जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएकोमा प्रतिनिधि सभाले शोक प्रस्ताव पारित गरेको छ।
आईतवार बसेको प्रतिनिधि सभा बैठकले सांसद शर्माको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रश्ताव पारित गरेको हो। बैठकले स्वर्गीय अन्सारीको परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ।
सभामुख देवराज घिमिरेले भने,‘जनता समाजवादी पार्टी नेपालबाट विक्रम संवत २०७९ सालको प्रतिनिधि सभामा समानुपातिक सदस्यको रुपमा निर्वाचित सदस्य विक्रम संवत २०४६ सालको आन्दोलनबाट राजनीतिक यात्र शुरुवात गर्नुभएकी मञ्जु शर्मा अन्सारीको ६० वर्षको उमेरमा मिति २०८० साल चैत्र ४ गते आईतवार उपचारको क्रममा असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ।’
सांसद शर्मा २०७९ सालको निर्वाचन समानपातिकतर्फको निर्वाचनबाट जनता समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसदको रुपमा निर्वाचित भएका थिए। २०४६ सालको जनआन्दोलनको क्रममा राजनीतिक यात्रा शुरु गरेकी ६० वर्षीया उनको चैत्र ४ गते (आज बिहान) काठमाडौंको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक चैत्र ५ गते (भोली) बिहान ११ बजे बस्नेगरी बोलाइएको छ।
जनता समाजवादी पार्टी (जसपा) फुटेपछि बाँकेका कार्यकर्ताहरु अहिले अलमलमा परेका छन्। जसपाबाट अलग भएर अशोक राईको नेतृत्वमा आइतबार एक समुहले निर्वाचन आयोग समक्ष निवेदन पेश गरेको थियो। पुरानो पार्टीबाट अलग भएको उक्त समुहले गठन गरेको नयाँ पार्टीको महासचिव पदमा बाँकेका नेता मोहम्मद ईस्तियाक राईले जिम्मेवारी पाएका छन्। राईसँगै बाँकेबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हसिना खातुन पनि नयाँमा जोडिएकी छन्।
मधेस आन्दोलनबाट तत्कालिन मधेसी जनअधिकार फोरम हुँदै पार्टी राजनीतिमा सक्रिय रहेका राई बाँकेबाट प्रतिनिधित्व गर्दै पटक–पटक संघीय सरकारको मन्त्री तथा सांसद बनिसकेका छन्।
२०७९ सालको निर्वाचनमा भने उनी बाँके क्षेत्र नम्बर २ बाट राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणासँग पराजित भए। त्यसपछि राई राजनीतिमा कम सक्रिय देखिन्थ्ये। यद्यपी, राईको प्रभाव पार्टीभित्रको राजनीतिमा धेरै रहेको उनी निकट नेता तथा कार्यकर्ताको दाबी थियो।
पुरानो पार्टी फुटाएर नेता राई नयाँ पार्टीको जिम्मेवार पदमा बसेपछि बाँकेका नेता तथा कार्यकर्ताहरु अलमलमा परेका हुन्। अधिकांस नेता तथा कार्यकर्ताहरु कतातिर जाने भन्नेमा अहिलेसम्म अन्यौलमा देखिन्छन्। केही नेताहरु भने दुबैतिर खुलेको पाइएको छ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर समेत रहेका जनता समाजवादी पार्टी(जसपा) बाँकेका अध्यक्ष कमरुद्धिन राईले आफु कतातिर जाने भन्नेबारे अहिलेसम्म कुनै सोच नबनाएको प्रतिक्रिया दिए।
‘अहिलेसम्म कुनै सल्लाह भएको छैन, साथीहरुसँग सल्लाह गरेर आवश्यक निर्णय लिनुपर्ला,’ उनले भने। नव गठित पार्टीका महासचिवकै जिल्ला भएकाले बाँकेमा स्वभाविक रुपले केही प्रभाव पर्न सक्ने संकेत गरे।
यस्तै जसपा लुम्बिनी प्रदेशका महासचिव राजन रानामगरले अहिले कार्यकर्ताहरु निर्णय गर्ने अवस्थामा नरहेको बताए। यद्यपी, धेरैजसो कार्यकर्ताहरु पुरानै पार्टीमा रहने उनको दाबी छ। ‘बाँकेमा खासै प्रभाव पर्दैन, किनकी नयाँ पार्टी गएर कसैले पनि आफ्नो राजनीति समाप्त गर्न चाहदैन,’ उनले भने। जसपा बाँकेका पुर्वअध्यक्ष समेत रहेका रानाले आफुले पुरानै पार्टीमा बस्ने सोच बनाएको बताए।
जिल्लामा रहेका केही नेताहरु खुलेपनि तल्लो तहका नेता, कार्यकर्ताहरु भने अन्यौलमै देखिन्छन्। उनीहरुलाई अहिले पार्टी ‘निल्नु र ओकल्नु’ जस्तै भएको छ। कतिपय नेता, कार्यकर्ता सम्पर्क बाहिर छन्। केहीले मोबाईल अफ गरेर बसेका छन्।
जनता समाजवादी पार्टी (जसपा) बाँकेका तत्कालिन संगठन विभाग प्रमुख अहतर हुसेन फारुकी नव गठित पार्टीका महासचिव इस्तियाक राईतिर खुलिसकेका छन्। उनले बाँकेमा सबै नेता तथा कार्यकर्ता नयाँ पार्टीमा जाने दाबी गरे।
यद्यपी, निर्वाचन आयोगले आधिकारिकता नदिदाँसम्म मात्र कार्यकर्ताहरु अलमलमा पर्ने उनले खुलाए। ‘महासचिवको जिल्ला हो, प्रभाव त त्यसैपनि पर्छ नै,’ उनले भने ‘मन्त्री जी(ईस्तियाक)कै सहयोगले बाँकेमा धेरैको राजनीति उचाई बढेको हो, अहिले मन्त्री जीलाई कसैले धोका दिन्छन् जस्तो मलाई लाग्दैन।’
जसपा बाँकेका युवा नेता सर्वणकुमार यादव भने नयाँ पार्टीमा कार्यकर्ताको खासै चासो नदेखिएको जिकिर गरे। ‘पार्टीका जिम्मेवार नेता साथीहरु पुरानै पार्टीमा छन्, बाँकेबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेशका सांसद साथीहरु पनि कतै गएका छैनन,’ राष्ट्रिय भूमी आयोग बाँकेका निर्वतमान अध्यक्ष समेत रहेका नेता यादवले भने ‘हामी पहिचानवादी मुद्दा बोकेर आएको हो, उपेन्द्र यादवसँग मात्र पहिचानको मुद्दालाई नेतृत्व गर्ने क्षमता छ।’ पुर्वमन्त्री ईस्तियाक राईले पार्टी छाड्दा पुरानो पार्टी जसपालाई बाँकेमा ठुलो क्षति भने भएको उनले सुनाए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।