पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अहिलेसम्मकै ठूला तानाशाह भएको आरोप लगाएका छन् । टीकापुरमा बिहीबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन गरेर ओली तानाशाहका रूपमा उदाएको बताए । उनले भने, ‘पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्र पनि यति धेरै तानाशाही थिएनन् ।’
उनले प्रधानमन्त्री ओलीले अदालत, सेना, प्रहरीलगायतमा आफ्ना मान्छे भर्ती गरेर ‘सेटिङ’ मिलाएको बताउँदै अदालतमा १५ वर्षसम्म ओलीका मान्छे रहनेगरी अहिले नै ‘सेटिङ’ भैसकेको छ । उनले प्रधानमन्त्री ओलीले वैशाखमा निर्वाचन गराउन नचाहेको बताए । ‘चुनाव हात्तीको देखाउने दाँत मात्रै हो,’ उनले भने, ‘चुनाव हुन्छ भन्ने भ्रममा हामी कोही पर्नु हुँदैन।’
उनले संविधान र लोकतन्त्रलाई सही दिशामा लैजाने जिम्मेवारी आएको बताउँदै कांग्रेस र नेकपालाई प्रतिगमनविरुद्ध संघर्षमा उत्रिन आग्रह गरे । उनले चुनाव भइहाले बहुमत आउँछ भन्ने भ्रममा कसैले पर्न नहुने बताउँदै ओलीले चुनाव गराइहाले पञ्चायती शैलीको चुनाव गराउने दाबी गरे ।
उनले २०७२ भदौ ७ गते टीकापुरमा भएको घटना राजनीतिक भएको बताए । उनले टीकापुर घटनालाई राजनीतिक घटनाकै रुपमा सम्बोधन गरिनुपर्ने बताए । उनले कैलाली क्षेत्र नं. १ बाट विजयी सांसद रेशमलाल चौधरीलाई सरकारले राजनीतिक पूर्वाग्रहकै आधारमा जेलमा राखेको आरोपसमेत लगाए ।
उनले देशका सबै जातजाति अट्ने गरी जनता समाजवादी पार्टी (जसपा) को निर्माण भएको बताए । उनी जसपाका संघीय परिषद अध्यक्ष समेत हुन । सोही सभामा नेता प्रमोद साहले देश गम्भीर संकटमा फसेको बताए । उनले प्रतिनिधिसभाको विघटनसँगै प्राप्त उपलब्धि गुमेको बताए ।
जनता समाजवादी पार्टी कैलालीको आयोजनामा भएको केपी ओलीद्वारा गरिएको प्रतिगमनविरुद्धको विरोधसभामा विभिन्न वक्ताहरूले बोलेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको स्पष्ट गरेका छन्।
जननेता मदनकुमार भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनद्वारा आज आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्ष ओलीले प्रश्न गरे, “माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ताका हुन्। अहिले धाक के लगाएर हिँडेका छन्– केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर। मलाई बहुला कुकुरले टोकेको छ र? नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला?” केही अघि विपक्षी गठबन्धनको पत्रकार सम्मेलनमा नेता नेपालले आफूलाई प्रधानमन्त्रीको ‘अफर’ आएको तर देउवालाई धोका नदिने जनाएका थिए।
नेता नेपालले २०६३ सालमा हिमाल टाढाबाट देख्दा मात्रै राम्रो देखिन्छ भन्ने खालका मदन भण्डारीको अवमूल्यन गर्ने अभिव्यक्ति दिएको र आफूलाई आवश्यक पर्दा मात्र भण्डारीको नाम लिने गरेको अध्यक्ष ओलीले जनाए।
प्रधानमन्त्री ओलीले भने, “माधव नेपाललाई कानमा भजनको चिनी हालिदिएको मन पर्छ। कहिले शेरबहादुर देउवा र कहिले प्रचण्डले त्यस्तो चिनी हालि दिएका छन्।”
उनले नेता भण्डारी नामले नै एउटा विचार एउटा आन्दोलन, एउटा राजनीतिक हिसाबले सुसभ्य सुसंस्कृत विकसित राष्ट्र निर्माण गर्ने सहीप्रयासको संगम जनाउने धारणा राख्दै भण्डारीका विचारलाई कार्यान्वयन गर्नुपर्ने उत्तरदायित्व पूरा गर्न भने बाँकी नै रहेको बताए।
भण्डारी सही विचार चिन्तक हुनुका साथै तिनको कार्यान्वयनका लागि अगुवाइ र संगठित प्रयास गर्ने व्यक्ति भएको जनाउँदै त्यसैले केही वर्षअघि सञ्चारमाध्यमले गरेको सर्वेक्षणले २० औं शताब्दीको नेपाली राजनीतिलाई सबै भन्दा बढी प्रभावित गर्ने भण्डारी शताब्दी नायक भएको बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।