सरकार नयाँ, अपेक्षा पुरानै
२९ फागुन २०८०
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
सरकार नयाँ, अपेक्षा पुरानै

तराईकेन्द्रित जनता समाजवादी पार्टी सरकारमा गएसँगै अंकगणितका हिसाबले सरकार सुदृढ बनेको छ। प्रतिनिधि सभामा १२ सांसद रहेको यो दल मिसिएपछि एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादी गरी नवगठबन्धनमा आबद्ध हुने दलको संख्या पाँच पुगेको छ। यसरी हेर्दा यो गठबन्धनसँग एमालेका ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२ र नेकपा एसका १० गरी प्रतिनिधि सभाका १५४ सांसद पुगेका छन्। यो भनेको सरकार गठनका लागि आवश्यक पर्ने १३८ सांसदभन्दा बढी संख्या हो। जसबाट नवगठबन्धन सरकारलाई सुविधाजनक बहुमत पुग्ने प्रष्ट भएको छ।

प्रतिनिधि सभाको चुनावलगत्तै एमालेसँग गठबन्धन गरेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले त्यतिबेला एमालेसँगको गठबन्धन ‘कम्फर्टेबल’ नभएको भन्दै नेपाली कांग्रेससँग अर्को गठबन्धन गर्न पुगेका थिए। अहिले फेरि कांग्रेससँग पनि ‘कम्फर्टेबल’ हुन नसकेपछि पुनः एमालेसँगै गठबन्धन गर्न पुगेका हुन्। बन्ने र भत्कने क्रम नियमित भएकाले पनि यसलाई नवगठबन्धनका रूपमा अर्थ्याउँदै आएका छन् सर्वसाधारणले।

जुनसुकै गठबन्धनमा बसे पनि सरकारको मुखियाका रूपमा अहिलेसम्म दाहालले खासै उल्लेख्य काम गर्न सकेका छैनन्। सबैभन्दा पहिले सरकार बनाउनै धौधौ पर्ने, सरकार बनिसकेपछि कसले कहाँबाट के गर्दैछ भनेर चियोचर्चोमै धेरै समय बिताउनुपर्ने भएकाले दाहालको अधिकांश समय सरकार बचाउनै बित्ने गरेको देखिएको छ। यस्तो अवस्थामा सरकार सरकारबिहीनताका लागि मात्र थियो जसलाई आमजनताले महसुस गर्नै पाएनन्।

दाहालले कहिले एमालेका अध्यक्ष तथा मन्त्रीहरूले त कहिले कांग्रेसका सभापति तथा उनको दलका मन्त्रीहरूले काम गर्न अप्ठेरो पार्दै आएको बताएका छन्। पछिल्लो गठबन्धन बनाउनुपर्नाको उनको प्रष्टोक्तिमध्ये यो पनि एक प्रमुख थियो। हाम्रो जस्तो संसदीय व्यवस्था अपनाएका देशमा सरकार प्रमुखका हैसियतले प्रधानमन्त्री सर्वेसर्वा हुन्छन्। सबै मन्त्री उनीप्रति उत्तरदायी हुनै पर्छ। प्रधानमन्त्रीसँग मत बाझ्नेलाई मन्त्री भइरहने सुविधा हुँदैन। अर्थात् मन्त्री पदको आयु प्रधानमन्त्रीको मुखमा हुन्छ। यस्तो अवस्थामा कुनै मन्त्रीविशेष वा दलविशेषका नेतालाई दोष पन्छाएर आफू उम्कन खोज्नु भनेको पानीमुनिको ओभानो बन्न खोज्नुबाहेक केही हुँदैन।

प्रधानमन्त्रीको दाबी र वास्तविकताबीच राजनीतिक विश्लेषकहरूले समीक्षा गर्दै गर्लान्। तर यतिखेर बनेको सरकारले भने अब पनि कुनै दल, नेता वा व्यक्ति र व्यवस्थालाई दोष लगाएर पन्छन पाउने अवस्था छैन। हिजोसम्म जे भयो भयो, अबचाहिँ सरकारले प्राथमिकता निर्धारण गरेर आफ्नो एक मात्र ध्यान मुलुकको समृद्धितर्फ लगाउनै पर्छ। सरकार गणितका हिसाबले बलियो भएका बेला अब तत्काललाई यो सरकारका लागि टेको खोज्न भौतारिइरहनुपर्ने अवस्था छैन। त्यसैले प्रधानमन्त्रीको नेतृत्वमा सम्पूर्ण मन्त्रीको ध्यान लय बिराएको मार्गलाई सही ठाउँमा ल्याउन केन्द्रित हुनै पर्छ।

सरकारले आफ्ना प्राथमिकता निर्धारण गरेर अघि बढ्दा त्यसबाट सर्वसाधारणले मुलुकमा बल्ल सरकार भएको अनुभूति गर्न पाउने छन्। जस्तो–अहिले पनि नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र बनाउने/नवीकरण गर्ने कार्यालयमा जनताले धेरै सास्ती बेहोर्नुपर्छ। भूमिसम्बन्धी काम गर्ने मालपोत, नापी, भूमि सुधार, गुठी, काठमाडौँ उपत्यका प्राधिकरण जस्ता आमा घूस नख्वाइ कामै नहुने बाध्यता भोग्न जनता बाध्य छन्। भन्सार, विमानस्थल, अध्यागमन जस्ता कार्यालय त पछिल्ला केही समयदेखि उग्रैरूपमा प्रस्तुत भएका सबैलाई थाहै छ। यी त केही निकाय मात्र हुन् जहाँ घूसबिना एउटा फाइल एक इन्च पनि सर्दैन। त्यसैले जनताका लागि अत्यावश्यक यस्ता सेवालाई सहज बनाउने काम पहिलो नम्बरमा पर्नुपर्छ।

यो पाटोमा हात हाल्दा साथ भ्रष्टाचार स्वतः कम हुन्छ। यसबाहेक अन्यत्रका भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतालाई कडारूपमा लागु गर्नु अर्को प्राथमिकता हुनुपर्छ। तेस्रो प्राथमिकता ‘बिचौलियामुक्त नेपाल’ अभियान हुनुपर्छ। कुनै पनि यस्तो स्थान छैन, जहाँ बिचौलियाले हैरान पारेका नहुन्। यो समस्या छिमोलियो भने यसले पनि भ्रष्टाचार न्यूनीकरणमा सघाउँछ। त्यसैगरी अर्को प्राथमिकता भनेको अवरुद्ध विकास निर्माणका कामलाई गति दिने हो। अहिलेलाई यति काम मात्र गर्न सके सर्वसाधारणको गाली तालीमा बदलिने निश्चित छ। 

लोकप्रिय
अर्को समाचार
नयाँ इतिहास रच्ने कि पुरानै दुःखद इतिहास दोहोर्याउने अब बन्ने सरकारको हातमा छ: भट्टराई
१२ चैत्र २०८२
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
नयाँ इतिहास रच्ने कि पुरानै दुःखद इतिहास दोहोर्याउने अब बन्ने  सरकारको हातमा छ: भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित गौरी बहादुर कार्की आयोगको प्रतिवेदनलाई  गम्भीरतापूर्वक कार्यान्वयन गर्नु पर्ने बताएका छन्।  

देश र जनताको हितमा उक्त प्रतिवेदनलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै अब बन्ने रास्वपा नेतृत्वकोसरकारको हातमा नयाँ इतिहास रच्ने वा पुरानै त्रुटि दोहोर्याउने जिम्मेवारी रहेको उल्लेख गरेका छन्।

भट्टराईले प्रतिवेदन सरसर्ती अध्ययन गर्दा दुबै दिनका घटनाहरू अपेक्षा गरिएअनुसारकै विवरण समेटिएको बताएका छन्। उनका अनुसार २३ गते तत्कालीन सरकारमा रहेका व्यक्तिहरूको गम्भीर कमजोरी देखिएको छ भने केही समूहले आन्दोलन भड्काउन नियोजित भूमिका खेलेको संकेत प्रतिवेदनले दिएको छ।

त्यस्तै, २४ गतेको घटनामा राज्यका सबै अंगहरू नै ‘कोल्याप्स’ भएको जस्तो स्थिति देखिएको उनको निष्कर्ष छ। प्रतिवेदनमा केही निकाय र समूहहरूले २२ गतेदेखि नै विभिन्न माध्यमबाट तयारी गरेको उल्लेख रहेको भन्दै उनले विशेष गरी केही व्यक्तिहरूको भूमिकालाई महत्वपूर्ण रूपमा औंल्याइएको बताएका छन्।

भट्टराईका अनुसार प्रतिवेदनले कारबाही, पुरस्कार तथा शासकीय सुधारसम्बन्धी विस्तृत सिफारिसहरू समेत प्रस्तुत गरेको छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस