बारा-२ मा भएको उपनिर्वाचनको मतपरिणामको पछिल्लो अपडेट अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै छ। यादव ४ हजार ७८२ मतले अग्रता कायम राखेका छन्।
पछिल्लो अपडेटअनुसार यादवले १५ हजार ९८० मत ल्याएका छन्।
उनलाई जनमतका शिवचन्द्र कुशवाहले ११ हजार १९८ मत ल्याएर पछ्याइरहेका छन्। यहाँ एमालेका पुरुषोत्तम पौडेल ५ हजार १४१ मत ल्याएर तेस्रो स्थानमा छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेलले २ हजार १२८ मत ल्याएका छन्।
जनता समाजवादी पार्टी, नेपालले संसदीय दलको बैठक बोलाएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट स्वदेश फर्केसँग संसदीय दलको बैठक बस्न लागेको हो।
बैठक पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा अबको केहीबेरमा सुरु हुनेछ। बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुने बताइएको छ।
आईतवार मात्रै ७ जना प्रतिनिधि सभा सदस्यसहित अशोक राईले जनता समाजवादी पार्टी गठन गरी दर्ता भइसकेको छ। अब उपेन्द्र यादवसँग प्रतिनिधि सभामा जम्मा ५ जना मात्रै सांसदहरु छन्। सोही विषयमा संसदीय दलको बैठकमा छलफल हुनेछ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।