जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले जनता माथि डोजर चलाएर परियोजना बनाउन नहुने बताएका छन।आज प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा अध्यक्ष राउतले यस्तो कुरा बताएका हुन।
उनले विद्युत उत्पादक व्यवसायीहरूसँग पैसा छ भन्दैमा जनतालाई पेलेर जलविद्युतका परियोजनाहरू बनाउन दिन नहुने बताए। उनले सरकारले जनतालाई पेलेर जलविद्युत परियोजनाहरू निजी क्षेत्रलाई दिए सांसदहरूले नै अवरोध गर्ने धारणा राखे।
अध्यक्ष राउतले कुनै पनि विकास जनताको लागि गर्ने भएकाले जनताको पक्षमा हुनु पर्ने उल्लेख गरे। उनले विकास जनता र प्राकृतिक संरचना मास्ने गरी कुनै पनि परियोजनाहरू आउनु नहुने जानकारी दिए। उनले परियोजनाहरूको वातावरण परीक्षण मूल्याङ्कन गर्दा इमान्दारि पूर्वक गराउन आवश्यक रहेको बताए। उनले कुनै मन्त्रिले वा अन्य कसैलाई लाभ दिएर परियोजना पास भए देशको लागि चुनौती हुने बताए।
उनले कुनै पनि परियोजना बनाएर ३० वर्ष पूरा भएर सरकारलाई बुझाएको अनुभव नभएको जानकारी दिए। सांसद राउतले निजी क्षेत्रले लाभको लागि लगानी गर्ने भएकाले विद्युत उत्पादनको लागि सङ्कटकाल लगाउन आवश्यक नभएको बताए।
उनले निजी क्षेत्रको लाभको लागि मन्त्रालयहरूले सबै ऐन कानुनहरू खारेज गरेर सङ्कट काल लगाउन तत्काल कुनै जरुरी नभएको बताए। उनले अनावश्यक रुपमा सङ्कटकाल लगाएरै ऐन कानुनहरू उलङ्घन गरेर जनता माथि डोजर चलाएर परियोजना पास गर्ने रणनीतिमा निजी क्षेत्र नलाग्न आग्रह गरे।
तराई मधेस केन्द्रित तीन दल जनमत पार्टी, जनता प्रगतिशील पार्टी तथा तराई मधेस लोकतान्त्रिक पार्टीले कार्यगत एकता गर्ने भएका छन्।
आइतबार जनमतका अध्यक्ष सिके राउत, जप्रपाका अध्यक्ष हृदेयश त्रिपाठी तथा तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले विज्ञप्तिमा संयुक्त हस्ताक्षर गरी सहकार्य गर्ने सहमति गरेका हुन्।
विज्ञप्तिमा उनीहरूले नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, तराई मधेसका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, विद्यमान सबै प्रकारका विभेदहरू अन्त्य गर्न, उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पुँजी निर्माण गर्नको लागि सहकार्य गर्न सहमत भएको जनाएका छन्।
यसैगरी उनीहरूले देशको कृषि उत्पादनमा वृद्धि तथा किसानको हितमा क्रियाशील रहन, उद्योग–धन्धा तथा कलकारखानाहरू स्थापित गर्दै रोजगारी सिर्जना गर्न, गुणस्तरीय तथा सर्वसुलभ शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न सहमत भएका जनाएका छन्। यस अभियानमा अन्य दलहरूलाई सहभागी हुन उनीहरूले आग्रह गरेका छन्। यतिबेला यी तीन दल सरकार बाहिर छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।