नेकपा (एमाले) ले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको हाे।
बैठकले पार्टीको वैचारिक र संगठनात्मक सुदृढीकरणका लागि भन्दै दुई महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। ‘मिसन ग्रासरुट’ नाम दिइएको सो अभियान देशभर फागुन र चैत महिनाभर चल्ने एमाले उममहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनले पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा जगैदेखि मजबुत बनाउनका लागि अभियान सञ्चालन हुन लागेको बताए। सो अभियानका क्रममा पार्टीका सम्पूर्ण केन्द्रिय सदस्यहलाई पालिकाहरुमा खटाइने उनले बताए।
केन्द्रिय सदस्यहरुलाई पार्टी सदस्यको सदस्यता नविकरण गर्ने, प्रशिक्षण गर्ने, जनप्रतिनिधि र पार्टीका कमिटीका सम्बन्धहरु सुव्यवस्थित गर्ने, पार्टी र समाजमा विशेष योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने, राय सुझाव लिने लगायतका ११ वटा काम दिएर खटाइने उनले उल्लेख गरे। सो अभियान फागुन ५ गतेदेखि औपचारिक रुपमा शुरु हुने उनले जानकारी दिए।
ताप्लेजुङमा प्रतिनिधिसभा र प्रदेशसभाको दुबैको समानुपातिकतर्फ एमालेले बढी मत ल्याएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान समानुपातिकतर्फको सबै मत परिणाम सार्वजनिक गरेको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ४८ हजार ६ सय ९२ मत खसेको थियो। त्यसमध्ये एमालेले १९ हजार ६ सय ४ मत पाएको छ। यस्तै काँग्रेसले १५ हजार ३ सय ७५, माओवादी केन्द्रले ५ हजार १ सय ६२,नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले १ हजार ५ सय ४५, गोलाकार भित्रको घण्टीले ९ सय ७८,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ९ सय ३२,जनता समाजवादी पार्टीले ७ सय २२,राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ सय ३७,राष्ट्रिय जनमुक्ति पार्टीले ३ सय ३० र मंगोल नेस्नल अर्गनाईजेसनले १ सय २५ मत पाएको छ।
मत नै नपाउने दलको संख्या पनि छ भने १ मत पाउने दलको संख्या पनि रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यता दुईवटा प्रदेश निर्वाचन क्षेत्र रहेको यहाँ प्रदेशसभातर्फ दुबै निर्वाचन क्षेत्रको एकमुष्ट रुपमा नतिजा सार्वजनिक गरिएको छ।
प्रदेशसभामा एमालेले १८ हजार ५ सय ६९ मत पाएको छ भने काँग्रेसले १३ हजार ७ सय ७४ मत पाएको छ। माओवादी केन्द्रले ५ हजार ९ सय ९८ मत पाउँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रतिनिधिसभा भन्दा झण्डै दुईगुणा बढी मत पाएको छ। उसले प्रदेशसभामा १ हजार ८ सय १४ मत पाएको छ। प्रदेशसभामा एकिकृत समाजवादीले लोकतान्त्रिक राष्ट्रिय मञ्चभन्दा पछिको मत पाएको छ। उसले १ हजार ५ सय ५६ मत पाएको छ। तर, यो प्रतिनिधिसभामा भन्दा ११ मत बढी हो। यस्तै राप्रपाले ९ सय २५ मत ल्याएको छ।
प्रदेशसभामा घण्टी चिन्ह नभएकोले त्यसको फाइदा स्वरुप राप्रपाको प्राप्त मतले जनता समाजवादी पार्टीको प्राप्त मतलाई केहि तल पारेको छ। जसपाले प्रदेशसभामा ८ सय ६५ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै राष्ट्रिय जनमुक्ति पार्टीले ४ सय ६९ मत,लौरो चुनाव चिन्हको हाम्रो नेपाल पार्टीले १ सय ३७ मत,आमूल परिवर्तन मसिहा पार्टीले १ सय ३६ मत र मंगोल नेस्नल अर्गनाईजेसनले १ सय ३२ मत ल्याएको छ।
समानुपातिकतर्फ साढे ६ प्रतिशत सम्म मत बदर
प्रदेशसभासभाको समानुपातिकतर्फ साढे ६ प्रतिशत बढी मदर बदर हुँदा प्रतिनिधिसभाको समानुपातिकतर्फ भने ५ प्रतिशत भन्दा कम मत बदर भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कूल ४८ हजार ८१ मत खसेकोमा ३ हजार १ सय ४२ मत बदर भई ४४ हजार ९ सय ३९ मत सदर भएको छ।
यस्तै प्रतिनिधिसभामा ४८ हजार ६ सय ९२ मत खसेकोमा २ हजार ४ सय २३ मत बदर भई ४६ हजार २ सय ६९ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ अस्थायी मतदाता समेतले मतदान गरेका थिए। अस्थायी मतदाताका लागि यहाँ जिल्ला कारागार र तोक्मेस्थित शनिबारे हटिया परिसरलाई मतदानस्थल कायम गरिएको थियो भने खटिइजाने अस्थायी मतदाताले सम्बन्धित मतदान केन्द्रमै मतदान गरेका थिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।