डेढ वर्षपछि डाकेको बैठक पनि अन्योलमा
२८ मंसिर २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
डेढ वर्षपछि डाकेको बैठक पनि अन्योलमा

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्को बैठक समयमै बस्न नसक्दा संवैधानिक आयोगहरू पदाधिकारीविहीन छन्। सबै आयोगमा पदाधिकारी नियुक्ति सिफारिसको जिम्मेवारी पाएको परिषद्को बैठक डेढ वर्षदेखि बस्न सकेको छैन।  

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन्। तर परिषद्का सदस्य एवं प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले बैठकमा उपस्थित हुन नसक्ने बताएका छन्। उनका स्वकीय सचिव भानु देउवाका अनुसार पार्टीले सरकारका गलत कामको विरोधमा सोमबार विरोध प्रदर्शन गर्न लागेको छ। त्यसको तयारीमा लाग्नुपर्ने भएकाले आइतबारका लागि बोलाइएको बैठकमा नेता देउवा उपस्थित हुन नसक्ने जानकारी प्रधानमन्त्रीलाई शनिबार गराइसकेको उनले जानकारी दिए। योसँगै डेढ वर्षपछि बस्न लागेको परिषद्को बैठक फेरि अनिश्चित बनेको छ।  

प्रधानमन्त्री ओलीलाई भेट्न शुक्रबार साँझ कांग्रेस सभापति देउवा बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीसँगको भेटमा नियुक्तिका विषयमा सहमति जुट्न नसकेको र पार्टीले सरकारविरुद्ध गर्न लागेको प्रदर्शनको मुखमा संवैधानिक परिषद्को बैठकमा सहभागी हुँदा गलत सन्देश जाने भन्दै पार्टीभित्रैबाट देउवाको आलोचना भएपछि उनी बैठकमा सहभागी नहुने निष्कर्षमा पुगेको स्रोतको दाबी छ। ‘एकातिर प्रधानमन्त्रीकै दलभित्रको विवाद उत्कर्षमा पुगेको छ।  

अर्कोतिर पार्टीले गर्न लागेको प्रदर्शनको मुखमा अहिलेसम्म नराखेको संवैधानिक परिषद् बैठक राखेर ओलीले कांग्रेसलाई बदनाम गर्न खोजेको हाम्रो निष्कर्ष छ,’ कांग्रेसका एक नेताले भने।

उनले थपे, ‘सोही अनुसार विपक्षी दलको नेताको हैसियतमा आइतबारको बैठकमा सभापतिलाई सहभागी नहुन सुझाएका थियौं। उहाँ जानुहुन्न।’ योभन्दा पहिला पनि प्रधानमन्त्री ओलीले कांग्रेसले सडकमा प्रदर्शन आयोजना गर्न लागेकै बेला बैठक बोलाएको ती नेताले सुनाए।  

संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख सदस्यका रूपमा रहन्छन्। उपसभामुख पद रिक्त रहेकाले अहिले परिषद्मा प्रधानमन्त्रीसहित पाँचजना छन्। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ। परिषद् सदस्यलाई ४८ घण्टाअघि बैठकका अजेन्डाबारे जानकारी गराउनुपर्ने व्यवस्था छ।

संविधानले व्यवस्था गरेका संवैधानिक आयोगमध्ये दुईवटा मात्र पूर्ण छन्। त्यसमध्ये पनि पूर्ण पदाधिकारीसहितको लोकसेवा आयोगमात्रै हो। लोकसेवासहित महालेखा परीक्षकको कार्यालयबाहेक अन्य सबै आयोगमा पदाधिकारी नियुक्त हुन सकेको छैन। महŒवपूर्ण मानिने राष्ट्रिय मानवअधिकार आयोग पदाधिकारीविहीन बनेको दुई महिना पुग्न लागेको छ। मानवअधिकार आयोगका पदाधिकारी कार्यकाल सकिएपछि गत कात्तिक ३ मा बिदा भएका थिए।  

संविधानको धारा २४८ मा संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले मानवअधिकार आयोगका अध्यक्ष र सदस्य नियुक्त गर्ने व्यवस्था छ। मानव अधिकारको सम्मान, संरक्षण र संवद्र्धन तथा त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने जिम्मेवारी मानवअधिकार आयोगलाई दिइएको छ। पदाधिकारी नै नहुँदा आयोगले काम अघि बढाउन सकेको छैन। त्यसैगरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त र दुई आयुक्तका पद खाली छन्। निर्वाचन आयोगमा पनि आयुक्तका दुई पद रिक्त छन्। परिषद्ले निर्वाचन आयोगमा २०७५ चैतमा प्रमुख आयुक्त नियुक्तिका लागि सिफारिस गरेको थियो।  

संविधान बनेको ५ वर्ष बितिसक्दा पनि अन्य आयोगले पूर्णता पाउन सकेका छैनन्। आयोगहरूमा पदाधिकारी नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्ले संविधानबमोजिम जिम्मेवारी पूरा गर्न सकेको छैन। संविधानअनुसार १२ वटा संवैधानिक निकाय छन्। तीमध्ये ६ वटा आयोग प्रमुखविहीन छन्। संविधानअनुसार नयाँ थपिएका ४ वटा आयोगमा अध्यक्षदेखि सदस्य सबै रिक्त छन्। राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, समावेशी आयोग, आदिवासी तथा जनजाति आयोगमा अध्यक्षलगायत सदस्यका पद रिक्त छन्। मधेसी आयोग, मुस्लिम आयोग, थारु आयोगमा चार सदस्यको स्थान रिक्त छ।

लोकप्रिय
अर्को समाचार
बिना निष्कर्ष टुंगियो संवैधानिक परिषद्को बैठक
१६ साउन २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
बिना निष्कर्ष टुंगियो संवैधानिक परिषद्को बैठक

संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष टुंगिएको छ। मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबार बसेको संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष टुंगिएको हो।

बैठकले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भनिए पनि  त्यसमा सहमति जुट्न सकेन्।

बैठक पुन बिहीबार अपराह्न ५ बजे बस्ने र सोही बैठकबाट प्रधानन्यायाधीश र अरू संवैधानिक निकायमा रिक्त रहेका पदमा सिफारिस गर्ने सहमति भएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले बताएका छन्।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस