नातागोतालाई चुनावी टिकट दिने र खर्चालुलाई तिरस्कार गरौ: नेत्री अन्सारी
१२ कार्तिक २०८०
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
नातागोतालाई चुनावी टिकट दिने र खर्चालुलाई तिरस्कार गरौ: नेत्री अन्सारी

जनता समाजवादी पार्टी नेपालकी नेत्री मञ्जु शर्मा अन्सारीले आफ्नो दलले उठाएको मधेस प्रदेश, समानुपातिक प्रतिनिधित्व र नागरिकतासम्बन्धी माग केही हदसम्म सम्बोधन भएको प्रतिक्रिया दिएकी छन्।

‘सांसदसँग संवाद’ मा उनले २२ जिल्ला समेटिएको मधेस प्रदेश तथा निर्वाचनसहित राज्यका सबै निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्वको माग गरिएकामा अहिले अभ्यासमा रहेको व्यवस्थालाई पनि उपलब्धिकै रूपमा ग्रहण गरिएको बताइन्।

सांसद् अन्सारी भन्छिन्, “जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, चुनावलाई कम खर्चिलो तुल्याउन पूर्ण समानुपातिक निर्वाचन प्रणाली तथा तराईका २२ जिल्ला समेटिएको मधेस प्रदेशको माग भने हामी निरन्तर उठाइरहने छौं।”

समानुपातिकका नाममा आफ्ना नातागोता र पैसा असुलेर उम्मेदवार बनाउने प्रवृत्ति गलत रहेको बताउँदै उनले भनिन्, “समानुपातिकमा नेताका श्रीमती, छोराछोरी, भान्जाभान्जी र आसेपासेलाई ल्याइनु हुन्न । जनताले त्यस्तालाई निर्वाचनमा तिरस्कार गर्नुपर्छ।”

नेपाल सद्भावना पार्टीमा रही विसं २०४६ देखि राजनीतिक यात्रा थालेकी नेत्री अन्सारीले सोही पार्टीको महिला विभाग, काठमाडौँ उपत्यका इन्चार्जको जिम्मेवारीका साथ २०५६ मा रौतहटबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भइन्। पछिल्लो समय उनी जसपा नेपालका पोलिटब्यूरो सदस्य हुन्।

संसद् संविधान, कानुन, नियम बनाउने थलो भए पनि त्यहाँका क्रियाकलापले सत्तापक्ष र प्रतिपक्षको युद्धस्थलजस्तो भएको विचार राख्दै नेत्री अन्सारीले प्रतिपक्षले विरोधका लागि विरोध र सत्तापक्षले त्यसको आलोचना मात्रै गर्ने कार्यले गोलमाल देखिएको भनाइ राखिन्।

सप्तरी र रौतहट कार्य क्षेत्र भएकी तथा समानुपातिक निर्वाचन प्रणालीबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने अन्सारी शिक्षित र बुद्धिजीवी वर्गको प्रतिनिधित्व भएको सदनले जनतालाई समेत उत्साहित, मर्यादित र अनुशासित तुल्याउने सन्देश प्रवाह गर्न सक्नुपर्नेमा जोड दिन्छिन्।

उनी भन्छिन्, “कहिलेकाहीँ सदनभित्रको गतिविधिले ‘डिसिप्लिन सिकाउने ठाउँमै डिसिप्लिन’ हुँदैन भने बाहिर कसरी सिकाउने होला भन्ने महसुस भएको छ तर सांसद आफैँले ज्ञानवर्द्धक, ओजपूर्ण, शालीन र सभ्य अभिव्यक्ति र प्रस्तुति दिनुपर्छ।”

उनले जनताका पीरमर्काका आवाज उठाएर सम्बोधन गराउन प्रयत्न गर्नुपर्ने ठूलो ठाउँ तथा ठूला नेता र बुद्धिजीवीको प्रतिनिधित्व रहेको सदनमा यस्ता गतिविधि अचम्मलाग्दो र खल्लो भएको विचार प्रकट गरिन्।

जनताले सुख पाउँदैनन् भने कानुन बनाएर मात्र के अर्थ रहन्छ भनी प्रतिप्रश्न गर्दै उनले भनिन्, “कानुन बनाएर अनुशासन र नियम मात्रै सिकाउने कि खाली पेट भर्ने उपायको खोजी गर्ने भन्ने अहिलेको मुख्य विषय हो।”

सरकार ढुकुटीमा पैसा कम रहेको भन्ने तर जनतालाई चर्काे करले अप्ठेरामा पारेको आरोप लगाउँदै उनले कर अस्वाभाविक ढङ्गले बढाइएको र राहत ओझेलमा परेको बताइन्।

देशको राजनीतिक तथा आर्थिक स्थितिमा सुधार र युवाको विदेश पलायन रोक्न रोजगारी दिलाउने आशा र विश्वास लिएर आफू सदनमा गएको बताउँदै उनले त्यसका लागि आफ्नो निरन्तर कोसिस रहे पनि प्रारम्भमै केही धमिलोपन महसुस भएको प्रतिक्रिया दिइन्।

मुलुकमा पछिल्लो समय समाजका सबै क्षेत्र तथा तह र तप्कामा भ्रष्टाचार निकै वृद्धि भएको घटनाको अनुभव सुनाउँदै सांसद् अन्सारीले भ्रष्टाचारमा नेता मात्र नभई कर्मचारीतन्त्र पनि उत्तिकै संलग्न रहेको प्रतिक्रिया दिइन्।

एक प्रसङ्गमा उनले भनिन्,“राजनीतिक नेता तथा कार्यकर्ता मात्र नभई तल्लो तहदेखि लाइन लागेर माथिल्लो तहसम्मका कर्मचारी पनि भ्रष्टाचार र अनियमितामा संलग्न छन्, यो समाजका सबै क्षेत्रमा व्याप्त छ, नियन्त्रण नभएसम्म सुशासनको पाटो कमजोर रहन्छ।”

अनियमितता र भ्रष्टाचारका विरोधमा पार्टीले सदासर्वदा सशक्त रूपमा आवाज उठाइरहेको जिकिर गर्दै नेत्री अन्सारीले अनुसन्धान र प्रमाणले पुष्टि गर्न नसक्ने विषयमा सामाजिक सञ्जालमार्फत आरोप-प्रत्यारोप गरी कसैको चरित्र हत्या गर्ने कार्य भने बन्द गर्न आवश्यक रहेकामा जोड दिइन्।

भ्रष्टाचारविरुद्धको कदम र अभियान निष्पक्ष रूपमा चालिएमा पछिल्ला दिनमा त्यसमा संलग्न हुन सबै डराउने तर्क गर्दै उनले सोधिन्,“सरकारी जग्गा व्यक्तिका नाममा गर्ने र विमानस्थलबाट सुन बाहिर आएको घटनामा संलग्न दोषीलाई अहिलेसम्म कारबाही खोई त, त्यस्ता मुद्दाको टुङ्गो किन नलागेको?”

ठूलो संख्यामा विद्यार्थी र युवा शिक्षा तथा रोजगारीका नाममा विदेश पलायनको घटनाले देशका लागि विविध खाले चुनौती खडा गरेको बताउँदै नेत्री अन्सारीले युवालाई पढ्न र रोजगारी दिने वातावरण तयार गर्न राज्यले भरमग्दुर प्रयास गर्नुपर्ने सुझाव दिइन्। 

लोकप्रिय
अर्को समाचार
जसपा नेपालले लुम्बिनी प्रदेश सरकारको विपक्षमा मतदान गर्ने
२२ चैत्र २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
जसपा नेपालले लुम्बिनी प्रदेश सरकारको विपक्षमा मतदान गर्ने

जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ।

बिहीबार बिहान पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो।

जसपाको उक्त बैठकले लुम्बिनी प्रदेशमा रहेका आफ्ना सांसदलाई कांग्रेस नेतृत्व सरकारको विपक्षमा विश्वासको मत हाल्न निर्देशनसमेत दिएको छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस