उपनिर्वाचनः ‘हेभिवेट’ उम्मेदवारले तनहुँमा रोचक
१९ चैत्र २०७९
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
उपनिर्वाचनः ‘हेभिवेट’ उम्मेदवारले तनहुँमा रोचक

राजनीतिक वृत्तमा तनहुँको चर्चा भईरहन्छ। हेभिवेट नेतासँगै ती नेताबीचको राजनीतिक विवादले पनि तनहुँलाई बेलाबेला उत्तिकै चर्चामा पुर्‍याइरहन्छ। यो पटक तनहुँ फेरि पनि चुनावी चर्चामा छ। कारण–तनहुँ–१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि त्यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको छ। जहाँ यसअघि अनुमान गरिए भन्दा फरक उम्मेदवार चुनावी मैदानमा उत्रदैछन्।  

उपनिर्वाचनले मात्र नभई यो पटक तनहुँ –१ यो पटक बढी ओझिलो हुनुको अर्को कारण के हो भने हालैमात्र कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) होमिएका अर्थविद् स्वर्णिम वाग्ले पनि चुनावमा होमिँदैछन्। त्यत्ति मात्र नभई नेपाल प्रहरीका पूर्व आईजीपी समेत बनिसकेका सर्वेन्द्र खनाललाई एमालेले तनहुँमा अघि सारेको छ। यसअघि पनि कांग्रेसको वर्चस्व रहिरहेको यो क्षेत्रमा कांग्रेसले भने गोविन्द भट्टराईलाई चुनावी मैदानमा अघि सार्ने निर्णय गरिसकेको छ।  

पछिल्लो राजनीतिक समीकरणले सत्तारुढ गठबन्धनको समर्थन कांग्रेसका भट्टराईलाई पर्ने निश्चित नै छ। त्यसबाहेक त्यो क्षेत्रमा यसअघि कांग्रेस नै बलियो रहेकोले पनि भट्टराईलाई केही सहज हुने अनुमान पनि स्थानीयको छ। तर, त्यो मात्रै काफि नहुन सक्छ। किनकी पछिल्लो समय रास्वपाप्रतिको जनताको बुझाईसँगै कांग्रेस छाडेर हालै मात्र प्रवेश गरेका वाग्लेका कारण पनि तनहुँले चर्चा बटुलेको छ।

गत मंसिरमा भएको निर्वाचनमा कांग्रेसको घोषणापत्र समेत लेखेका वाग्ले अहिले कांग्रेस उम्मेदवार विरुद्ध नै चुनावी मैदानमा उत्रदैछन्। एमालेका उम्मेदवार खनाल तनहुँ–१ कै स्थायी बासिन्दा हुन्। उनको परिवारका सदस्य कांग्रेस पृष्ठभूमिमा भएकोले पनि केही भोट आफ्नो पक्षमा तान्न सक्ने सम्भावना पनि खनालको छ। त्यसबाहेक अर्को समूह कांग्रेसकै गोविन्दराज जोशी समूह पनि तनहुँमा छ। गत स्थानीय तहको चुनावमा एमालेले जोशी समूहलाई साथ दिएको थियो। यो पटक पनि जोशी समूहको साथ एमालेले पाउने सम्भावना पनि स्थानीयले देखेका छन्।  

कांग्रेसको साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका जोशीको समूहले कांग्रेसलाई पराजित गर्दै आफूलाई बलियो साबित गर्न गत स्थानीय तहको चुनावमा ब्यास नगरपालिकामा नेकपा एमालेसँग तालमेल समेत गरेको थियो। त्यसबाहेक गत निर्वाचनमा पनि जोशी समूहले तनहुँमा राम्रै आकारमा मत पाएको थियो।  

कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनाल निर्वाचन क्षेत्रमा पहिल्यैदेखि कांग्रेस अब्बल रहेकोले अहिले पनि उनै भोट सुरक्षित राख्ने हो भने जित हात पार्ने बताउँछन्। ‘कांग्रेसका (गोविन्द भट्टराई) उम्मेदवार पनि बौद्धिक भित्रकै व्यक्ति हुनुहुन्छ। उहाँ हरेक गाउँ र मतदाताको घरमा पुगेर राजनीति गरेको व्यक्ति भएकोले जित्नकै लागि असहज नहोला,’ खनालले भने, ‘अरूलाई कम आँकलन नगरौँ, तर, हिजोका मत सुरक्षित गर्दा पनि कांग्रेसले जित्ने हो।’ रास्वपाले अहिले पनि पहिलेकै आकारमा भोट पाउने भएकोले यो पटक पनि असर नपर्ने उनले बताए।

उनले हालै मात्र कांग्रेस छाडेर रास्वपा छिरेका वाग्ले नयाँ उम्मेदवार भएकोले उत्तिसारो असर नपर्ने बताए। कांग्रेसभित्रकै जोशी समूह पनि यसअघि नै तितरवितर भइसकेकोले पनि त्यो नै समूह अब्बल हुने भनेर आँकलन गर्नु नपर्ने सचिव खनालले बताए। ‘जोशी समूह पनि तितरवितर भईसकेको छ। त्यसलाई पनि आँकलन गर्नुपर्दैन। जोशी समूहले कांग्रेसलाई समर्थन गर्दा मेलमिलाप देखिन्थ्यो भन्ने मात्र हो।’ कांग्रेसभित्रको एकता र गठबन्धन बलियो भएको अवस्थामा कांग्रेस उम्मेदवारलाई जित्न अप्ठेरो नरहेको उनले बताए।

राजनीतिक विश्लेषक इश्वरचन्द्र वाग्ले कांग्रेसले अरुको तुलनामा उपयुक्त उम्मेदवार चयन गरेकोले केही सहज रहेको बताउँछन्। राष्ट्रिय स्वतन्त्र पार्टीले केही युवामत तान्न सक्ने सम्भावना रहे पनि त्यो आकार निकै नै कम हुने उनको बुझाई छ। ‘रास्वपाले केही युवामत तान्न सक्छ। तर,त्यो आकार निकै नै कम हुनेछ,’ वाग्लेले भने, ‘किनकी काठमाडौं र चितवन भन्दा तनहुँको यो क्षेत्र केही फरक छ। यहाँका मतदाता पुरानो दलप्रति कटिवद्ध छन्।’

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्ले मतदाताका लागि निकै नै नौलो अनुहार भएकोले पनि उत्तिसारो प्रभाव नपार्ने विश्लेषक वाग्लेले बताए। ‘चितवन र काठमाडौं जस्तो यहाँ मतदाता एकै ठाउँ हुँदैनन्। एकाधले भोट क्रस गर्न सक्छन्, तर, त्यो नै पर्याप्त हुँदैन,’ उनले भने, ‘जिल्लामा माओवादी निर्णायक शक्ति छ, माओवादीसँग गठबन्धन भएकोले कांग्रेसलाई सहज हुने देखिन्छ।’ एमालेका उम्मेदवारको छविप्रति मतदाता सकारात्मक नरहेको उनले बताए। त्यसबाहेक कांग्रेसमाथि असहयोग गरेको आरोप लागे पनि जोशी समूहका मतदाताले पनि कांग्रेसलाई सघाउने अपेक्षा गरेको उनले बताए।  

एमालेकी केन्द्रीय सदस्य समेत रहेकी नेतृ भगवती न्यौपाने उम्मेदवार पार्टिका मुद्दा लिएर चुनावमा होमिने बताउँछिन्। ‘उम्मेदवारले ‘ह्विम’ ल्याउने भनेको नागरिकबीच मुद्दा स्थापित गर्ने हो। एमालेले समृद्धि र जनसरोकारका मुद्दा लिएर अघि बढ्छ,’ उनले भनिन, ‘तनहुँमा अघिकांश समय प्रतिनिधित्व गरेको दलले विकासको खाका कोर्न सकेन, अब तनहुँलाई अब्बल बनाउनेगरि अघि बढ्छौ।’ चुनावी प्रतिस्पर्धी रास्वपाका उम्मेदवार वाग्ले आर्थिक क्षेत्रमा अब्बल भएपनि उनलाई तनहुँको माटोले नचिन्ने भएकोले त्यो पार्टीप्रति मतदाताको अविश्वास रहेको उनी बताउँछिन्। माओवादी र एकीकृत समाजवादीभित्रको असन्तोषले गर्दा यहाँ गठबन्धन दललाई सहज नहुने अवस्थामा एमालेले सहज ठानेको उनले बत्ताइन। 

लोकप्रिय
अर्को समाचार
इलाम-२: २५ वर्षे प्रगतिको पुलिन्दा बोकेर भोट माग्दै एमाले
०३ वैशाख २०८१
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
इलाम-२: २५ वर्षे प्रगतिको पुलिन्दा बोकेर भोट माग्दै एमाले

वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले) करिब २५ वर्ष इलाम क्षेत्र-२ को प्रतिनिधित्व गर्दा पार्टीले गरेका विकासे काम स्मरण गराउँदै मतदातासम्म पुग्दैछ।

पार्टीको तर्फबाट साढे दुई दशक प्रतिनिधित्व गरेका सुवासचन्द्र नेम्बाङले गरेका संविधान निर्माणको नेतृत्वदेखि इलामको भौतिक विकासका दर्जनौं कामको पुलिन्दा बोकेर एमाले चुनावी अभियानमा लागेको छ। गत भदौ २६ मा नेम्बाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। अहिले इलाम-२ बाट उनकै छोरा सुहाङ लड्दैछन्। 

नेम्बाङले देशको मूल कानुन मानिने संविधान निर्माणको नेतृत्व गर्नुलाई ऐतिहासिक उपलिब्धका रूपमा लिएको छ। नेम्बाङले यो क्षेत्रबाट २०५६ सालयताका सबै चुनाव जितेका थिए। कतिपयले नेम्बाङले स्थानीय आवश्यकताअनुसार काम गर्न नसकेको आलोचना गरेपछि एमाले विगतका काम र अबको प्रतिबद्धतासहित मतदाता रिझाउँदैछ।

‘इलामबाट निर्वाचित सांसदले दुई पटकसम्म सर्वसम्मत रूपमा संविधानसभाको नेतृत्व गर्ने अवसर पाउनु एमालेमात्र होइन, सिंगो इलामका लागि गौरवको विषय हो,’ एमाले उपसचिव उमेश गुरुङ भन्छन्, ‘त्यतिमात्र होइन, किरात धर्मगुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गराउनदेखि भूमिहीन चुलाचुलीबासीलाई धनीपुर्जा हातमा पुर्‍याउन पनि नेम्बाङकै पहल सफल भएको बिर्सिनुहुँदैन।’

नेम्बाङले इलाम क्षेत्र २ मा दीर्घकालीन महत्वका विकास योजनासमेत सुरुआत गरेको एमालेले उल्लेख गरेको छ। नेम्बाङले यहाँबाट विजयी भएपछि सडक, बिजुली, खानेपानी, पुल, भवन, कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रमा गरेका दर्जनौं कामलाई एमालेले दस्तावेजका रूपमा पनि उनले जनाए।

‘अब इलाम क्षेत्र २ विकासले पूर्ण भयो भन्ने होइन, अझै धेरै काम बाँकी छन्,’ उनले भने, ‘जति काम सुरुआत भएका छन्, जति योजना कार्यान्वयनको पहल भइरहेको छ, तिनले यो क्षेत्रमा समृद्धिको आधार भने तयार गर्नेछन्।’

