प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्छ–रावल
१२ फागुन २०७७
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्छ–रावल

लोकतन्त्रलाई कुनै पनि व्यक्तिले स्वइच्छाकारिता गर्दैमा टिक्दैन भन्ने कुरा प्रमाणित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय वदर गरेको भोलिपल्ट (बधुबार) धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर सो कुरा बताएका हुन् ।  

‘प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई सिध्याउनेगरी स्वाइच्छाकारिता गरेकाले त्यसलाई सम्मानित सर्वोच्च अदालतले उल्टाइदिएको छ,’ उनले भने,‘त्यसैले लोकतन्त्रमा आफू अनुकुलको स्वइच्छाकारिता धेरै दिन टिक्दैन भन्ने प्रमाणित भएको छ ।’ पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले अब प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा तुरुन्तै राजीनामा दिनुपर्ने बताए ।

‘सर्वोच्चको फैसलापछि नैतिकताका आधारमा अहिलेसम्म प्रधानमन्त्री ओलीले तुरुन्तै राजीनामा दिइसक्नु पथ्र्यो,’ उनले भने,‘राजीनामा नदिएमा १३ दिनपछि सुरु हुने संसदबाटै ओलीलाई कारबाही गर्छौँ ।’ संविधानको अपव्याख्या गरेर देशलाई निरन्तर प्रतिनिधि सभा विघटनको कुचक्रमा फसाउने केपी शर्मा ओली र पार्टीलाई फुटाउन सहयोग गर्ने देशी विदेशीहरुको षडयन्त्र सर्वोच्च अदालतको निर्णयबाट विफल भएको बताउँदै उनले भने,‘संविधान सभाबाट बनेको संविधान तथा त्यसअनुरुप लोकतान्त्रिक प्रणाली र प्रतिनिधि सभाको मर्यादाको रक्षा तथा नेपाली जनताको मतको सुरक्षा भएको छ ।’

प्रतिनिधि सभाको पुनः स्थापनाबाट आगामी दिनमा राष्ट्रिय हित, स्वाधिनता, अखण्डता, लोकतन्त्र र जनताको आकांक्षा अनुरुप सरकार सञ्चालनको मार्ग खुलेको उनले बताए । 

लोकप्रिय
अर्को समाचार
प्रधानमन्त्री ओलीले पाए एकल निर्णयको अधिकार, मान्ला त नेपाल पक्षले ?
३० वैशाख २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रधानमन्त्री ओलीले पाए एकल निर्णयको अधिकार, मान्ला त नेपाल पक्षले ?

नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकल निर्णयको अधिकार प्रत्यायोजन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रका र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार दिएको हो।

बिहीबार बसेको नेकपा(एमाले) स्थायी कमिटीको चौथो बैठकले प्रधानमन्त्री ओलीलाई उक्त अधिकार प्रत्यायोजन गरेको हो।

बैठकपछि पार्टीले प्रेस वक्तव्य जारी गरी सोको जानकारी दिएको हो। पार्टीले गरेको उक्त निर्णयलाई राजनीतिक वृत्तमा बहुअर्थमा लिइएको छ। सो निर्णयलाई सोही बैठकले निलम्बनको कार्बाही फुकुवामा परेका माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले कसरी लिन्छ ? भन्ने पनि पर्खाइको विषय बनेको छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस