तस्बिरमा देखिएको देवानगञ्जको तनाव
१३ साउन २०८३
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
तस्बिरमा देखिएको देवानगञ्जको तनाव

यतिबेला देशभरको ध्यान सुनसरीको देवानगञ्जले खिचेको छ ।  

नेपालले खेपेको एकपछि अर्को दुःखका घटनाको सूचीमा देवानगञ्ज पनि परेको छ । यो दुई पक्षीय विवाद हिंसामा परिणत भएपछि असहज परिस्थिति सिर्जना हुनुमा सरकारी निकायकै प्रारम्भिक निष्क्रियता रहेको  स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा र पीडित पक्षले दाबी गरेका छन्।

उनीहरूका अनुसार सुरुदेखि नै प्रभावकारी समन्वय र संवाद भएको भए घटना एक जनाको ज्यान जाने र अरू दुई दर्जन नजिक घाइते अवस्थासम्म नपुग्ने बताएका छन्।

अहिले पनि स्थिति सामान्य बनाउन सङ्घीय सरकारको प्रत्यक्ष पहल, निष्पक्ष छानबिन र दोषीमाथिको कारबाही आवश्यक रहेको उनीहरूले बताएका छन्।

आइतबार राति दुई पक्षीय झडपपछि प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका वडा नं। ४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सो घटनामा कम्तीमा २१ जना घाइते भएका थिए, जसमा दुई जनाको अवस्था गम्भीर छ।

गाउँपालिका अध्यक्ष वेचन मेहताका अनुसार प्रशासनले दुवै पक्षसँग प्रभावकारी समन्वय गरेको भए घटना यो अवस्थामा पुग्ने थिएन। उनले घटनालाई साम्य पार्नका लागि दोषीमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न गर्न माग गरेका छन् ।  

अहिले पनि यो क्षेत्रको तनाव कम भएको छैन । 

तस्बिरमा हेरौँ देवानगञ्जको तनावः

अर्को समाचार
आज ज्योति, भोलि हामी (फोटोफिचर)
१९ साउन २०८३
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
आज ज्योति, भोलि हामी (फोटोफिचर)

स्वास्थ्यकर्मी तथा नर्सिङ समुदायले अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउन तथा उनका जायज मागहरूको शीघ्र र सार्थक सम्बोधनको माग गर्दै वीर अस्पताल परिसरमा प्रदर्शन गरिरहेका छन्।

साउन १४ गतेदेखि नर्सको न्यूनतम पारिश्रमिक, श्रम शोषणको अन्त्य लगायतका १५ बुँदे माग राख्दै अनसनमा बसेकी नर्स ज्योति रानाभाटको समर्थन र अनसनप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं उपत्यकाका नर्सले प्रदर्शन गरेका हुन्। ज्योति रानाभाटले उठाएका जायज माग पूरा गर्न आग्रह गर्दै अनसनको छैठौं दिनमा अरू नर्सले पनि ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।

नर्सको न्यूनतम पारिश्रमिक, श्रम शोषणको अन्त्य लगायत विभिन्न माग राखी साउन १४ गतेदेखि आमरण अनसनमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था दिनप्रति दिन कमजोर भइहेको र हाल वीर अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ। नेपालमा नर्सको तलब भत्ता, सेवा सुविधा, वृत्ति विकास लगायतमा रहेका समस्या समाधान गर्नका लागि विगतमा सरकारसँग सम्झौता भए पनि सोको कार्यान्वयन नभएको अवस्थामा देशभरका नर्सहरू ठूलो अन्यायमा परेको प्रदर्शनमा उत्रिएका नर्सले जनाएका छन्।

यो आन्दोलनको डेन्टल साइनन्स हाइजेनिष्ट एसोसिएसन अफ नेपाल ,नेपाल पब्लिक हेल्थ एसोसिएसन, हेल्थ असिस्टेन्ट एसोसिएसन अफ नेपाल, नेपाल सि एम ए सङ्घले समर्थन र ऐक्यबद्धता जनाएका छन्।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ८ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस