नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षलगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरिएको हो।
सुरुङमार्गमा राखिएको नयाँ शिलालेखमा मन्त्री लम्सालको नाम लेखिएको छ। शिलालेखमा लेखिएको छ, ‘माननीय पूर्वाधार विकासमन्त्री श्री सुनिल लम्सालज्यूद्वारा नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गको समुद्घाटन सम्पन्न भयो ।’
यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ। सुरुङमार्ग निर्माणमा जापान सरकारको रु २१ अर्ब बराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको रु छ अर्ब बराबरको लगानी रहेको छ।

स्वास्थ्यकर्मी तथा नर्सिङ समुदायले अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउन तथा उनका जायज मागहरूको शीघ्र र सार्थक सम्बोधनको माग गर्दै वीर अस्पताल परिसरमा प्रदर्शन गरिरहेका छन्।

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।