नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अवहेलनामा सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ। रिटमाथि मंगलबार सुनुवाइ हुँदैछ।
अधिवक्ता समीर बलामीले दाहालले विराटनगरको आमसभामा अदालतलाई लक्षित गरी बोलेको विषयलाई लिएर निवेदन दिएका हुन्। दाहालले न्यायाधीशहरूले जनभावनाअनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने भन्दै अदालत र न्यायाधीशलाई लक्षित गरी धम्कीसहितको अभिव्यक्ति दिएको रिट निवेदकले दाबी गरेका छन्।
‘सारा देशले सुने हुन्छ, सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौं। हामीलाई अदालतप्रति विश्वास छ तर पनि जनताको अदालत ठूलो हो’, शुक्रबार विराटनगरमा आयोजित आमसभामा दाहालले भनेका थिए।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलनामा छुट्टाछुट्टै निवेदन दर्ता भएको थियो। सर्वोच्चले सबै मुद्दामा लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिइसकेको छ।
सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा निर्णय सुनाउने आदेश आइतबार गरेको छ।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले प्रधानमन्त्री दाहालविरुद्धको मुद्दामा मंसिरमा १८ मा फैसला गरी निर्णय सुनाउने आदेश गरेको हो। २०७३ जेठ १२ मा दर्ता भएको मुद्दा २०७४ सालदेखि ‘हेर्न नभ्याइने’मा पर्दै आएको थियो।
२०७३ साल वैशाखमा राष्ट्रियसभा गृहमा भएको नेकपा माओवादी केन्द्रको कार्यकर्ता भेलामा अध्यक्षको हैसियतमा दाहालले अदालतविरुद्ध विवादास्पद अभिव्यक्ति दिएका थिए। दाहालले शान्ति प्रक्रियाको मर्ममाथि प्रहार भएको, अदाललते दिउँसै रात पारिरहेको, आफूहरूको मुद्दामा हराएको भन्नेजस्ता अभिव्यक्ति दिएका थिए। त्यसपछि दाहालको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए।
त्यस समयमा हत्याको आरोप लागेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका थिए। गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा चितवनबाट माओवादी कार्यकर्ता छविलाल अधिकारी पनि पक्राउ परेका थिए। त्यसै आक्रोशमा दाहालले अदालतविरुद्ध बोलेका थिए। मुद्दा परेको करिब ७ वर्षपछि सर्वोच्च अदालतले आगामी मंसिर १८ मा निर्णय सुनाउने आदेश गरेको हो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।