‘मिसन–८४’ अघि प्रतिष्ठाको खोजी
२५ चैत्र २०८०
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
‘मिसन–८४’ अघि प्रतिष्ठाको खोजी

इलाम–२ र बझाङ (१) मा वैशाख १५ गते हुने उपनिर्वाचनअन्तर्गत शनिबार उम्मेदवारी मनोनयन गरिएको छ। इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ (१) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो। यसअघि इलाम–२ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका एमालेका सुवासचन्द्र नेम्वाङको गत भदौ र बझाङ–(१) बाट सुदूरपश्मि प्रदेशसभामा निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असारमा निधन भएको थियो। उपनिर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभाको अंक गणितमा खासै उलटफेर हुने स्थिति छैन। तर दलहरूले यो उपनिर्वाचनलाई २०८४ सालमा हुने आवधिक निर्वाचनसँग जोडेर प्रतिष्ठाको विषय बनाएका छन्।

गत वैशाखमा तनहुँ र चितवनमा भएको उपनिर्वाचनमा पुराना दललाई पछाडि पारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार निर्वाचित भएका थिए। यसकारण आगामी वैशाखमा हुने उपनिर्वाचनलाई पुराना र नयाँ दल रास्वपाले थप प्रतिष्ठाको विषय बनाएका हुन्। बझाङभन्दा बढी प्रतिष्ठाको लडाइँ इलाममा छ। इलाममा आफ्नो बिरासत जोगाउने प्रयासमा एमाले छ भने कांग्रेस त्यसलाई तोडेर देशभर नयाँ सन्देश दिन चाहन्छ। चितवन र तनहुँको उपनिर्वाचन नतिजाबाट हौसिएको रास्वपा पूर्वी सिमानाको क्षेत्रमा जित निकालेर २०८४ सालमा आफ्नो उदय हुने बिगुल फुक्न चाहन्छ। अर्कातिर कोसी प्रदेशको नामकरणबाट असन्तुष्ट पहिचान पक्षधर समूह पनि उपनिर्वाचन जितेर आफ्नो मुद्दा स्थापित गर्ने ध्याउन्नमा छ। बझाङ एमालेको बलियो क्षेत्र हो। कांग्रेस नेता पृथ्वीबहादुर सिंह व्यक्तिगत प्रभाव र तत्कालीन सत्ता गठबन्धनको सहयोगमा त्यहाँबाट निर्वाचित भएका थिए। बझाङमा कांग्रेस र एमालेबीचमै प्रतिस्पर्धा हुनेछ।

इलाममा रोचक प्रतिस्पर्धा  

विगतका निर्वाचनमा इलाम–२ मा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुँदै आएको छ। इलामबाट २०५६ सालदेखि लगातार एमालेका सुवास नेम्वाङले नै जित्दै आएका थिए। २०७९ सालको निर्वाचनमा नेम्वाङ ३० हजार २० भोट ल्याएर विजयी बन्दा कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत पाएका थिए। जितहारको अन्तर जम्मा ११४ मत थियो। खड्कालाई तत्कालीन सत्ता गठबन्धनका अन्य दलहरूको सहयोग थियो। वैशाखमा हुने उपनिर्वाचनमा पनि कांग्रेस–एमालेबीच नै मुख्य प्रतिस्पधा हुने मतदाताको अड्कल छ। एमालेले आफ्नो बिरासत जोगाउन स्वर्गीय नेता सुवासका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ। कांग्रेसले २०७९ सालको निर्वाचनमा सुवाससँग पराजित खड्कालाई नै उम्मेदवार बनाएको छ। खड्का इलाम कांग्रेसका सभापति हुन्।

उपनिर्वाचनमा नयाँ दल रास्वपा पनि थपिएको छ। उसले पनि उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएकाले प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। रास्वपाले माओवादी केन्द्रनिकट पत्रकार संगठनमा आबद्ध मिलनकुमार योङयाङ लिम्बूलाई पार्टीमा भिœयाएर उम्मेदवार बनाएको छ। उनी पहिचानको मुद्दा उठाउँदै आएका पात्र पनि हुन्। कोसी प्रदेश नामकरणबाट आन्दोलित पहिचानवादी समूह पक्षका डकेन्द्रसिंह लिम्बूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। इलाम–२ जनजाति बाहुल्य क्षेत्र भएकाले डकेन्द्रसिंहको उम्मेदवारीले पनि उपनिर्वाचनलाई थप रोचक बनाउने जानकार बताउँछन्।

इलाम–२ मा राप्रपाले लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले जितबहादुर राई, जनमत पार्टीले प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनले मनिबहादुर लिम्बूलाई उम्मेदवार बनाएको छ। उक्त क्षेत्रमा दलका १२ र स्वतन्त्र आठ उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। अघिल्लो पटक कांग्रेसलाई सघाएको माओवादी केन्द्रले यसपटक एमाले उम्मेदवार सुहाङलाई सहयोग गर्ने भएको छ।

इलाम–२ मा एक लाख १५ हजार ३४२ मतदाता छन्। उक्त क्षेत्रमा यसअघि समानुपातिक निर्वाचनतर्फ एमालेले २६ हजार ५६२, कांग्रेसले २२ हजार ३३३, माओवादी केन्द्रले ५ हजार १५३, रास्वपाले ४ हजार ६८६, नेसनल मंगोल अर्गनाइजेसनले एक हजार ६६१, राष्ट्रिय जनमुक्ति पार्टीले एक हजार ४१३, संघीय लोकतान्त्रिक मञ्चले एक हजार ३२९, राप्रपाले एक हजार १९१, जनता समाजवादी पार्टी (जसपा) ले ९०६ र नेकपा एसले ५८६ मत पाएका थिए।

बझाङमा कांग्रेस–एमालेबीच नै टक्कर हुने

२०५६ सालसम्म बझाङमा कांग्रेस बलियो थियो। त्यसपछिका निर्वाचनमा एमाले विजयी हुँदै आयो। गएको निर्वाचनमा भने तत्कालीन सत्ता गठबन्धनले एमाले उम्मेदवारलाई हरायो। बझाङबाट प्रतिनिधिसभामा नेकपा एसका भानुभक्त जैसी निर्वाचित हुँदा प्रदेशसभातर्फको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेस र निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भए। प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए। यस आधारमा उपनिर्वाचनमा पनि कांग्रेस–एमालेबीचमै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। त्यहाँ कांग्रेसले स्वर्गीय पृथ्वीबहादुर सिंहका छोरा अभिषेकलाई उम्मेदवार बनाएको छ। एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ। गत निर्वाचनमा कांग्रेसलाई सहयोग गरेका माओवादी केन्द्र र नेकपा एसले यसपटक आफ्नै उम्मेदवार उठाएका छन्। माओवादी केन्द्रबाट जनक बुढा र नेकपा एसबाट दिलबहादुर सिंहको उम्मेदवारी परेको छ। बझाङमा विभिन्न १२ दलले उम्मेदवारी दर्ता गराएका छन्।

लोकप्रिय
अर्को समाचार
इलाम-२: २५ वर्षे प्रगतिको पुलिन्दा बोकेर भोट माग्दै एमाले
०३ वैशाख २०८१
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
इलाम-२: २५ वर्षे प्रगतिको पुलिन्दा बोकेर भोट माग्दै एमाले

वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले) करिब २५ वर्ष इलाम क्षेत्र-२ को प्रतिनिधित्व गर्दा पार्टीले गरेका विकासे काम स्मरण गराउँदै मतदातासम्म पुग्दैछ।

पार्टीको तर्फबाट साढे दुई दशक प्रतिनिधित्व गरेका सुवासचन्द्र नेम्बाङले गरेका संविधान निर्माणको नेतृत्वदेखि इलामको भौतिक विकासका दर्जनौं कामको पुलिन्दा बोकेर एमाले चुनावी अभियानमा लागेको छ। गत भदौ २६ मा नेम्बाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। अहिले इलाम-२ बाट उनकै छोरा सुहाङ लड्दैछन्। 

नेम्बाङले देशको मूल कानुन मानिने संविधान निर्माणको नेतृत्व गर्नुलाई ऐतिहासिक उपलिब्धका रूपमा लिएको छ। नेम्बाङले यो क्षेत्रबाट २०५६ सालयताका सबै चुनाव जितेका थिए। कतिपयले नेम्बाङले स्थानीय आवश्यकताअनुसार काम गर्न नसकेको आलोचना गरेपछि एमाले विगतका काम र अबको प्रतिबद्धतासहित मतदाता रिझाउँदैछ।

‘इलामबाट निर्वाचित सांसदले दुई पटकसम्म सर्वसम्मत रूपमा संविधानसभाको नेतृत्व गर्ने अवसर पाउनु एमालेमात्र होइन, सिंगो इलामका लागि गौरवको विषय हो,’ एमाले उपसचिव उमेश गुरुङ भन्छन्, ‘त्यतिमात्र होइन, किरात धर्मगुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गराउनदेखि भूमिहीन चुलाचुलीबासीलाई धनीपुर्जा हातमा पुर्‍याउन पनि नेम्बाङकै पहल सफल भएको बिर्सिनुहुँदैन।’

नेम्बाङले इलाम क्षेत्र २ मा दीर्घकालीन महत्वका विकास योजनासमेत सुरुआत गरेको एमालेले उल्लेख गरेको छ। नेम्बाङले यहाँबाट विजयी भएपछि सडक, बिजुली, खानेपानी, पुल, भवन, कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रमा गरेका दर्जनौं कामलाई एमालेले दस्तावेजका रूपमा पनि उनले जनाए।

‘अब इलाम क्षेत्र २ विकासले पूर्ण भयो भन्ने होइन, अझै धेरै काम बाँकी छन्,’ उनले भने, ‘जति काम सुरुआत भएका छन्, जति योजना कार्यान्वयनको पहल भइरहेको छ, तिनले यो क्षेत्रमा समृद्धिको आधार भने तयार गर्नेछन्।’

आउँदो उपनिर्वाचनमा आफूहरू विगतमा गरेका काम र अब पार्टी, उम्मेदवारको तर्फबाट गरिएका प्रतिबद्धता बोकेर मतदातासम्म पुगिरहेको उनले जनाए। ‘यसबीचमा दर्जनौं महत्वपूर्ण काम भएको जगजाहेरै छ,’ उपसचिव गुरुङले भने अधुरा काम पूरा गर्न र नयाँ योजना कार्यान्वयन गर्न एमाले प्रतिबद्ध छ, हाम्रा उम्मेदवार प्रतिबद्ध हुनुहुन्छ।’

निर्माणाधीन राँके–रवि–भेडेटार सडक, राकसे–बेलासे सडक, दमक–चिसापानी सडक, मदन भण्डारी राजमार्ग, लक्ष्मीबाँध–बिहीबारे–गुरुआश्रम सडक, फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण र नामकरण, यही विमानस्थलबाट फुलुङ्गी–बिहीबारे–मार्चेबुङलगायत दर्जनौं सडक नेम्बाङकै पहलमा आएका योजना भएको एमालेले जनाएको छ।

दर्जनौं पुल, चुलाचुलीमा १५ शड्ढयाका अस्पताल, गाउँपालिका नगरपालिकाका भवन, इलामको सिटी हल, इलाम अस्पतालमा अक्सिजन प्लान्ट जडान, भेन्टिलेटर सेवा, सेतीदेवी–पुवाखोला झोलुङ्गे पुल (बन्जीसहितको योजना) पनि नेम्बाङको अग्रसरतामा आएको एमाले केन्दीय सदस्य राम रानाले बताए।

विद्युत् विस्तारका लागि काबेली कोरिडोर, इलाम जिल्लाभर पूर्ण विद्युतीकरण, विभिन्न विद्यालयलाई नमुना विद्यालयका योजना ल्याउने, बरबोटेको चुम्लुङ हिम, विभिन्न गाउँका स्कुलमा प्राविधिक शिक्षा विस्तारमा पनि नेम्बाङको पहल रहेको रानाले बताए।

‘यो निर्वाचन क्षेत्रमा भएका सयौं काम छन्, जसमा एमाले र दिवंगत नेता नेम्बाङको छाप लागेको छ,’ राना भन्छन्, ‘तीनै काम पूरा गर्ने र थप स्थानीय आवश्यकताका काम गर्ने योजना पार्टीले ल्याएको छ।’ यो उपनिर्वाचनका लागि एमालेले चिया, दूध, पशुमा देखिएको लम्पी स्किन रोगबाट किसानले पाउनुपर्ने सहुुलियत, कृषि मल–बीउलगायतलाई चुनावी एजेन्डा बनाएको छ। एमाले, नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलले यो पटक एमालेका सुहाङ नेम्बाङलाई साझा उम्मेदवार बनाएका छन्।

स्थानीय तहको अधिकार सुनिश्चित गर्ने, इलाममा मेडिकल कलेज स्थापना, सबैखाले शोषणविरुद्ध लड्ने, युवाको विदेश पलायन रोक्दै देशमै रोजगारी सिर्जनालाई पनि सुहाङले चुनावी एजेन्डा बनाएका छन्। खेलकुद, साहित्य, कला, सिनेमा, नाटकमा आबद्ध युवालाई व्यावसायिक बनाउने, सबै जाति, भाषा, धर्म, समुदायको आत्मसम्मान र पहिचानलाई सम्मान गर्दै त्यसलाई कायम राख्ने प्रतिबद्धता पनि एमालेले गरेको छ।

२०७९ सालको निर्वाचनमा इलाम क्षेत्र २ मा एमालेका सुवासचन्द्र नेम्बाङ विजयी बनेका थिए। उनी ३० हजार २० मत ल्याएका विजयी हुँदा तत्कालीय सत्ता गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए।

वैशाख १५ मा हुने उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्। कांग्रेसले पुनः खड्कालाई नै उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मिलन लिम्बू, पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम चुनावी प्रतिस्पर्धामा छन्।

जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन्।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि उम्मेदवार छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस