संग्रह
दाहालविरुद्ध अवहेलना मुद्दा
नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अवहेलनामा सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ। रिटमाथि मंगलबार सुनुवाइ हुँदैछ।
दाहाल–नेपाल समूहद्वारा आधिकारिकता दाबी, अब के हुन्छ ?
राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले आधिकारिकता दाबी गर्दै मंगलबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ।
एमसिसीविरुद्ध नारा लाग्दा झुक्यो दाहालको शिर
नेकपा दाहाल–नेपाल समूहले बिहीबार आमहडतालका क्रममा आयोजना गरेको सभामा अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा नारा लागेपछि समूहका अध्यक्ष पुष्पकमल दाहाल शिर झुकाएर सभास्थलबाट हिँडेका छन्।
ओली र हामीलाई उस्तै भन्दा अन्याय हुन्छ : दाहाल
नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरूको तुलना गरिए अन्याय हुने बताएका छन्।
'नेकपा ओली बा' समूह खोल्नुस् : नेपाल
‘केपी ओलीको नयाँनयाँ अवतार चाहिएको छैन। एउटै केपी ओलीबाट आजित भइसक्यौं। केपी ओलीको नयाँनयाँ अवतार आयो भने यो देश थिलथिलो भएर सिद्धिन्छ,’ उनले भने। ओली प्रवृत्तिको पुनरावृत्ति गर्न नभएर देश र लोकतन्त्रले जित्नुपर्ने अध्यक्ष नेपालले बताए।
प्रदेशसभा भंग गरे कडा प्रतिवाद : आचार्य
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा विघटन गर्ने अभिव्यक्ति दिएपछि नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आइसकेकाले सांसदलाई नधम्क्याउन चेतावनी दिएका छन् । नेकपा–दाहाल समूहका प्रदेश १ इन्चार्जसमेत रहेका आचार्यले शनिबार राजधानीमा पत्रकार भेटघाटमा प्रदेशसभा विघटन गर्ने धम्की दिएर मुख्यमन्त्री राईले सांसदलाई धम्क्याएको बताउँदै गलत कदम चाले प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।
'केपी ओलीमा वैचारिक स्खलन भइसकेकाले तत्काल एकता असम्भव'
ललितपुरको जावलाखेलमा शनिबार आयोजित दाहाल–नेपाल समूहनिकट शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहाल र नेपालले पार्टी एकता विचार, विधि र पद्धतिको विषय भएको बताएका हुन् । ‘फेरि केपी ओलीसँग सहमति हुन सक्छ सक्दैन भन्ने सन्दर्भमा सहमति कोसँग हुन्छ कोसँग हुँदैन, व्यक्तिगत रूपले को कसलाई मन पर्छ वा मन पर्दैन भन्ने विषय यो होइन, यो विचारको विषय हो र यो विधि, पद्धतिको विषय हो, विचारमा एकता भयो भने एकता हुन्छ, नभए हुँदैन,’ अध्यक्ष दाहालले भने ।
ओलीका निर्णयलाई मान्यता नदिन आग्रह
नेकपा ओली समूहले ह्विप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्ने रणनीति अघि सारेपछि दाहाल–नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाइएकाले उनले गरेका निर्णय लागु नगर्न भन्दै संसद् सचिवालयमा पत्र दर्ता गराएको छ।
अविश्वास प्रस्तावको गृहकार्य
नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढाएको छ। शुक्रबार संसदीय दलको बैठक राखेर सो समूहले अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ।