बाजुराको मतगणना अनिश्चित, सर्वदलिय बैठकमा सहभागि भएन एमाले
१४ मंसिर २०७९
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
बाजुराको मतगणना अनिश्चित, सर्वदलिय बैठकमा सहभागि भएन एमाले
फाइल तस्बिर

बाजुुरा जिल्लाको मत गणना सुरु गर्ने सहमतिका लागि बसेको बैठक निष्कर्ष विहिन सकिएको छ। निर्वाचन आयोगले मत गणनाका लागि निर्देशन जारी गरेपनि बाजुरामा सर्वपक्षिय सहमति नहुँदा अन्योल बनेको छ।    

मतगणना बारे छलफल गर्न सर्वदलिय बैठक बोलाएपनि नेकपा एमाले नआएपछि भोलि विहान ७ बजे पुनः बस्ने र बैठकमा नेकपा एमालेलाई समेत आह्वान गर्ने निर्णय गरिएको निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन्।  

नेकपा एमालेको उपस्थिति नभए मतगणना सुरु गर्ने कि नगर्ने भन्नेमा भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरिसकेको छैन्। हत्यारा पक्राउ नगरेको र कब्जा बुथको प्रमाण हुँदा हुँदै पुन मतदानका विरुद्धमा निर्णय गरेको प्रति नेकपा एमाले थप आक्रोशीत बनेको छ।  यता नेकपा एमालेले भने प्रमुख जिल्ला अधिकारी र सुरक्षा समितिसँग भएको सहमति कार्यान्वन नभएसम्म सर्वदलिय बैठकमा सहभागि नहुने अडान लिएको छ। स्थानीय प्रहरी प्रशासन र नेकपा एमालेबीच भएको सहमति कार्यान्वन नगरेसम्म कुनै बैठकमा सहभागि नहुने पार्टी सचिव भरत थापाले बताएका छन्।

थापाका अनुसार काँग्रेस कार्यकर्ताबाट हत्या गरिएका विद्यार्थी नेता चेतन अयडीका हत्यारा पक्राउ गर्ने, विना कारण पक्राउ गरिएका अनेरास्ववियुका ११ जना विद्यार्थी नेतालाई तत्काल रिहाइ गर्ने, बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनीया माथि आक्रमण गर्ने गिरोहलाई पक्राउ गरि कारवाही प्रक्रिया अघि बढाउने सहमति भएको थियो। तर प्रमुख जिल्ला अधिकारीले कुनै सर्त र सहमति पालना नगरेपछि नेकपा एमाले बैठकमा सहभागि हुने र मतगणना प्रक्रिया अघि बढाउने पक्षमा नरहेको पार्टी सचिव थापाले बताएका छन्। थापाले नेकपा एमालेलाई सहमतिमा नलिई कुनैपनि कुरामा जबरजस्ती गर्न खोजिए एमाले बाजुराको शक्ति देखाउने समेत चेतावनी दिएका छन्।

नेकपा एमालेले १६ वटा बुथमा कब्जा गरिएकोले पुन मतदानको माग गरेको थियो। १६ बुथ मध्येपनि बुढीगंगा नगरपालिका ४, त्रिवेणी ३ र ७,  हिमाली ६ मा अवैध मतदान गरिएको आरोप एमालेको छ। हिमाली गाउँपालिका ६ मा मतदान सकिएपछि प्रतिनिधी सभाका उम्मेदवार बद्री पाण्डे आफै गएर ६ सय मत पछि कोठामा खसाइएको आरोप छ। भने त्रिवेणी ३ मा मतपत्रमै अरुले हस्ताक्षर गरेर मत खसाएको र ७ मा मान्छे मार्ने र मर्ने अवस्था ल्याएर बुथ कब्जा गरिएको आरोप नेकपा एमालेको छ।  

यस्तै बुढीगंगा नगरपालिका ४ मा शिल नगरिकनै मतपेटिका मार्तडी पुर्याइएको थियो। तर नेपाली काँग्रेसले भने बुढीगंगाको ९ बाट नेकपा एमालेले नै बुथ कब्जा गर्न सुरु गरेको बताएको छ।  निर्वाचन आयोगले भने मतगणना गर्न निर्देशन दिइसकेको छ।  

लोकप्रिय
अर्को समाचार
समानुपातिकतर्फ ९३ लाख मत गनियो,सबैभन्दा अगाडि एमाले
१२ मंसिर २०७९
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
समानुपातिकतर्फ ९३ लाख मत गनियो,सबैभन्दा अगाडि एमाले

प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ। निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा९एमाले०ले २५ लाख ३४ हजार तीन सय २३ मत प्राप्त गरेको छ।  

नेपाली कांग्रेसले २३ लाख ९९ हजार आठ सय ३१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार सात सय १८, नेकपा (माओवादी केन्द्र)ले १० लाख ६२ हजार सात सय ४७ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४५ हजार छ सय ५६, जनता समाजवादी पार्टीले तीन लाख २६ हजार तीन सय ७२ मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन्।

थ्रेस होल्ड कटाउनका लागि सङ्घर्षरत दलमा नेकपा ९एकीकृत समाजवादी० र जनमत पार्टी छन्। आयोगको विवरणअनुसार जनमत पार्टीले दुई लाख ६२ हजार आठ सय २६ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले दुई लाख ५२ हजार २७ मत प्राप्त गरेको छ। बाँकी रहेको मतगणनामा ती दलले थ्रेस होल्ड कटाउने अपेक्षा राखेका छन्।

आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले दुई लाख ३७ हजार नौ सय ६२, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २७ हजार नौ सय १८, नेपाल मजदूर किसान पार्टीले ७२ हजार आठ सय, हाम्रो नेपाली पार्टीले ५२ हजार आठ सय ४३ मत, मंगोल नेशनल अर्गनाइजेशनले ४५ हजार छ सय ६३, राष्ट्रिय जनमोर्चाले ४४ हजार आठ सय ७३, नेपाल सङ्घीय समाजवादी पार्टीले ३१ हजार दुई सय २९ र नेकपा९माले०ले २६ हजार नौ सय ७१ मत प्राप्त गरेका छन्।  

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए। त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार छ सय ९४ मत प्राप्त गरेको छ।  

त्यस्तै आयोगले प्रदेशतर्फको पनि समानुपातिकतर्फको मतगणना जारी राखेको छ। प्रदेश नं १ मा १५ लाख ८४ हजार आठ सय ६९ मतगणना भइसकेको छ। मधेश प्रदेशमा १६ लाख २५ हजार सात सय ५८, वाग्मती प्रदेशमा १५ लाख ९८ हजार चार सय ३४, गण्डकी प्रदेशमा नौ लाख १८ हजार आठ सय ३९, लुम्बिनी प्रदेशमा १८ लाख ५९ हजार ६२, कर्णाली प्रदेशमा पाँच लाख ७७ हजार आठ सय २९ र सुदूरपश्चिम प्रदेशमा आठ लाख सात हजार एक सय ३८ मत गणना भइसकेको छ।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस