विराटनगर- कोरोना संक्रमणको जोखिम उच्च भएपछि भौतिक दुरी अनिवार्य हुँदै गएको छ । यही भौतिक दुरी कायम गर्न प्रदेश १ संसद्को बजेट अधिवेशन दुई वटा हलमा सांसदहरु राखेर अघि बढ्ने भएको छ ।
हाल प्रदेशसभा रहेको भवनको बैठक कक्ष साँघुरो हुने र दुरी कायम गर्न असम्भव हुने भएपछि सोही भवनको माथिल्लो तलामा रहेको नेकपा संसदीय दलको कार्यालय हललाई पनि बैठक कक्षको रुपमा प्रयोग गरिने भएको छ । 'साविकको संसद् बैठक हल र नेकपा संसदीय दलको हल प्रयोग गरेर संसद् बैठक सुचारु हुने भएको छ', प्रदेृशसभाका प्रवक्ता उपसचिव राजाराम दाहालले भने 'अहिले दुवै हलको पुर्ननिर्माण चलिरहेको छ ।' उनका अनुसार दुवै हलमा बसेका सांसदहरुले एक अर्कालाई देख्ने गरी टेलिभिजन स्क्रिन राखिनेछ । माइकको प्रबन्ध गरिनेछ । त्यसो गर्दा बैठक चलाउन पनि सहज हुने र भौतिक दुरी पनि कायम हुनेछु उनले भने ।
तत्कालीन मोरङ जिल्ला विकास समितिको कार्यालय रहेको भवनमा राखिएको प्रदेशसभालाई पुग्दो संरचना अझै छैन । दुई वटा हलमार्फत बैठक सुचारु गर्ने तयारी गर्दा सञ्चारकर्मी र दर्शकका लागि छुट्याइएको ५० वटा सीट हटाइएको छ । सांसदहरुका लागि रहेको ९२ सिटमध्ये आधाभन्दा धेरै हटाएर नेकपा दलको हलमा राख्ने तयारी भएको संसद् सचिवालयले जनाएको छ ।
असार १ गते भित्र प्रदेशको बजेट ल्याउनुपर्ने भएका कारण जेठ १७ भित्रमा अधिवेशन सुरु भइसक्नुपर्नेछ । त्यही हतारोका कारण सचिवालयले बैठकका लागि वैकल्पिक स्थान खोजी गरेको थियो । तर, अन्यत्र व्यवस्थापन गर्दा खर्च बढ्ने र समय पनि लाग्ने भएपछि दुईटा हलमार्फत बैठक अघि बढाउने निष्कर्षमा प्रदेशसभा पुगेको हो । प्रदेश मन्त्रीपरिषदका एक सदस्यका अनुसार जेठ दोस्रो साता अधिवेशन आह्वान गर्ने तयारी भइरहेको छ ।
प्रदेशसभाको पाँचौ तथा हिउँदे अधिवेशन चैत ६ को बैठकपछि कोरोना त्रासले स्थगित भएको थियो । त्यसयता एउटै पनि बैठक नभई अधिवेशन अन्त्य भएको थियो । यसबीचमा संसदीय समितिहरु समेत निष्क्रिय रहेका थिए । प्रदेशसभाले प्रदेश राजधानी विराटनगरलाई बनाउने प्रस्तावसहित ४४ वटा विधेयक पारित गरिसकेको छ । पाँचौ अधिवेशनबाट प्रदेशको नामकरण गर्ने योजना बनाए पनि कोरोनाका कारण अधिवेशन अन्त्य गर्नुपर्ने भएपछि नामकरण रोकिएको छ ।
प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले प्रदेशसभाले तत्कालै प्रदेशको नामाकरण गर्ने संभावना नरहेको बताएका छन्। प्रदेशको नामाकरणका लागि आफूले धेरै प्रयत्न गरे पनि दलहरू आ–आफ्नो अडानबाट पछि नहट्दा नामकरणका लागि अर्को प्रदेशसभा नै कुनुपर्ने अवस्था आएको भण्डारीले बताए।
यही हप्ताभित्र चालु अधिवेशन अन्त्य गर्ने तयारी भइरहेको र चुनाव घोषणा भइसकेकाले यही प्रदेशसभाले नाम दिने सम्भावना टरिसकेको उनको भनाइ छ। ‘यही हप्ताभित्र प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने तयारी हुँदैछ,’ सभामुख भण्डारीले भने, ‘प्रदेशसभाले यो अधिवेशनबाट नाम ल्याउने सम्भावना लगभग टरिसक्यो।’ नामकरण राजधानी तोक्नभन्दा सजिलो भए पनि प्रदेश १ मा नामकरणको विषय नै जटिल बनेको भण्डारीले बताए।
राजधानी टुंगो लगाएकै बेलामा दलहरूबीच प्रदेशको नाम सहमतिको आधारमा टुंग्याएर जाने समझदारी भए पनि दलहरू आ–आफ्नो अडानबाट पछि नहट्दा नामा टुंग्याउन नसकिएको भण्डारीले स्पष्ट पारे। ‘विभिन्न समयमा भएको सर्वदलीय छलफल, दलहरूले गरेको आन्तरिक छलफलबाट पनि कुनै निकास निस्कने अवस्था नआएको र दलहरूले आफ्नो हठ छाड्न मानेनन्।’ प्रदेशको नाम राख्न हाल कायम ९० सदस्यीय प्रदेशसभाको कुल संख्याको दुईतिहाइ संख्या चाहिन्छ। तर, कुनै पनि दलको दुईतिहाइ बहुमत नभएको र कुनै पनि नाममा सहमति नजुटेको भण्डारीले बताए। उनले भने, ‘नाम राख्न दुईतिहाई बहुमत चाहिने भएकाले दलीय सहमतिविना प्रदेशसभामा नामकरणको विषय प्रवेश गराउनुको अर्थ रहँदैन।’ प्रदेशसभाले ५ वर्षमा ६१ विधेयक पास भएको २ संशोधनको चरणमा रहेको र बाँकी रहेको दुई विधेयक आफ्नै कार्यकालमा ल्याउने प्रयास भइरहेको जानकारी दिए। अहिले सञ्चारसम्बन्धी विधेयक अझै समितिमा छलफलमै रहेको उल्लेख गरे।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।