सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आन्तरिक विवाद चर्किरहेका बेला महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच भेटघाट भएको छ। महासचिव पौडेलले रावलसँग प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भेटघाट गरेका हुन्। उनीहरुले पार्टीमा देखिएको पछिल्लो विवादलाई मत्थर पार्ने विषयमा छलफल गरेका हुन्।
वरिष्ठ नेता माधवकुमार नेपाल निकटका प्रभावशाली नेता रावलले पार्टीको स्थायी कमिटी बैठकको माग गर्दै आएका थिए। त्यही क्रममा महासचिव पौडेलले रावलसँग एक्लै कुराकानी गरेका हुन्। नेकपाभित्र शीर्ष नेताहरुबीच विवाद भएपछि दोस्रो तेस्रो तहका नेताहरुले आपसी छलफल अघि बढाएका छन्। प्रधानमन्त्री केपी ओलीप्रति असन्तुष्टि जनाइरहेका रावललाई महासचिव विहानै भेट गर्ने प्रस्ताव गरेका थिए। तर आज दिउँसो १ बजेपछि मात्रै भेटघाट भएको हो।
भीम रावल निकट स्रोतले उनीहरुबीच भेटाघाट भएको पुष्टि गरेको छ। स्रोतले भन्यो ‘उहाँहरुबीच भेटघाट भैरहेको छ के विषयमा कुराकानी भयो भन्ने बारेमा जानकारी छैन’। पछिल्ला केही दिनमा पार्टीभित्रको विवादमा स्थायी कमिटी सदस्य रावलले पार्टी एकताको पक्षमा वकालत गर्दै आएका छन्। कर्णालीमा भएको पार्टी विवादपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालवीच विवाद शुरु भएको थियो। गत शनिवार दुई अध्यक्षबीच भएकोे छलफलमा प्रधानमन्त्री ओलीले स्थायी कमिटीको निर्णयले आफूलाई सरकार सञ्चालन र दाहाललाई पार्टी सञ्चालनको जिम्मेवारी दिएको उल्लेख गर्दै सधै विवाद गर्ने भए अलग अलग बसौ भन्ने प्रस्ताव गरेका थिए। ‘सरकार सञ्चालन गर्न मलाई कस्ता मानिस आवश्यक पर्छ त्यो मैले जान्ने कुरा भयो। तपाईं जता पनि भागवण्डा खोज्नु हुन्छ यस्तै हो भने अब अलग अलग नै बसौं,’ ओलीले भनेका थिए।
स्थायी कमिटीको निर्णयविपरीत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आफूखुसी गरेको भन्दै नेकपा शीर्ष नेताहरुले असन्तुष्टि व्यक्त गरिरहेका थिए। कात्तिक ३ देखि दुई अध्यक्षबीच भेटघाट नभएको र संवाद पनि नभएको अवस्थामा शनिबार दुई अध्यक्षबीच भेटघाट हुँदा प्रधानमन्त्री ओलीले भागवण्डा खोजेको भन्दै पार्टीबाट अलग हुँदा नै राम्रो हुने धम्की दिएका थिए। त्यसपछि रावलले स्थायी कमिटीको बैठक माग गरेका थिए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ। नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा को स्थापना भएको थियो।
त्यसबेला भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई माक्र्सवादको अध्ययन गरी २००५ चैत २३ गते ‘कम्युनिष्ट घोषणापत्र’लाई नेपाली भाषामा अनुवाद गरेपछि नेपालमा कम्युनिष्ट विचारको प्रकाशनको सूत्रपात भएको मानिन्छ।
नेपालमा २००६ वैशाख १० गते (१९४९ अप्रिल २२) का दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको हो। समाजवाद स्थापनाको लक्ष्यसहित स्थापित नेकपामा श्रेष्ठ संस्थापक महासचिव थिए। नेकपाका संस्थापकहरुमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ थिए। स्थापनाकालमा एउटै रहेका कम्युनिष्ट पार्टी विभाजन र एकताको शृङ्खलाबाट गुज्रँदै आएका छन्। अहिले पनि विभिन्न धार र समूहमा कम्युनिष्ट तथा वाम पार्टी सञ्चालित छन्।
मुलुकको एक प्रमुख कम्युनिष्ट घटक नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज पार्टी स्थापनाको ७५औँ वर्ष (हीरक महोत्सव) का अवसरमा महाधिवेशन प्रतिनिधि राष्ट्रिय परिषद् भएको स्थल ललितपुरको गोदावरीमा विशेष समारोह आयोजना गर्दैछ।
नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान दिने विशिष्ट व्यक्तिलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानसमेत गरिने भएकाले समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाललगायत अन्य पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
आइतबार सम्पन्न एमालेको परिषद् बैठकले पार्टी स्थापनाको ७५ वर्ष पूरा भएका अवसरमा सो समारोहमा ‘गणतन्त्र गौरव’ सम्मानबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको छ। मुलुकबाट निरङ्कुशताको अन्त्य र गणतन्त्र स्थापना गर्न अग्रजको सङ्घर्ष, निष्ठा र त्यागलाई स्मरण तथा सम्मान गर्न एमालेले उक्त सम्मान प्रदान गर्न लागेको प्रचारप्रसार विभाग प्रमुख गौतमले बताए।
हीरक महोत्सव समारोहमा राष्ट्रिय परिषद् सदस्यका साथै एमालेका काठमाडौँ उपत्यकाबाट जिल्ला कमिटीका सबै पदाधिकारी तथा सदस्य, सबै पालिकाका पदाधिकारी र सचिवालयका सदस्य, सबै वडाका पदाधिकारी, सबै जनप्रतिनिधि (प्रतिनिधिसभा÷राष्ट्रियसभाका सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख÷उपप्रमुख, स्थानीय तहका वडाध्यक्ष र सदस्य, सबै जनसङ्गठनका केन्द्रीय पदाधिकारी तथा सदस्य, उपत्यकामा रहेका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य तथा हाल असङ्गठित रहेका तर पार्टीका पुराना र प्रतिष्ठित)लाई सहभागी गराउने तयारी गरिएको एमालेको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए। रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।