स्थानीय निर्वाचनका समृद्धि सपना
२२ वैशाख २०७९
६ मिनेट पाठ
संग्रह
Email
ईमेल
स्थानीय निर्वाचनका समृद्धि सपना

हिजोआज स्थानीय निर्वाचनको रमिता छ। घरघरमा खानेपानी, सडक, रोजगारी, भत्ता दिने नारासहित विभिन्न दलका र स्वतन्त्र उम्मेदवारका घरदैलो कार्यक्रम जताततै देखिन्छन्। उता गठबन्धनमा आबद्ध दल विभिन्न उम्मेदवारको फोटो र चुनाव चिह्न सहितका ब्यानर लिएर गठबन्धनका उम्मेदवारहरूलाई भोट माग्न हिँडेका छन्।

सञ्चार माध्यममा आआफ्नो दलको घोषणापत्रबारे जानकारी दिएर भोट माग्ने उत्तिकै छन्। अब, मतदाताले घोषणापत्रका आधारमा उम्मेद्वारलाई भोट दिने हो कि गठबन्धनका आधारमा टुंगो छैन। यता चोक र चिया पसलका गफ सुन्दा कसलाई भोट दिने भन्ने निर्णय चुनावको अघिल्लो दिन हुने लेनदेनका आधारमा टुंगो लाग्ने भएकाले यो घरदैलो केवल देखाउने दाँतमात्र हो भन्ने पनि उत्तिकै छन्।

वास्तवमा हामीले किताबमा पढेको स्थानीय सरकार भनेको समानुपातिक र समावेशी विकासको एउटा महत्वपूर्ण कडी हो। स्थानिय बासिन्दाहरूको प्रतिनिधित्व हुने भएकाले तिनीहरू त्यहाँका सामान्य नागरिकमध्येबाट छानिने हुन।

उनीहरू मेलापातका दुःखकष्ट जान्ने, जन्ती–मलामीमा सहभागी हुनेखालका हुनेछन्। त्यस्ता जनप्रतिनिधिले स्थान विशेषका साधन–स्रोतहरूको सही उपयोग गर्न जान्ने र समुदायलाई परिचालन गर्न सक्ने हुने भएकाले स्थानिय सरकार समानुपातिक विकासको उपयुक्त संरचनाका रूपमा बुझेका थियौँ।

तर अहिलेको स्थानीय सरकारको प्रतिनिधि गतिलो भत्ता खाएका, महँगा गाडीमा चढ्ने रवाफिलो व्यक्ति हुने कल्पना हामीले गरेका थिएनौँ। त्यसमाथि, विभिन्न दलबाट (संभवतः निकै खर्च गरेर) निर्वाचित प्रतिनिधिहरू हुने भएकाले तिनीहरूबाट स्थानीय सरकारले कसरी समुदाय तहको कुरा सुनेर विकासमा मद्दत पुर्‍याउन सक्ला भन्ने मैले बुझेको छैन।

हुन त अहिले हरेक गाउँपालिकाको बजेट करोडभन्दा माथि छ। नगरपालिकाहरूको स्तर हेरी करोडौँदेखि अरबौँसम्मको बजेट छ। त्यसैले उनीहरू भ्युटावर, गेट, बाटोदेखि लिएर हेलिकोप्टरबाट खेती गर्नेसम्मका सपना बाँड्न सक्छन्। तर त्यो रकम आफ्नै सामर्थ्यबाट आएको हो कि केन्द्रको बजेटबाट? केन्द्रमा त्यो रकम कहाँबाट आएको हो? भनेर कसैले विचार गरेको पाइँदैन।

सबैलाई लागेको होला केन्द्रमा जति पनि पैसा छ र त्यसलाई जसरी पनि खर्च गर्न सकिन्छ। त्यसैले सबै उम्मेद्वारहरूले महत्वाकांक्षी वाचा गर्न र घोषणापत्र निर्माण गर्न चाहेको जस्तो देखिन्छ। भोलि प्रदेश र संघीय निर्वाचनमा पनि यही कुरा दोहोरिएला।

हुन त २०६२/६३ को परिवर्तनपछि नेतृत्व तहमा देशको विकास छिटो गर्ने हुटहुटी जागेको होला। तर पहिलेका नीतिलाई परिमार्जन गरेर मितव्ययी ढंगले परिणाममुखी बनाउनुभन्दा अन्तर्राष्ट्रिय दातृसंस्थाहरूबाट ऋण लिएर भए पनि ठूलाठूला सपना बाँड्ने र वितरणमुखी नीति ल्याउने बाटोतिर लागे। एउटा सार्वभौम मुलुकले ऋण लिन पाउँछ र महत्वाकांक्षी विकास निर्माणमा खर्च गरेर आफ्नो पौरख देखाउन सक्छ।

जनता पनि त्यतैतिर आकर्षित हुन सक्छन्। तर त्यो ऋणले सापेक्षित उत्पादन बढाउन सकेन भने मुलुक ऋणमा फसेर टाट पल्टिन सक्छ। श्रीलंकामा अहिले भएको त्यही हो। हाम्रो देशमा पनि विगत १० वर्षमा कति ऋण बढ्यो र त्यसबाट सापेक्षित उत्पादन र निर्यात कति बढ्यो भनेर कसैले हेरेन। अब यही प्रवृत्ति आगामी दिनमा पनि बढ्ने हो भने हाम्रो मुलुक पनि टाट पल्टिन बेर लाग्दैन। त्यसैले, महत्वाकांक्षी योजना बनाउनुपूर्व यसको साधनस्रोत कसरी जम्मा गर्ने र यसले कति रोजगारी र आम्दानी बढाउँछ भन्ने आकलन हुनैपर्छ।

यो चुनावमा पनि स्थानीय सरकारहरूको सामर्थ्य बढाउने र स्रोतसाधनको उपयोगबाट उत्पादन बडाउने भन्दा वितरणमुखी कुराहरूमा सबै दलहरूको ध्यान गएको देखिन्छ। घरघरमा बाटो, सित्तैमा बिजुली, पानी पुर्‍याउने सामर्थ्य खोइ ? काठमाडौँको मेयरले बालाजु औद्योगिक क्षेत्रको क्षमतामा सुधार गरी आम्दानी र रोजगारी बढाउँछु वा टेकु तथा कीर्तिपुरको फोहोरमैला प्रशोधन केन्द्रलाई सुधार गरी काठमाडौँको फोहोर दिगो रूपमा व्यवस्थापन गर्छु भन्नुपर्ने हो।

त्यस्तै, विराटनगरको मेयरले त्यहाँको जूटमिल सञ्चालन गरेर त्यो क्षेत्रकै आम्दानी र रोजगारी बढाउने प्रतिबद्धता लिन प्रेरित गर्नुपर्ने हो। अझ, यस्ता स्थानविशेषको सामर्थ्य बढाउने परियोजनाहरूमा संघीय सरकारको वा दाताहरूको लगानी ल्याउने वाचा गर्नुपर्ने हो। यस्ता योजनाहरू संवर्धन गरेदेखि स्थानीय आम्दानी/रोजगारी पनि बढ्नेछ र समग्र देशको आर्थिक उन्नति पनि हुनेछ।

यो कुरा किन पनि महत्वपूर्ण छ भने हिमाल–पहाडका भिराला भूभागले ओगटेको नेपालमा करिब २० प्रतिशतको हाराहारीमा खेतीयोग्य जमिन छ भन्ने गरिन्छ। त्यसमाथि बढ्दो सहरीकरण, डोजरे–विकासमा आधारित पूर्वाधार निर्माण र चुरेको विनाशले बर्खे बाढीको आयतन र विध्वंशलाई झन तीव्रता दिइ पहाड र तराईका मलिला खेतहरू बगरमा परिणत गरिदिएको छ। यस्तो अवस्थामा आफ्नो जीविका धान्न नसकी लाखौँ नेपाली भारत, मलेसिया, खाडी मुलुक लगायत संसारका विभिन्न भागमा रोजगारीका लागि भौतारिएका छन्।

यसबाट आर्जन भएको वैदेशिक मुद्राबाट नेपालमा रोजगारी–आम्दानी सिर्जना हुने क्षेत्रमा लगानी गरी आत्मनिर्भर हुनुको सट्टा मुलुक अरू परनिर्भर बन्न पुगेको वास्तविकता आजको कटु यथार्थ हो। विदेशी मित्रराष्ट्रहरूले बनाइदिएका कतिपय उद्योगहरू अहिले प्रान्तीय वा प्रहरी कार्यालयमा परिणत भएका छन्।

मुलुकभित्रकै कच्चा पदार्थ प्रयोग गरी रोजगारी र उत्पादन बढाउने उद्योगहरू हामीसँग नभएका होइनन्। तिनीहरूमध्ये कति निजीकरण गरिए र कति बन्द भए। दलीय भर्तीकेन्द्र बनाउने, प्रमुखको नियुक्ति भागबन्डाका आधारमा गर्ने, त्यहाँका गाडीहरू मन्त्री र सचिवले चढ्ने, मिलेमतोमा भ्रष्टाचार गर्ने भएकैले ती बन्द भएका हुन्। त्यस्तै निजीकरण गरिएका उद्योगहरू किन चलेका छैनन् भन्ने खोजी गर्नुपर्छ र सरकारले अग्रसरता लिइ तिनको पुनः सञ्चालन गर्नु पर्छ। त्यसैले, यो कुरालाई युवा नेतृत्वले राम्रोसँग आत्मसात गरी आगामी प्रदेश तथा संघीय चुनावमा देशलाई संकटबाट जोगाउने वैकल्पिक विचार लिएर मैदानमा उत्रनुपर्छ।

नयाँ संविधानअन्तर्गत बनेका स्थानीय सरकारलाई स्वतन्त्र सार्वभौम सरकार जस्तो गरी कार्यकारी, विधायिकी र न्यायिक संरचनाको व्यवस्था गरी त्यही अनुरूपको अधिकार प्रदान गरीएको छ। त्यसको पूर्वाधार निर्माण गर्नमात्र करिब १२ खर्ब लाग्ने अनुमान गरिएको छ। तिनीहरूको संस्थागत विकास गर्ने, कर्मचारीको व्यवस्था मिलाउने, तालिम दिने जस्ता कुरा त छँदै छन्।

विगत ५ वर्षको अनुभव हेर्दा संघीय संरचनाबाट विकासको समानुपातिक वितरण हुन सकेको देखिएन। पहाडका खेतबारी बाँझो रहेका छन् भने प्रान्तीय र संघीय राजधानीमा जनसंख्याको चाप बढ्दो छ। विदेशबाट फर्केका युवाहरू आआफ्नो गांउमा फर्केर उद्यम गर्नुको साटो सहरी इलाकामा घर बनाउन आफ्नो बचत खर्च गरिरहेका छन्। परिणामस्वरूप खाद्यान्नमा समेत परनिर्भरता बढ्दो छ।

अर्कोतर्फ केन्द्रदेखि स्थानीय तहसम्मका तलवी नेताहरू, महँगा सवारीसाधन, सबैलाई निर्वाचन क्षेत्र विशेष कार्यक्रमको व्यवस्था हुँदा पनि त्यसले उत्पादन र रोजगारी बढाउन तात्विक परिर्वतन गरेको देखिएन। बरु संघीय र प्रदेश तहमा सत्ता र प्रतिपक्षको किचलो, सबैलाई समेट्न मन्त्रालयको भागबन्डा र साधन–स्रोतमा भ्रष्टाचारहरू भएको देखियो। आन्तरिक राजश्वले साधारण खर्च मात्र धान्ने अवस्थामा यसलाई नघटाइ मुलुकले आर्थिक उन्नति गर्न सक्दैन। मित्तव्ययी शासन संरचना, चुस्त प्रशासन र गुणस्तरीय सेवा प्रवाह गर्न अप्रिय निर्णय लिने अठोट आउनुपर्छ।

यो चुनावमा धेरै युवा मुलुकका लागि केही गरौँ भन्ने अठोट लिएर नेतृत्वमा आउन उत्सुक रहेका देखिन्छ। देशको उज्ज्वल भविष्यका लागि त्यो सकारात्मक पक्ष हो। तर त्यसका लागि मुलुकको वर्तमान अवस्थालाई राम्रोसँग आत्मसात गरी आगामी प्रदेश तथा संघीय चुनावमा देशलाई कसरी आत्मनिर्भर बनाउँदै समृद्धितर्फ लैजाने भन्ने वैकल्पिक विचार लिएर मैदानमा उत्रनुपर्छ।

लोकप्रिय
अर्को समाचार
गठबन्धन बलमा सुदूरपश्चिममा विरासत फर्काउने कांग्रेस दाउ
०५ भदौ २०७९
९ मिनेट पाठ
संग्रह
Email
ईमेल
गठबन्धन बलमा सुदूरपश्चिममा विरासत फर्काउने कांग्रेस दाउ

प्रजातन्त्रको पुनरोदयपछि कांग्रेसको गढ मानिएको सुदूरपश्चिममा पछिल्ला निर्वाचनमा स्थिति खस्कँदै गएका बेला गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनले भने अर्कै छाँटकाँट देखाएको छ। कांग्रेसका लागि स्थानीय निर्वाचनले सुदूरपश्चिममा गुमेको विरासत फर्किन सक्ने लक्षण देखिएको हो।  

स्थानीय निर्वाचनमा सुदूरपश्चिमका नौ जिल्लामध्ये बाजुराबाहेकमा जिल्ला समन्वय समितिको नेतृत्व हात पार्न कांग्रेस सफल भएको छ। कांग्रेसले सुदूपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ४० वटामा नेतृत्व (मेयर/अध्यक्ष) जितेको छ। यस्तै नेकपा एमालेले २६, नेकपा माओवादी केन्द्रले १४, नागरिक उन्मुक्ति पार्टीले ४, नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले २ र स्वतन्त्र उम्मेदवारले २ स्थानीय तहमा नेतृत्व पाएका छन्।

स्थानीय तहका ७ सय ३४ वडामध्ये कांग्रेसले ३ सय १३ वडामा अध्यक्ष जितेको छ। एमालेले २ सय ४६, माओवादी केन्द्रले १ सय १, नेकपा एसले २८, नागरिक उन्मुक्ति पार्टीले १४, राप्रपाले ५ र स्वतन्त्र उम्मेदवारले २३ वडामा अध्यक्ष जितेका छन्। वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये ९ वटामा कांग्रेस अगाडि छ। बाँकी ७ मध्ये ६ वटामा एमाले र १ वटामा नागरिक उन्मुक्ति पार्टी अघि छन् । ७ वटा निर्वाचन क्षेत्रमा कांग्रेस दोस्रो बनेको छ। प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा कांग्रेसकै अग्रता छ।

प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ सालमा भएको आम निर्वाचन सुदूरपश्चिमका १९ सिटमध्ये १८ वटामा कांग्रेस जितेको थियो। त्यसबेला दार्चुला–२ मा राप्रपा (थापा) का अकबर सिंहले जितेका थिए। मुलुकको पूर्वी भागमा एमालेले ‘क्लिन स्विप’ गरेको उक्त निर्वाचनमा सुदूरपश्चिम र मधेसमा कांग्रेसले जित निकालेको थियो। २०५१ सालको मध्यावधि निर्वाचनमा भने कांग्रेसलाई नराम्ररी धक्का लाग्यो। सुदूरपश्चिममा त्यसबेला कायम गरिएका १८ निर्वाचन क्षेत्रमध्ये डडेलधुराबाट शेरबहादुर देउवा, कैलाली–२ बाट रामजनम चौधरी, डोटीबाट सिद्धराज ओझा र भक्तबहादुर बलायर मात्र निर्वाचित भए। ११ वटा निर्वाचन क्षेत्रमा एमाले, २ वटामा राप्रपा र एउटामा स्वतन्त्र उम्मेदवारले जितेका थिए।

सुदूरपश्चिममा २०५६ सालको निर्वाचन कांग्रेसका लागि सुखद रह्यो। २०६४ सालको संविधानसभा निर्वाचनमा सुदूरपश्चिममा कांग्रेस तीन सिटमा खुम्चियो। कायम २१ निर्वाचन क्षेत्रमध्ये १५ वटामा माओवादी र तीनवटामा एमालेले जितेको थियो। २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस र एमालेले नौ/नौ निर्वाचन क्षेत्रमा, एकीकृत माओवादीले एक र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले दुईवटा निर्वाचन क्षेत्रमा जित निकालेका थिए।  

त्यसपछि २०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणाममा कांग्रेसका लागि निराशाजनक बन्यो। वाम गठबन्धनका कारण कांग्रेसले डडेलधुराबाट मात्र प्रतिनिधिसभामा जित्यो। प्रदेशसभाका ३२ सिटमध्ये ४ वटामा मात्र कांग्रेसले जित निकाल्यो। प्रतिनिधिसभामा राजपाबाट कैलाली–१ मा रेशम चौधरीले जिते। बाँकी १४ सिट वाम गठबन्धन (एमाले र माओवादी केन्द्र) का उम्मेदवारले जिते। त्यसमा एमालेले ११ र माओवादी केन्द्रले ३ सिट जितेका थिए। प्रदेशसभाका २७ सिटमा वाम गठबन्धन र एउटामा राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार विजयी भए।

गत वैशाख ३० को स्थानीय निर्वाचनले भने कांग्रेसका लागि सुखद संकेत गरेको छ। अहिले एमाले विभाजित छ। एमालेबाट फुटेर बनेको नेकपा एस कांग्रेससँगै सत्ता गठबन्धनमा छ। अघिल्लो निर्वाचनमा एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्र पनि अहिले सत्ता गठबन्धनमै छ। यही अवस्थालाई उपयोग गरेर कांग्रेस आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट सुदूरपश्चिममा पुरानो बिरासत फर्काउने दाउमा छ।  

सिट भागबण्डामा झमेला

कांग्रेसले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई सुदूरपश्चिममा गुमेको विरासत फर्काउने तयारी गरेको छ। प्रत्यक्षतर्फ बढीभन्दा बढी निर्वाचन क्षेत्रमा जित्ने रणनीति उसको छ। तर गठबन्धन दलभित्र सिट भागबण्डा कसरी गर्ने भन्ने विषय उसका लागि टाउको दुखाइ बनेको छ। सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ सिटमध्ये घटीमा ११ नछाड्ने कांग्रेसको अडान छ। यस्तै माओवादी केन्द्रले ६ र नेकपा एसले ४ सिट पाउनुपर्ने दाबी गरिरहेका छन्। माओवादी केन्द्रले कञ्चनपुर १, कैलालीको २ र ३, डोटी, अछाम २ र बैतडीमा दाबी गरेको छ। नेकपा एसको दाबी अछाम–१, बझाङ, डोटी र कैलाली–४ मा छ।

कस्तो बन्ला समीकरण  

वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा अछामका दुवै क्षेत्रमा कांग्रेस अगाडि छ। क्षेत्र नम्बर–१ मा कांग्रेसको १६ हजार ७ सय २८, एमालेको १६ हजार ५ सय ६७, माओवादी केन्द्रको ६ हजार ७ सय ९० र नेकपा एसको २ हजार ७ सय ५२ मत छ। यो एमाले नेता भीम रावलको क्षेत्र हो। यो क्षेत्रका सबै पालिकामा कांग्रेसले जितेको छ। यसकारण उसले प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्र आफूले पाउनुपर्ने दाबी गरेको हो। तर नेकपा एसले श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवरका लागि अछाम १ दाबी गरिरहेको छ। उनले २०६४ सालमा यही क्षेत्रबाट निर्वाचन जितेका थिए।

वडाध्यक्षले पाएको मतका आधारमा अछाम–२ मा कांग्रेसको १९ हजार ३ सय ३९, एमालेको १७ हजार ९ सय ८७, माओवादी केन्द्रको ६ हजार ४ सय ४१ र नेकपा एसको २ हजार १ सय ७५ मत छ। अछाम–२ मा माओवादी केन्द्रले दाबी गरिरहेको छ। तर आफूले अग्रता गरेको क्षेत्र भएकाले कांग्रेसको छाड्ने चाहना छैन। अछामका २ क्षेत्रमध्ये कम्तीमा एउटा नछाड्नेल मनस्थितिमा कांग्रेस रहेको स्रोत बताउँछ। बाजुरामा वडाध्यक्षले पाएको मतका आधारमा एमालेको २७ हजार ८ सय ४४, कांग्रेसको २४ हजार ३ सय ४, माओवादी केन्द्रको ४ हजार २ सय २९, नेकपा एसको १ हजार ६ सय ८९ मत छ। त्यहाँ गठबन्धनबाट कांग्रेस नै लड्ने देखिन्छ, अन्य दलले चाहना देखाएका छैनन्।

बझाङमा वडाध्यक्षले पाएको मतका आधारमा एमालेको २८ हजार ६ सय ११, कांग्रेसको २० हजार १ सय ६६, माओवादी केन्द्रको ९ हजार १ सय ४५ र नेकपा एसको ७ हजार ६ सय ३२ मत छ। बझाङबाट नेकपा एसले पुराना नेता भानुभक्त जैसीलाई उम्मेदवार बनाउन चाहेको छ।

सिट बाँडफाँटमा सबैभन्दा पेचिलो डोटी देखिएको छ।डोटीमा कांग्रेस एक्लै निर्वाचन जित्न सक्ने अवस्थामा देखिएको छ। वडाध्यक्षले पाएको मत हेर्दा डोटीमा कांग्रेसको ३४ हजार ४७, एमालेको २४ हजार ९ सय १६, माओवादी केन्द्रको ७ हजार ७ सय ८९ र नेकपा एसको ३ हजार २ सय ५ मत छ। डोटीबाट प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरले दाबी गरिहेका छन्। उनी २०७४ सालमा एमालेका प्रेमबहादुर आलेसँग पराजित भएका थिए। आले अहिले नेकपा एसमा छन्। डोटीबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका तर्फबाट त्रिलोचन भट्टको दाबी छ। यसरी ‘हाइप्रोफाइल’ को दाबीले डोटी निकै पेचिलो बनेको छ।

२०४८ सालदेखि डडेलधुराबाट निर्वाचन जित्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवा यसपटक झन् सुरक्षित देखिएका छन्। स्थानीय तह निर्वाचन परिणामका आधारमा डलेलधुरामा कांग्रेसको २१ हजार ७ सय ३५, माओवादी केन्द्रको १२ हजार ८ सय ७८, एमालेको १० हजार ४ सय ४९ र नेकपा एसको ५ हजार ४१ मत छ।

स्थानीय निर्वाचनमा दार्चुलाको नतिजा कांग्रेसका लागि बिर्सनलायक छ। गठबन्धन गर्दा पनि नौवटा तहमध्ये कतै पनि कांग्रेसले नेतृत्व लिन सकेन्। दार्चुलामा वडाध्यक्षले पाएको भोटका आधारमा एमालेको २९ हजार ३ सय ९७, कांग्रेसको २१ हजार ५ सय ५४, माओवादी केन्द्रको ७ हजार ८ सय ८१ मत छ। नेकपा एसको मत नगन्य छ। दार्चुलामा गठबन्धनबाट कांग्रेसबाहेक कसैले प्रतिनिधिसभा निर्वाचनमा दाबी गरेका छैनन्। गठबन्धन भए कांग्रेसबाट उद्योगमन्त्री दिलेन्द्र बडु निर्वाचन लड्न चाहन्छन्। स्थानीय निर्वाचन परिणामअनुसार बैतडीमा एमाले अगाडि छ। बैतडीमा वडाध्यक्षले पाएको भोटका आधारमा एमालेको ३५ हजार ४८, कांग्रेसको ३३ हजार ६ सय ८३, माओवादी केन्द्रको १४ हजार ९ सय ९८, नेकपा एसको ३ हजार १ सय ४० र राप्रपाको २ हजार ४ मत छ। प्रतिनिधिसभा निर्वाचनमा बैतडीमा सत्ता गठबन्धन दलका कांग्रेस र माओवादी केन्द्र दुवैको दाबी छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बीना मगरको निर्वाचन क्षेत्र कञ्चनपुर–१ हो। उनी त्यहाँबाट निर्वाचित सांसद हुन्। यो निर्वाचन क्षेत्रमा वडाध्यक्षले पाएको भोटका आधारमा एमालेको १८ हजार ७ सय ७३, कांग्रेसको १८ हजार ७ सय ३२, माओवादी केन्द्रको १५ हजार २ सय ८९, नेकपा एसको ३ हजार ५ सय २१ र राप्रपाको २ हजार ६ सय ९२ मत छ। यो क्षेत्रमा गठबन्धनबाट कांग्रेसको दाबी रहे पनि मगर नै उम्मेदवार बन्ने देखिन्छ।

कञ्चनपुरका बाँकी २ वटा निर्वाचन क्षेत्रमा कांग्रेसका प्रभावशाली नेताद्वय एनपी साउद र रमेश लेखक यसपटक ‘सुरक्षित’ जस्तै देखिएका छन्। साउद क्षेत्र नम्बर– २ र लेखक क्षेत्र नम्बर–३ बाट चुनाव लड्ने मनस्थितिमा छन्। वडाध्यक्षले पाएको मतका आधारमा क्षेत्र नम्बर–२ मा कांग्रेसको २२ हजार ३ सय ७९, एमालेको १८ हजार ८ सय २८, माओवादी केन्द्रको १२ हजार ५ सय ७२, नेकपा एसको ४ हजार १ सय ६१ र राप्रपाको ३ हजार ९ सय ५३ मत छ। त्यस्तै क्षेत्र नम्बर–३ मा कांग्रेसको २१ हजार ७ सय ७२, एमालेको १६ हजार १ सय १७, राप्रपाको ६ हजार ५ सय ३, माओवादी केन्द्रको ५ हजार ९ सय ८१ र नेकपा एसको ३ हजार १२ मत छ। कैलाली–१ बाट अघिल्लोपटक निर्वाचन जितेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी अहिले पनि अगाडि छ। वडाध्यक्षले पाएको मतका आधारमा यो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको १७ हजार १ सय ९३, कांग्रेसको ११ हजार ६ सय ७८, एमालेको १० हजार ३ सय २२, माओवादी केन्द्रको ६ हजार ९ सय ३०, राप्रपाको ३ हजार ५ सय ६१, जसपाको २ हजार ३ सय २ र नेकपा एसको २ हजार २ सय ३२ मत छ। यो क्षेत्रमा गठबन्धनका कांग्रेसबाहेक अरु दलले दाबी गरेका छैनन्।

कैलाली–२ मा वडाध्यक्षले पाएको मतका आधारमा एमाले १७ हजार ८ सय ३४ भोटसहित पहिलो स्थानमा छ। यो क्षेत्रमा कांग्रेसको १३ हजार ८ सय २०, माओवादी केन्द्रको ८ हजार ७ सय २४, नागरिक उन्मुक्ति पार्टीको ५ हजार २ सय ४३, राप्रपाको २ हजार ४ सय ७ र नेकपा एसको २ हजार ३ सय ६ मत छ। प्रतिनिधिासभा निर्वाचनमा यो क्षेत्रबाछट गठबन्धनका कांग्रेस र माओवादी केन्द्र दुवैको दाबी छ। यस्तै कैलाली–३ मा वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेस १९ हजार ९ सय ९२ भोटसहित अगाडि छ। यो क्षेत्रमा माओवादी केन्द्रको ११ हजार ७ सय १६, एमालेको ११ हजार २ सय ५७, राप्रपाको ६ हजार ६ सय ९९, नागरिक उन्मुक्ति पार्टीको ५ हजार २ सय ४७, जसपाको २ हजार ८ सय ५९ र नेकपा एसको १ हजार ९ सय ७८ मत छ। यो क्षेत्रबाट २०७४ मा माओवादी केन्द्रका गौरीशंकर चौधरीले जितेकाले यसपटक पनि माओवादी केन्द्रको दाबी छ। चौधरी भने एमालेमा गइसकेका छन्। यो क्षेत्रमा कांग्रेसको पनि दाबी छ। कैलाली–४ मा वडाध्यक्षले पाएको भोटका आधारमा कांग्रेसको २२ हजार ९ सय ९७, एमालेको २ हजार ८१, माओवादी केन्द्रको १० हजार १ सय २३, नेकपा एसको ४ हजार २९ र राप्रपाको ३ हजार २ सय ३४ मत छ। यो क्षेत्रमा पनि गठबन्धनबाट कांग्रेस र नेकपा एसको दाबी छ।  

कैलाली–५ मा प्रधानमन्त्री देउवापत्नी डा. आरजु राणा देउवा अघिल्लोपटक एमालेका नारदमुनी रानासँग पराजित भएकी थिइन्। मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट फेरि आरजु लड्ने तयारी छ। यो क्षेत्रमा वडाध्यक्षले पाएको भोटका आधारमा कांग्रेसको २२ हजार ७ सय ७९, एमालेको १७ हजार ४ सय २०, माओवादी केन्द्रको ८ हजार १ सय ७५, नेकपा एसको २ हजार ९, राप्रपाको १ हजार ७ सय ९७ मत छ।

‘बहुमत ल्याउनेगरी निर्वाचनमा जान्छौं’

सुदूरपश्चिममा बहुमत ल्याउनेगरी कांग्रेस निर्वाचनमा जाने प्रदेश सभापति बलायर बताउँछन्। जनता कांग्रेसका पक्षमा देखिएकाले निर्वाचनमा पार्टीले सक्षम र लोकप्रिय उम्मेदवार अघि सार्ने उनले बताए। ‘सुदूरपश्चिमका बहुमत जनताले कांग्रेस चाहेका छन्। यसकारण जनतालाई निराश बनाउन मिल्दैन,’ उनले भने, ‘गठबन्धन हुँदा पनि बहुमत ल्याउनेगरी कांग्रेस चुनावमा जान्छ।’ भागबण्डा पार्टीभन्दा जित्न सक्नेलाई हेरेर हुनुपर्ने उनले बताए। उनले भने, ‘एमालेविरुद्ध गठबन्धन भनिएको छ, फेरि पनि एमालेले नै जित्ने अवस्था आउन दिनु हुँदैन। जसले जहाँ जित्नसक्छ, उसैले लड्छ ।’

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
कांग्रेस न एमाले!
कांग्रेस न एमाले! ११ जेष्ठ २०७९ ९ मिनेट पाठ
वीरगन्जमा कस्सिँदै सत्ता गठबन्धन २५ वैशाख २०७९ ४ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस