तानातानमा ठाकुर
२३ चैत्र २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
तानातानमा ठाकुर

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर सत्ता समीकरणको राजनीतिमा तानातानमा परेका छन्। सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको नेपाली कांग्रेसले जसपालाई आआफ्नो कित्तामा उभ्याउन वार्ता गरिरहेका छन्। माओवादी केन्द्रले पनि ठाकुरसँग संवाद जारी राखेको छ। यसैक्रममा आइतबार ठाकुरसँग नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भेट गरेका छन्।

पौडेल ठाकुरलाई भेट्न आइतबार बिहान उनको निवास सानोठिमी पुगेका थिए। नयाँ सरकार निर्माणमा नेपाली कांग्रेस र जसपा एक ठाउँमा उभिनुपर्ने कुरा भेटमा पौडलले बताएका थिए। पौडेलले कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा मागेको र उनलाई जतिसक्दो चाँडो हटाउनुपर्ने बताएका थिए। ठाकुर निकट जसपाका नेता डा.सुरेन्द्र झाले पौडेलले नयाँ सरकार निर्माणको विषयमा कुराकानी गरेको जानकारी दिए। पौडेलले शेरबहादुर देउवाबाहेक अर्को व्यक्तिलाई पनि कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गर्न सक्ने धारणा राखेको झाले बताए। ‘कांग्रेस नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने निर्णय पार्टीले गरेको छ। तर नयाँ सरकारको नेतृत्व देउवाबाहेक अर्को व्यक्तिले पनि गर्न सक्छ भन्ने धारणा पौडैलजीको रह्यो’, झाले भने, ‘उहाँले अर्को व्यक्ति को हुन सक्छ भन्नेबारेमा भने खुलाउनु भएन।’

नेता झाका अनुसार भेटवार्तामा जसपासँग छलफल नै नगरी कांग्रेस नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने निर्णयप्रति ठाकुरले आपत्ति प्रकट गरेका थिए। ‘कांग्रेसले अन्य पार्टीहरूसँग छलफल गरेरमात्र नेतृत्वको विषय टुंग्याउनुपर्नेमा पहिले नै आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ’, झाले भने, ‘यो भनेको अर्घेल्याइँ गरेको जस्तो देखियो।’

पौडेलसँगको भेटमा ठाकुरले जसपाले उठाउँदै आएका मुद्दा जसले पूरा गर्छ, उसैलाई समर्थन गर्ने पार्टी नीति रहेको बताएका थिए। पछिल्लो समय ठाकुर प्रधानमन्त्री ओलीसँग पनि निरन्तर छलफल र सम्पर्कमा छन्। ठाकुरसँग अहिले ओली, कांग्रेस र माओवादी केन्द्रले सत्ता समीकरणमा साझेदारीको प्रस्ताव गरेका छन्। तर ठाकुर भने ओलीसँग निकट देखिएका छन्। प्रधानमन्त्री ओलीले जसपाले उठाएका माग पूरा गर्ने आश्वासन दिएकाले ठाकुरले उनीसँग धेरै छलफल जारी राखेको नेता मनीष सुमनले बताए। ‘सरकारको नेतृत्व गरेको व्यक्तिले नै माग पूरा गर्ने आश्वासन दिनुभएको छ’, सुमनले भने, ‘त्यसैले प्रधानमन्त्रीसँग ठाकुरजीले छलफल जारी राख्नु भएको छ।’  

प्रधानमन्त्री ओलीले जसपाका माग पूरा गर्न एउटा कार्यदल समेत गठन गरेका छन्। कार्यदलमा दुवै पक्षका नेताहरूलाई राखिएको छ। जसपाले उठाउँदै आएका मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भइरहेको कार्यदलका सदस्यहरूले बताएका छन। जसपाबाट कार्यदलमा रहेका सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण ठाकुरसँग निकट मानिन्छन्।  

सरकारमा सहभागी भएमा या बाहिर बसेरै समर्थन गरेमा उसलाई महत्वपूर्ण मन्त्रालय दिन प्रधानमन्त्री ओली तयार भएकोे जसपाका नेताहरू बताउँछन्। जसपाले समर्थन गरे उपसभामुखलगायत संवैधानिक आयोगमा भागबण्डा गर्नसमेत प्रधानमन्त्री तयार भएको दाबी जसपाका एक नेताको छ। प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन्, जसमध्ये रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन्।  सत्ता समीकरणका लागि दुवैतिरबाट प्रस्ताव आएपछि जसपाका शीर्षमात्र होइन, दोस्रो तहका नेताहरूसमेत दुई धारमा बाँडिएका छन्। बाबुराम भट्टराई, उपेन्द्र यादव निकट नेताहरू माओवादी केन्द्र र नेपाली कांग्रेससँग मिलेर सत्ता साझेदारी गर्नुपर्ने पक्षमा छन्। ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरू भने ओलीसँग निकट देखिएका छन्। सत्ता समीकरणका विषयमा दलहरूबीच विभिन्न स्तरमा पटकपटक भएका वार्ता टुंगोमा पुग्न नसक्दा राजनीतिक अन्योलले निकास पाउन सकेको छैन।

लोकप्रिय
अर्को समाचार
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
११ भदौ २०८३
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पिएमओ) का अनुसार जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको छ।

उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायसँगै निजी क्षेत्रले पनि सहयोग गरिरहेको कार्यालयले जनाएको छ। बाढी आएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको थियो। सेना र निजी क्षेत्रका हेलिकोप्टरसमेत प्रयोग गरी उद्धार कार्य सुरु गरिएको थियो।

नेपाली सेनाको टोलीले रातभर स्थलमार्गबाट उद्धार कार्य जारी राखेको थियो। बिहीबार बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर र पैदल टोलीलाई थप सक्रिय बनाइएको छ।

फसेका नागरिकको उद्धारसँगै बेपत्ता भएकाहरूको खोजीलाई पनि तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रलाई प्रभावित क्षेत्रमा केन्द्रित गरिएको कार्यालयले जनाएको छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस