यस्ता छन् इलाम-२ का अहिलेसम्मका उम्मेदवार, सुहाङ र मिलनको चर्चा बढी
१७ चैत्र २०८०
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
यस्ता छन् इलाम-२ का अहिलेसम्मका उम्मेदवार, सुहाङ र मिलनको चर्चा बढी
उम्मेदवारहरू क्रमशः सुहाङ नेम्बाङ, मिलन लिम्बू, जितबहादुर राई, लक्ष्मी गुरुङ, डकेन्द्र थेगिम र प्रेमदीप लिम्बू।

आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि विभिन्न दलले उम्मेदवार छानिसकेका छन्। केहीले उम्मेदवारको नाम टुङ्ग्याउन बाँकी छ। नतिजा आफ्नो पक्षमा पार्न दलको विशेषता मात्र होइन, उम्मेदवार पनि महत्त्वपूर्ण हुने भएपछि दलहरू उम्मेदवार छनाइमा निकै संवेदनशील देखिएका छन्।

नेकपा (एमाले) ले यो क्षेत्रमा दिवङ्गत नेता सुवासचन्द्र नेम्बाङकै कान्छा छोरा ३२ वर्षे सुहाङ नेम्बाङलाई रोजेको छ। सुहाङ अधिवक्ता हुन्। उनी पार्टीको केन्द्रीय कानुन विभाग सदस्य पनि हुन्। भदौ २६ मा सुवासचन्द्रको निधन भएपछि बुबाले चुनाव जितेको क्षेत्रमा सुहाङ उम्मेदवार बन्ने चर्चा सुरु भइसकेको थियो। बुबाको १३औं दिनको पुण्यतिथिमा इलाम बजारमा आयोजित शोकसभामा सुहाङले भनेका थिए– ‘म बुबाको सपना पूरा गर्छु।’

यही भनाइलाई लिएर जिल्लामा उनी अब इलाम क्षेत्र २ मा चुनावमा उम्मेदवार बन्ने चर्चा चुलियो। नभन्दै, उनलाई पार्टीले अहिले उम्मेदवार बनाएको छ। जिल्लाबाट छ जनाको नाम सिफारिस भएकामा सुहाङ उम्मेदवार बनेका हुन्। कतिपयले बुबाकै क्षेत्रमा छोरालाई उम्मेदवारका रूपमा ल्याउनुलाई ‘वंशवाद’को संज्ञासमेत दिएका छन्। तर, सुहाङ भने आफू प्रतिस्पर्धामा होमिन लागेको बताउँछन्।

 ‘पार्टीले धेरै थोक आङ्कलन गरेरै मलाई टिकट दिएको होला, टीका लगाएर सांसद बनाएको होइन, पार्टीले मलाई अरूसँग प्रतिस्पर्धा गर्न पठाएको हो,’ उनले भने, ‘प्रतिस्पर्धा जितेपछि पनि मैले सांसद हुन नहुने हो र ?’ उनी बुबाले थालेका अधुरा काम आफूले पूरा गर्ने मतदातालाई बताउँदै छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३२ वर्षे मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ। उम्मेदवार बन्न छ जनाले निवेदन दिएकामा पाँच जनाले फिर्ता लिएपछि मिलन उम्मेदवार बन्ने टुंगो भएको रास्वपाले जनाएको छ। डेढ दशकदेखि पत्रकारितामा क्रियाशील मिलन इलामकै माङ्सेबुङ गाउँपालिकाका बासिन्दा हुन्। उनी नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज०को महासचिव हुन्। नेकपा (माओवादी) निकट पत्रकारको संस्था प्रेस सेन्टर नेपालमा रहेका लिम्बूले केही साताअघि आफू कुनै पार्टीमा नभई स्वतन्त्र रहेको घोषणा गरेका थिए।

उनी आफूलाई यो निर्वाचन क्षेत्रको ‘माटोको उम्मेदवार’ दाबी गर्छन्। ‘म यो माटोको उम्मेदवार हुँ,’ उनी भन्छन्, ‘अहिलेको युवा पुस्ताको भरोसाले म चुनाव जित्छु भन्ने लाग्छ।’ उनले आफ्नो निर्वाचन क्षेत्र वर्षौँदेखि पछि परेको भन्दै यहाँको विकासको नेतृत्व आफूले गर्न चाहेको सुनाए।

नेकपा (एकीकृत समाजवादी) ले पार्टीका जिल्ला सचिवालय सदस्य जितबहादुर राईलाई उम्मेदवार बनाएको छ। राई इलामकै माइजोगमाई गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन्। 

२०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट पालिका अध्यक्ष विजयी बनेका राई ०७९ सालको निर्वाचनमा पनि तत्कालीन गठबन्धनबाट अध्यक्षकै उम्मेदवार थिए। तर, एमाले उम्मेदवार कुशबहादुर थेबेसँगै पराजित बने। विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय राईले राष्ट्रिय युवा सङ्घमा पनि लामो समय काम गरिसकेका छन्।

कोशी प्रदेशको नाम सच्याउन माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले ६८ वर्षे डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएका छन्। विभिन्न ४१ संस्थाले उनलाई साझा उम्मेदवार बनाएका हुन्। किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खासहितका संस्थाले उनलाई समर्थन गरेका छन्।

थेगिम कोशी प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै आन्दोलनरत अभियानका अध्यक्ष पनि हुन्। २०३४ सालदेखि शिक्षण पेसामा रहेका थेगिम २०६३ देखि ०७२ सालसम्म स्रोत व्यक्ति थिए। एमालेमा आबद्ध उनले उम्मेदवार बन्ने भएपछि केही साताअघि एमाले त्यागेको घोषणा गरेका थिए। ‘प्रदेशको नाम पहिचानका आधारमा नराखेर नेताहरूले धोका दिएपछि हामी आन्दोलनमा होमिएका हौँ,’ उनले भने, ‘पहिचानको आन्दोलनमा गैर आदिवासीसमेतको समर्थन छ, म सबै पहिचानवादीको साझा उम्मेदवार भएकाले चुनाव जित्छु भन्ने लाग्छ।’

उनले अहिले यो क्षेत्रमा अरू स्वतन्त्र उम्मेदवार पनि नभएको बताए। ‘अहिले देशमा कुनै दलमा आबद्ध नभएका स्वतन्त्र उम्मेदवारकै माहोल छ, त्यस्ता स्वतन्त्रको कार्यशैली सबैले मन पराएका छन्,’ उनले भने, ‘म पनि त्यस्तै स्वतन्त्र व्यक्ति भएकाले भोट आउँछ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निश्चित प्रायः छ। गुरुङ ०५६/०५७ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ, मरब क्याम्पसको अध्यक्ष थिए। ०६४/०६५ सालमा राप्रपा युवक संगठन अध्यक्ष भएका उनी त्यसपछि पार्टी जिल्ला सदस्य हुँदै ०७८ सालयता केन्द्रीय शिक्षा विभाग सदस्य छन्। यो क्षेत्रमा पहिचानवादीकै दाबी गर्दै प्रेमदीप लिम्बूले पनि उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली कांग्रेसले उम्मेदवार टुंगो लगाउन बाँकी छ। कांग्रेस जिल्ला समिति बैठकले भेषराज आचार्य, केशव थापा, डम्बरबहादुर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला राईको नाम प्रदेशमा सिफारिस गरेपनि अहिलेसम्म उम्मेदवारको निर्णय भएको छैन।

नेकपा (माओवादी केन्द्र) पनि उम्मेदवारबारे अझै अनिर्णीत छ। माओवादीले जिल्लाबाट पार्टी केन्द्रीय सदस्य गिरेन शर्मा रमण तथा प्रदेश कमिटी सदस्य त्रय उर्मिला तामाङ, अनिल बराइली र ओम गुरुङको नाम प्रदेश कमिटीमा सिफारिस गरिसकेको छ।

०७९ को निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी बनेका थिए। निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए। रास्वपाका प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याएका थिए। समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र रास्वपाले चार हजार छ सय ८६ मत ल्याएका थिए।

लोकप्रिय
अर्को समाचार
रास्वपाले भन्यो: सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको साङ्केतिक घण्टीले सचेत गराएको छ
१८ वैशाख २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
रास्वपाले भन्यो: सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको साङ्केतिक घण्टीले सचेत गराएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र २ के उपनिर्वाचनमा विजयी नेकपा (एमाले) का सुहाङ नेम्बाङलाई  बधाई दिएको छ।

पार्टीले आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभामा निर्वाचित नेम्बाङलाई शुभकामना दिँदै निर्वाचन परिणामले आफ्ना प्रयासहरूमा कैयन कमी–कमजोरी रहेको पनि स्वीकारेको छ।

पार्टी महामन्त्री डा.मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यो निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने उल्लेख छ।

‘निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन कमी–कमजोरी रहेको इङ्गित गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘सही समयमा घण्टी नबजाएर बजाइ दिनुभएको साङ्केतिक घण्टीले हामीलाई सचेत गराएको छ।’

नतिजा आफू अनुकूल नआएपनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको पार्टीले सम्मान गर्ने रास्वपाले जनाएको छ। ‘नतिजा हाम्रो अनुकूल नआएपनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौँ। साथै, निर्वाचन अभियानमा समर्पित भई अथक परिश्रम गर्नुभएका पार्टी सदस्य तथा शुभचिन्तकहरूप्रति पनि हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गर्दछौँ।’

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस