नेकपा एमाले सांसद नन्दा गुरुङ निर्वाचित भइन्। उनले कांग्रेसका खड्ग पोखरेललाई पराजित गरेकी थिइन्। उति बेला माओवादी केन्द्र र एमालेको गठबन्धन थियो। यहीँ गठबन्धनबाट उपसभामुखमा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भइन्। कर्णाली प्रदेशको सभामुख र उपसभामुख दुबै जना महिला छन्।

विषयगत समिति गठन

कर्णालीमा चार वटा विषयत समितिहरु छन्। दोस्रो कार्यकालको प्रथम अधिवेशनको अन्तिम बैठकले विषयत समितिलाई पूर्णता दिएको छ। कर्णाली प्रदेशसभामा चार वटा विषयगत समिति छन्।  

ति मध्ये प्रदेश मामिला समितिमा कल्याणी खड्का, जानकी सिंह, टेकराज पछाई, दक्षिणा शाही, पूर्णबहादुर खत्री, महेन्द्र केसी, रणसिंह परियार र सुरेश अधिकारी छन् भने सार्वजनिक लेखा समितिमा जीतबहादुर मल्ल, जीवनबहादुर शाही, तुल्सा मल्ल, देवेन्द्रबहादुर शाही, लक्ष्मी सुनार, विन्दमान विष्ट र सन्तोषी शाही छन्।  

यस्तै अर्थ तथा प्राकृतिक स्रोत समितिमा दुर्गबहादुर रावत, वलीमाया बुढा, विजया बुढा, वीरबहादुर शाही, विनोदकुमार शाह, शेरबहादुर बुढा र हिक्मतबहादुर विष्ट छन् भने सामाजिक विकास समितिमा इन्द्राकुमारी शाही, कलबहादुर हमाल, गमता विक, घनश्याम भण्डारी, जुम्कित लामा कार्की, मिलन खड्का रोका, यामलाल कँडेल र राजीवविक्रम शाह छन्।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस