बिहीबार सांसद पद खोसिएका चारजना सांसदहरुको आजै पुनर्नियुक्ति हुने भएको छ। नेकपा (माओवादी केन्द्र) परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीको मन्त्री पदमा पुनर्नियुक्ति हुने भएको हो। उनीहरुको शपथ कार्यक्रम आज साँझ ५ बजे तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
यसअघि प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको सभामुख अग्निप्रसाद सापाकोटाले जानकारी गराएसँगै उनीहरूकाे पद गुमेकाे थियाे।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका छन्।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा उनले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताएका थिए।
चालु अधिवेशनमा महत्त्वपूर्ण कानुन संसदमा पेस गर्ने सरकारले तयारी गरेको जानकारी दिंदै अध्यक्ष दाहालले कानुन निर्माणमा सक्रिय भूमिका खेल्न सांसदहरूलाई आग्रह गरेकाे माओवादी केन्द्रका सचेतक रूपा जाेशी चौधरीले बताइन्।
बैठकमा संसदीय मैत्री समूह गठन, आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण, साेह्राैं आवधिक योजना, संसद्को कार्यतालिका, संसद् र समितिका बैठकबारे पनि छलफल भएको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।