आउँदो उपनिर्वाचनमा आफूहरू विगतमा गरेका काम र अब पार्टी, उम्मेदवारको तर्फबाट गरिएका प्रतिबद्धता बोकेर मतदातासम्म पुगिरहेको उनले जनाए। ‘यसबीचमा दर्जनौं महत्वपूर्ण काम भएको जगजाहेरै छ,’ उपसचिव गुरुङले भने अधुरा काम पूरा गर्न र नयाँ योजना कार्यान्वयन गर्न एमाले प्रतिबद्ध छ, हाम्रा उम्मेदवार प्रतिबद्ध हुनुहुन्छ।’

निर्माणाधीन राँके–रवि–भेडेटार सडक, राकसे–बेलासे सडक, दमक–चिसापानी सडक, मदन भण्डारी राजमार्ग, लक्ष्मीबाँध–बिहीबारे–गुरुआश्रम सडक, फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण र नामकरण, यही विमानस्थलबाट फुलुङ्गी–बिहीबारे–मार्चेबुङलगायत दर्जनौं सडक नेम्बाङकै पहलमा आएका योजना भएको एमालेले जनाएको छ।

दर्जनौं पुल, चुलाचुलीमा १५ शड्ढयाका अस्पताल, गाउँपालिका नगरपालिकाका भवन, इलामको सिटी हल, इलाम अस्पतालमा अक्सिजन प्लान्ट जडान, भेन्टिलेटर सेवा, सेतीदेवी–पुवाखोला झोलुङ्गे पुल (बन्जीसहितको योजना) पनि नेम्बाङको अग्रसरतामा आएको एमाले केन्दीय सदस्य राम रानाले बताए।

विद्युत् विस्तारका लागि काबेली कोरिडोर, इलाम जिल्लाभर पूर्ण विद्युतीकरण, विभिन्न विद्यालयलाई नमुना विद्यालयका योजना ल्याउने, बरबोटेको चुम्लुङ हिम, विभिन्न गाउँका स्कुलमा प्राविधिक शिक्षा विस्तारमा पनि नेम्बाङको पहल रहेको रानाले बताए।

‘यो निर्वाचन क्षेत्रमा भएका सयौं काम छन्, जसमा एमाले र दिवंगत नेता नेम्बाङको छाप लागेको छ,’ राना भन्छन्, ‘तीनै काम पूरा गर्ने र थप स्थानीय आवश्यकताका काम गर्ने योजना पार्टीले ल्याएको छ।’ यो उपनिर्वाचनका लागि एमालेले चिया, दूध, पशुमा देखिएको लम्पी स्किन रोगबाट किसानले पाउनुपर्ने सहुुलियत, कृषि मल–बीउलगायतलाई चुनावी एजेन्डा बनाएको छ। एमाले, नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलले यो पटक एमालेका सुहाङ नेम्बाङलाई साझा उम्मेदवार बनाएका छन्।

स्थानीय तहको अधिकार सुनिश्चित गर्ने, इलाममा मेडिकल कलेज स्थापना, सबैखाले शोषणविरुद्ध लड्ने, युवाको विदेश पलायन रोक्दै देशमै रोजगारी सिर्जनालाई पनि सुहाङले चुनावी एजेन्डा बनाएका छन्। खेलकुद, साहित्य, कला, सिनेमा, नाटकमा आबद्ध युवालाई व्यावसायिक बनाउने, सबै जाति, भाषा, धर्म, समुदायको आत्मसम्मान र पहिचानलाई सम्मान गर्दै त्यसलाई कायम राख्ने प्रतिबद्धता पनि एमालेले गरेको छ।

२०७९ सालको निर्वाचनमा इलाम क्षेत्र २ मा एमालेका सुवासचन्द्र नेम्बाङ विजयी बनेका थिए। उनी ३० हजार २० मत ल्याएका विजयी हुँदा तत्कालीय सत्ता गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए।

वैशाख १५ मा हुने उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्। कांग्रेसले पुनः खड्कालाई नै उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मिलन लिम्बू, पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम चुनावी प्रतिस्पर्धामा छन्।

जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन्।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि उम्मेदवार छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस