शेरा दरबार: १६३ रोपनी सरकारका नाममा ल्याउन सिआइबीको सिफारिस
१३ पौष २०८१
९ मिनेट पाठ
संग्रह
Email
ईमेल
शेरा दरबार: १६३ रोपनी सरकारका नाममा ल्याउन सिआइबीको सिफारिस
शेरा दरबार

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबारले चर्चेको १८४ रोपनीमध्ये १६३ रोपनी जग्गा जफत गर्न सरकारसमक्ष सिफारिस गरेको छ।

पृथ्वीनारायण शाहको शीतकालीन दरबारका रूपमा रहेको शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरी सरकारका नाममा ल्याउन ब्युरोले शुक्रबार अनुसन्धान प्रतिवेदनसहित भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरेको हो।

ब्युरोले नेकपा माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको उक्त जग्गा सरकारका नाममा ल्याउनुपर्ने निष्कर्षसहित प्रतिवेदन बुझाएको छ। ‘हाम्रो अनुसन्धानबाट १६३ रोपनी जग्गा सरकारको हुने ठहर्छ,’ सिआइबीका प्रमुख एआइजी दीपक थापाले भने।

सिआइबीले थप अनुसन्धान गर्न र सरकारी जग्गा हिनामिनामा संलग्न कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गरेको छ। ‘अनुसन्धान प्रतिवेदन र सिफारिस मन्त्रालयलाई बुझाइसकिएको छ। यसमा संलग्नमाथि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाईसमेत लेखी पठाइएको छु,’ एआइजी थापाले भने।

शेरा दरबारले चर्चेको हदबन्दी लागेको जग्गा नेपाल सरकारका नाममा आउनुपर्नेमा २०३५ सालदेखि कृषि फार्मिङका नाममा दर्ता गरेर त्यसलाई निजीकरणमा लगेको पाइएपछि सिआइबीले अनुसन्धान गरेको हो। शेरा दरबारले चर्चेको जग्गा व्यक्तिका नाममा बनाइएको भन्दै नागरिक दैनिकले समाचार प्रकाशन गर्दै आइरहेको छ।

शेरा दरबारसँग सम्बन्धित कागजात।
करिब १८४ रोपनी क्षेत्रफल रहेको उक्त जग्गा समथर भूभाग र आम्दानीयोग्य भएकाले त्यसको मूल्य हाल एक अर्ब रुपैयाँभन्दा बढी पर्छ। त्यसलाई नेपाल सरकारमातहत ल्याउन कतैबाट पहल नभएको अवस्थामा नेकपा माओवादीका केन्द्रीय सदस्य विकेश श्रेष्ठले २०६७ सालदेखि आफ्नो स्वामित्व लिएका छन्। तर औपचारिक रूपमा भने त्यो जग्गामा उनको प्रवेश २०७३ सालमा मात्रै भएको पाइन्छ।

उक्त जग्गा अहिले हदबन्दीका कारण रोक्का राखिएको छ। अन्नपूर्ण फार्मिङका सञ्चालक रहेका श्रेष्ठ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिव पनि थिए। तर दाहालको पारिवारिक नाता सम्बन्धमा भने नपर्ने उनका छोरा तथा अन्नपूर्ण फार्मिङका कार्यकारी प्रबन्ध निर्देशक मनोबल श्रेष्ठले बताएका छन्। उनले अन्नपूर्ण फार्मिङबारे प्रकाशित समाचारमा सत्यता नभएको पनि जनाएका छन्।

विदुर नगरपालिका–२ शेरास्थित उक्त दरबार शेरा (रानी) नामले चिनिन्छ। २०३५ सालमा नापी हुँदा दरबार र आसपासका सरकारी जग्गा गौरीशंकर कृषि फार्मिङ प्रालिको नाममा दर्ता कायम देखिन्छ। त्यतिबेला त्यसको व्यावसायिक कारोबार भइरहेको पाइएको छ।

शेरा दरबार २००० सालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले पुनर्निर्माण गर्न लगाएका थिए। उक्त दरबार प्रजातन्त्र स्थापनापछि सरकारले नै प्राप्त गरेको थियो। तत्कालीन राजा महेन्द्रका भाइ बसुन्धराकी पत्नी हेलेन शाह (जुद्ध शमशेरकी नातिनी) ले भोगचलन गर्दै आइरहेकामा २०३५ सालमा सरकारले खटाएको नापी टोलीबाट दरबारसहित आसपासको सरकारी जग्गासमेत नापी किताबमा उल्लेख गरी गौरीशंकर फार्मिङ प्रालिका नाममा कायम भएको ‘जग्गा दर्ता स्रेस्ता’ किताबमा उल्लेख गरिएको छ। सो दरबारले चर्चेको र आसपासको बगैंचासहितको ७५ रोपनी जग्गा सरकारी कायम रहेको थियो।

सबै जग्गासमेत गरेर १६४ रोपनी १३ आना ३ पैसा १ दाम क्षेत्रफल रहेको (आलिकान्लासहित १७५ रोपनी ८ आना २ दाम र आसपासको गरी अर्को ९ रोपनी गरी हाल १८४ रोपनी) जग्गा २०३५ सालमा नापी हुँदा गौरीशंकर फार्मिङ प्रालिको नाममा कायम थियो।

शेरा दरबारसँग सम्बन्धित कागजात।
सोही जग्गाको दर्ता स्रेस्तामा २०४४ असार ११ को निर्णयअनुसार सो प्रालिको सट्टा अन्नपूर्ण फार्मिङ प्रालिमा कायम गरेको भनेर २०४४ असार १८ को मिति उल्लेख गरिएको छ। अन्नपूर्ण फार्मिङ प्रालिको नाममा विदुर नगरपालिका वडा नं. २ स्थित कित्ता नम्बर ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ कायम भएको खरिदबिक्री भएको मालपोत कार्यालयबाट प्राप्त कागाजातमा देखिन्छ।

दरबारसहित अन्नपूर्ण फार्मिङको नाममा बनाइएको जग्गा आवादी ३ कित्ता मात्र छ भने प्रति (सरकार) जग्गा ५ कित्ता, ३ कित्ता जग्गामा पोखरी, १ कित्ता जग्गामा केरा खेती र १ कित्तामा बगैंचा रहेको जग्गाधनी स्रेस्ता किताबमा उल्लेख छ। प्रति, पोखरी, केरा र बगैंचा भएको जग्गा स्वतः सरकारी जग्गा हुने भए पनि फार्मिङ प्रालिका नाममा नापी गरेर राज्यको सम्पत्ति दुरूपयोग गरिएको हो।

त्यसैगरी रानीको दरबारले चर्चेको कित्ता नम्बर ७९, ८० र ८१ (८१ नं. को कित्ता टुक्राएर हाल १७५२ र १७५३ बनाइएको छ।) को करिब २० रोपनी जग्गा भने हेलेन शाहबाट बट्टार निवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत (चित्रकार) का (संयुक्त) नाममा बिक्री गरेको पाइएको छ। ती जग्गाधनीले ८१ नं. कित्ता टुक्राएर तादी गाउँपालिका नर्जामण्डप निवासी हाल काठमाडौं बस्ने वसन्तबहादुर बस्नेतलाई २०८० माघ १५ गते ९ आना पाँच लाख रूपैयाँमा बिक्री गरेको पाइएको छ।

बसन्तबहादुर वर्षा बस्नेतका दाजु हुन्। ८१ नं को कित्ताबाटै टुक्राएर बाँकी रहेको ६ रोपनी जग्गा रजनी श्रेष्ठ र वर्षा बस्नेत (चित्रकार) को सयुक्त नाममा किता नं. १७५३ बनाएर राखिएको छ। त्यो जग्गा खरिद गर्ने वसन्तबहादुर बस्नेत भन्ने व्यक्ति कानुन व्यावसायी हुन्। उनले आफूलाई नेकपा एकीकृत समाजवादीका जिल्ला नेताको रूपमा चिनाउने गरेका छन्।

कित्ता नं. ७९, ८० र ८१ को जग्गामा हेलेन शाहले बस्न बनाएको सुविधासम्पन्न आवासीय १० कोठाको एकतले संरचना, दरबार सुरक्षार्थ नेपाली सेना बस्न २०२८ सालमा बनाएको सैनिक आवास ब्यारेकका पाँच कोठा, गाडी राख्न बनाएको ग्यारेज छ। ती संरचना केही प्रयोगमा रहे पनि केही जीर्ण छन्। शेरा दरबारमा २०५९ पुस १२ गते तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताले आगो लगाइदिएर क्षति पुर्‍याएका थिए। माओवादीले दरबारमा आगो लगाउने समयमा दरबारको रेखदेख स्थानीय ज्ञानकुमार डंगोलको परिवारले गर्थ्याे।

दरबारसँग जोडिएका केही तथ्य

नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले नुवाकोटमा साततले दरबार निर्माणपछि ग्रीष्मकालीन दरबारका रूपमा शेरा दरबार बनाएका थिए। गर्मीको समयमा रानी बस्ने गरेकाले शेरा दरबारलाई रानीको दरबार पनि भनेर चिनिन्थ्यो। जीर्ण बनेको उक्त दरबारलाई पछि जुद्ध शममशेरले पुनर्निर्माण गर्न लगाएका थिए।

दरबारले चर्चेको जग्गा १८४ रोपनी थियो। तर नापजाँचमा आलिकान्ला कटाएर १७५–८–०–२ क्षेत्रफल देखिएको उक्त जग्गा २०४९ सालमा (दरबार क्षति हुनुपूर्व चालु अवस्थामा रहदाँ) छाउनी, काठमाडौं निवासी बाघबहादुर श्रेष्ठले अन्नपूर्ण कृषि फार्मिङ प्रालिसँग खरिद गरेका थिए। त्यसपछि उक्त दरबारसहित जग्गाको भोगचलन बाघबहादुरका छोरा केदार श्रेष्ठ र ज्वाइँ नरेन्द्र प्रधानले गरेका थिए। उनीहरूले नै उक्त दरबार हेरचाह र आसपासको जग्गामा खेतीकिसानी गर्न हेरालु राखेको, उत्पादित कृषि उब्जनी काठमाडौं ल्याउने गरेको स्थानीय बासिन्दाले बताए।

दरबारमा माओवादीले आगो लगाउँदा विदुर–२ निवासी ज्ञानकुमार डंगोलको परिवारले रेखदेख गथ्र्यो। आगोले सबै सम्पत्ति जलेपछि उनीहरू बट्टार विस्थापित भएका थिए। त्यसपछि दरबारको भग्न बनेको र आसपासको जग्गासमेत बाँझो छ। शेरा दरबार र त्यसले चर्चेको १८४ रोपानी जग्गा रहेको र करिब २० रोपनी हेलेन शाहले थपेकी थिइन्। सोही थप गरेको स्थानमा सुविधासम्पन्न आवास (कुटी) सैनिक ब्यारेकलगायतका संरचना बनाइएको थियो। कित्ता नं. ७९, ८० र ८१ को करिब २० रोपनी जग्गा २०५३ पुस ७ मा हेलेन शाहबाट केदारनाथ श्रेष्ठलाई बिक्री गरेको, २०७६ असोज २९ मा केदारले बट्टार निवासी रजनी श्रेष्ठ, शिला श्रेष्ठ र वर्षा बस्नेतलाई विक्री गरेको र पछि शिला श्रेष्ठले उनीहरूलाई जग्गा दिएर आफू अलग भएको मालपोत कार्यालयको तथ्यांमा पाइएको छ।

२०६९ सालतिर अन्नपूर्ण प्रालिलाई विकेश श्रेष्ठसहितले खरिद गरेपछि उनीहरू जग्गा संरक्षकको रूपमा देखापरेका थिए। तर श्रेष्ठ ४ वर्षपछि मात्रै कानुनी रूपमा प्रालिको सेयर सदस्य भएको देखिएको छ।

शेरा दरबार र उक्त स्थानमा पर्ने कित्ता नं ७९, ८० र ८१ मा कायम रहेको २० रोपनी जग्गा खरिद गर्ने रजनी श्रेष्ठका पति धुव्र श्रेष्ठको पनि अन्नपूर्ण फार्मिङ प्रालिमा सेयर रहेको भए पनि अहिले त्यो विकेश श्रेष्ठ, अजयकुमार सूर्यवंशी र मनोबल श्रेष्ठ तीनजनाको नाममा मात्रै छ।

यसरी श्रेष्ठको नाममा पुग्यो

२०५२ सालमा हेलेन शाह र जयन्ती शाहको नाममा रहेको सम्पूर्ण सेयर नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ, सोहीनी श्रेष्ठको नाममा हस्तान्तरण भयो। त्यसपछि २०७३ असार ३ मा सेयर दाखिला खारेजीको निणर्यले विकेश श्रेष्ठको ५ लाख ६७ हजार ५ सय कित्ता सेयर पाँच करोड ६७ लाख ५० हजार रूपैयाँमा किनबेच भएको देखिन्छ।

त्यसैगरी अजयकुमार सूर्यवंशीका नाममा अर्को सेयर रहेको छ। उनको ४ लाख ६० हजार ४१० कित्ता सेयर चार करोड ६० लाख ४१ हजार रूपैयाँमा किनबेच भएको देखिन्छ। त्यसैगरी नुवाकोट बिदुर नगरपालिका वडा नं.४ बस्ने ध्रुवलाल श्रेष्ठको सेयर कित्ता संख्या ४५ हजार ४५ लाख रूपैयाँमा किनबेच भएको देखिन्छ।

यसैगरी काठमाडौं नागार्जुन नगरपालिका वडा नं. ७ बस्ने सुमन पारिकको सेयर कित्ता संख्या ४५ हजारको मूल्य ४५ लाखसमेत गरी ४ जनाको नाममा एघार करोड सत्र लाख, एकानब्बे हजारको सेयर खरिद बिक्री भई जग्गा कम्पनीको नाममा लगेको देखिएको छ। २०८० मंसिर १० गतेसम्म उनीहरूमध्ये विकेश श्रेष्ठ र अजयकुमार सूर्यवंशी यथावत रही विकेश श्रेष्ठका छोरा मनोबल श्रेष्ठ नयाँ सेयरधनीका रूपमा ल्याइएको थियो।

कम्पनीको बदनाम भयो: श्रेष्ठ

शेरा दरबार र त्यसले चर्चेको जग्गा निजी कम्पनीका नाममा गएको र त्यसमा माओवादीका नेताहरू संलग्न हुँदै आएको भन्ने समाचारप्रति अन्नपूर्ण फार्मिङ कम्पनीले आपत्ति प्रकट गरेको छ। फार्मिङका कार्यकारी प्रबन्ध निर्देशक मनोबल श्रेष्ठले विज्ञप्ति जारी गरी नुवाकोट जिल्लाको विदुर नगरपालिका–२ स्थित अन्नपूर्ण फार्मिङ कम्पनि प्रालिबारेमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन्।

उनले समाचारमा उल्लेख भएका विषयवस्तु सत्यतथ्यमा आधारित नभएको पनि जनाएका छन्। ‘यस कम्पनीको वास्तविकता र अवस्थाबारे जनतालाई सुसूचित गर्ने नभई कृषि, उद्यमीहरूको लगानी र व्यक्तित्वलाई क्षति पु¥याउने र समुदायमा भ्रम छर्नेगरी यसप्रकारको भ्रामक प्रायोजित समाचारले हामी र हाम्रो कम्पनीलाई बदनाम गर्नेगरी आएको छ।

अन्नपूर्ण फार्मिङ कम्पनी प्रालि स्थापना भएदेखि फार्मिङ–उद्योग–व्यवसाय सञ्चालन गर्दा अनेकौं कठिनाइ र समस्या झेल्दै कृषि उत्पादन र स्थानीय रोजगार उपलब्ध गराउँदै कम्पनी ऐन र नियमअनुरूप प्राइभेट कम्पनी लिमिटेडको रूपमा कृषि उद्यम व्यवसाय सञ्चालन गर्दै आएको पनि स्पष्ट पार्न चाहान्छौं। यस कम्पनीले नुवाकोटको आर्थिक विकासलाई टेवा पु¥याउने गरी कृषि–पर्यटन र खेल विकासका पूर्वाधार निर्माण गर्ने कार्यक्रम रहेको पनि जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ। उनले नागरिकसँगको कुराकानीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो पारिवारिक नातासम्बन्ध नपर्ने पनि बताए।

अर्को समाचार
शेरा दरबारको जग्गा फर्काउन किन ढिलाइ?
१७ वैशाख २०८२
७ मिनेट पाठ
संग्रह
Email
ईमेल
शेरा दरबारको जग्गा फर्काउन किन ढिलाइ?

नुवाकोटस्थित ऐतिहासिक शेरा दरबार क्षेत्रको एक सय ६४ रोपनी जग्गा सरकारमातहत ल्याउन आलटाल गरिएको छ। दुई मालपोत अधिकृत फेरिँदा पनि सो जग्गा सरकारको नाममा फिर्ता आउन सकेको छैन। राजनीतिक दबाबका कारण त्यो जग्गा फिर्ता ल्याउने प्रक्रियामै अवरोध आएको छ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयद्वारा खटाइएका कर्मचारीले सो जग्गा सरकारीकरण गर्न आलटाल गरिरहेका छन्। खासगरी जग्गा भोगचलन गरिरहेको पक्ष अन्नपूर्ण फार्मिङबाट जग्गा फिर्ता ल्याउनमा भूमि व्यवस्था मन्त्रालय उदासीन देखिएको छ।

ऐतिहासिक शेरा दरबार र त्यसले चर्चेको एक सय ६४ रोपनी जग्गा सरकारका नाममा फिर्ता ल्याउने क्रममा अन्नपूर्ण फार्मिङलाई सात दिने म्याद जारी गरिएको दुई महिना बितिसकेको छ। फार्मिङका तर्फबाट समयमै जवाफ फर्काएको थियो। तर मालपोत अधिकृतले आफ्नो कानुनी दायरा पूरा गर्न सकिरहेका छैनन्।

नुवाकोट मालपोत कार्यालयले अन्नपूर्ण फार्मिङका सञ्चालक विकेश श्रेष्ठलाई सरकारका नाममा हुनुपर्ने जग्गा के–कति कारणले फार्मिङको नाममा गएको हो र कसरी भोगचलन गरिएको हो भन्दै भूमिसुधारसम्बन्धी संक्षिप्त कार्यविधिअनुसार सात दिनको म्याद दिएपछि श्रेष्ठले जवाफसमेत दिइसकेका छन्। तर सरकारले एक सय ६४ रोपनी जग्गा फिर्ता ल्याउन चासो देखाएको छैन। ‘हामीले प्रक्रिया सुरु गरेका छाैं। यसका लागि केही समय लाग्छ। यसका आफ्नै विधि र कानुन छन्। मालपोत कार्यालयले काम गरिरहेको छ,’ नुवाकोट मालपोत अधिकृत देवीबहादुर भण्डारीले भने।

शेरा दरबारको जग्गा कम्पनीका नाममा गएको समाचार पहिलो पटक नागरिक दैनिकले २०८१ पुस ९ गते प्रकाशित गरेको थियो। यसपछि सरकारले सो जग्गा फिर्ता ल्याउने प्रतिबद्धता गर्दै आएको छ। जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढाउनकै लागि भूमि व्यवस्था मन्त्रालयले दुई जना मालपोत अधिकृतलाई खटाएको थियो। भण्डारीभन्दा अघि गएका मीनबहादुर भट्टराईले आफूलाई सुरक्षा थ्रेट भएको भन्दै सरुवा मागेर हिँडेका थिए। त्यसपछि उनका ठाउँमा मन्त्रालयले भण्डारीलाई पठाएको हो। भण्डारीले जसोतसो प्रक्रिया त अघि बढाए तर आफू असुरक्षित भएको जानकारी मन्त्रालयलाई गराइसकेका छन्।

भण्डारीले पनि अन्नपूर्ण फार्मिङलाई १८ दिनमा हाजिर हुन आउने समय दिएका थिए। फार्मिङले तोकिएकै अवधिभित्र हाजिर पनि जनायो। त्यसपछि कुनै पनि प्रक्रिया अघि बढाइएको छैन। ‘जग्गा फिर्ता नगराउन मालपोत अधिकृतदेखि सबै तहका कर्मचारीलाई धम्की दिने गरिन्छ।

मालपोत अधिकृतलाई झन् ठुलो धम्की दिने गरिएको छ। त्यसकारण अहिले जग्गा फिर्ताको प्रक्रिया अघि बढ्ने अवस्था छैन,’ नुवाकोट मालपोत कार्यालयका एक कर्मचारीले भने।

नुवाकोटस्थित शेरा दरबारले चर्चेको एक सय ६४ रोपनी जग्गा सरकारका नाममा ल्याउन प्रक्रिया थाल्न लामो समय लागेको छ। सरकारका नाममा जग्गा ल्याउन नदिने राजनीतिक दबाबका कारण कर्मचारीहरूलाई काम गर्ने वातावरणसमेत तयार नहुँदा मालपोत अधिकृतको सरुवासमेत भएको थियो। ‘अघिल्लो मालपोत अधिकृतलाई सो जग्गा सरकारका नाममा ल्याउन नदिन सक्रिय तत्त्वहरूले राजनीतिक दबाब दिएका थिए। अहिले पनि चर्को दबाब परिरहेको नुवाकोट मालपोत कार्यालयका ती अधिकारीले भने।

सरकारले सो जग्गा फिर्ता ल्याउन मालपोत कार्यालयलाई जिम्मा दिएको छ। नेकपा माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल दाहालका पूर्वस्वकीय सचिवसमेत रहेका विकेश श्रेष्ठले अन्नपूर्ण फार्मिङ कृषि प्रयोजनका लागि भन्दै सो जग्गा आफ्नो नाममा बनाएका छन्। जो जग्गा प्रकरणमा दाहाल परिवारको संलग्नता रहेको चर्चासमेत चलेको थियो। आफ्नो कुनै संलग्नता नरहेको भन्दै दाहालले स्पष्टीकरणसमेत दिइसकेका छन्। उनले सो जग्गा राज्यका नाममा फिर्ता ल्याउन सहयोग गर्ने जनाएका थिए। अहिले माओवादी केन्द्रकै नेतृत्व तहबाट कर्मचारीलाई धम्काउन थालिएको ती कर्मचारीको दाबी छ।

शेरा दरबारले चर्चेको एक सय ६४ रोपनी जग्गाको विषयमा राजनीतिक रूपमा समेत तरंगित हुन थालेको छ। सो जग्गाको किनबेच गर्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालको समेत नाम चर्चामा आएको छ। पछिल्लो पटक २०७९ पुसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सो जग्गाको अनुसन्धान गर्ने क्रममा तत्काली प्रधानमन्त्री दाहालले नै रोकेका थिए।

राष्ट्रवादी युवा समूहका नामबाट सिआइबीले उजुरी लिएर अनुसन्धान थालेको थियो। सो अनुसन्धानपछि सिआइबीले एक सय ६४ रोपनी जग्गा सरकारका नाममा ल्याउन सिफारिस गरेको छ भने सो जग्गा कम्पनीका नाममा पठाउने र किनबेच गराउने समूहको थप अनुसन्धानका लागि प्रक्रिया पनि अघि बढाएको छ। सरकारले सिआइबीको अनुसन्धानलाई समेत बेवास्ता गरेको छ।

तर सो जग्गालाई राज्यका नाममा ल्याउने क्रममा यसअघिका मालपोत अधिकृतलाई अनुसन्धान नगर्न दबाब दिएपछि उनी सरुवा मागेर हिँडेका थिए। शेरा दरबारको जग्गा फिर्ता ल्याउने विषयमा मालपोत कार्यालयका कर्मचारीहरू बोल्न चाहन्नन्। ‘यो जग्गा सरकारका नाममा ल्याउन कर्मचारी तहबाट कठिन बनाइएको अवस्था छ। कर्मचारीलाई काम गर्ने वातावरण नै छैन,’ नुवाकोट मालपोत कार्यालयका एक अधिकृतले भने।

सुरु नापीमै कैफियत गरी सरकारी जग्गा अन्नपूर्ण फार्मिङका नाममा लगिएको थियो। सुरुमा सो जग्गा गौरीशंकर फार्मिङका नाममा दर्ता भएको र पछि नामसारी गरी अन्नपूर्ण फार्मिङका नाममा आएको स्रोतको दाबी छ।

२०३५ फागुन १२ गते शेरा दरबार र त्यसले चर्चेको कित्ता नं. ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ गरी १३ कित्ता जग्गा गौरीशंकर फार्मिङका नाममा नापी भएको थियो। सो जग्गा भूमिसुधार ऐन लागु भएपछि हदबन्दीको व्यवस्था हुनुअघि शेरा दरबार र त्यसले चर्चेको जग्गा तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहका भाइ अधिराजकुमार बसुन्धराकी पत्नी हेलेन शाह र विजयाराज्यलक्ष्मी शाहको अंशमा पर्न गएको थियो।

त्यसपछि हदबन्दीका कारण सो जग्गा व्यक्तिका नाममा नापी हुन नसकेर गौरीशंकर फर्मिङका नाममा गराइएको थियो। सो फार्मिङ २०२७ सालमा स्थापना भएको थियो। त्यसपछि २०५२ सालमा सो जग्गा अन्नपूर्ण फार्मिङका नाममा आएको थियो। त्यतिबेला अन्नपूर्ण फार्मिङका सञ्चालकहरू नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ, सोहिनी श्रेष्ठसहित चारजनाका नाममा सेयर हस्तान्तरण भएको थियो। सोही फार्मिङमा २०७३ सालमा विकेश श्रेष्ठ सेयर सदस्य भएका थिए।

२०५२ सालमा हेलेन शाह र जयन्ती शाहका नाममा रहेको उक्त कम्पनीको सम्पूर्ण सेयर नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ र साहिनी श्रेष्ठ गरी चारजनाका नाममा हस्तान्तरण भएको थियो। त्यसपछि २०७३ असार ३ मा सेयर दाखिला खारेजीको निर्णयले विकेश श्रेष्ठको नाममा पाँच लाख ६७ हजार पाँच सय कित्ता सेयर पाँच करोड ६७ लाख ५० हजार रूपैयाँमा किनबेच भएको देखिन्छ।

त्यसैगरी अजयकुमार सूर्यवंशीका नाममा पनि सेयर रहेको छ। उनका नाममा चार लाख ६० हजार चार सय १० कित्ता सेयर चार करोड ६० लाख ४१ हजार रूपैयाँमा किनबेच भएको देखिन्छ। त्यसैगरी नुवाकोट विदुर नगरपालिका–४ बस्ने ध्रुवलाल श्रेष्ठका नाममा सेयर कित्ता संख्या ४५ हजार ४५ लाख रूपैयाँमा किनबेच भएको देखिन्छ।

यसैगरी काठमाडौं नागार्जुन नगरपालिका–७ बस्ने सुमन पारिकका नाममा सेयर कित्ता संख्या ४५ हजार ४५ लाख रूपैयाँमा किनबेच भएको देखिन्छ। यी चारजनाको नाममा ११ करोड १७ लाख ९१ हजार सेयर खरिदबिक्री भई जग्गा कम्पनीका नाममा लगेको देखिएको छ। २०८० मंसिर १० गतेसम्म उनीहरूमध्ये विकेश र अजय यथावत् रही विकेशका छोरा मनोबल श्रेष्ठका नाममा ९० लाख रूपैयाँमा ९० लाख सेयर कित्ता बनाएर उनलाई नयाँ सेयरधनी बनाइएको थियो। हाल यसका सेयरधनी तीन जना मात्र छन्।

२०२१ सालमा भूमिसुधार ऐन आएपछि हदबन्दीका कारण व्यक्तिका नाममा नापी हुन नसकेपछि सो जग्गालाई गौरीशंकर फार्मिङको नाममा नापी गराइएको थियो। सुरुमै सरकारको नाममा रहेको जग्गा किन गौरीशंकर वा अन्नपूर्ण फार्मिङका नाममा पुग्यो भन्नेबारे भूमि व्यवस्था मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले खोतलेको थियो।

शेरा दरबारको जग्गा गौरीशंकर फार्मिङका नाममा नापी भए पनि त्यसको सञ्चालक र सेयरधनी हेलेन शाह र विजया राज्यलक्ष्मी शाह नै थिए। २०२७ फागुन २८ मा स्थापित गौरीशंकर फार्मिङ नामक संस्था २०३६ असार १ को निर्णयपछि अन्नपूर्ण फार्मिङमा परिणत भएको देखिन्छ। २०४४ असार ११ गतेको तोक आदेशले मालपोत कार्यालयको स्रेस्तामा गौरीशंकरलाई काटेर अन्नपूर्ण फार्मिङ उल्लेख गरिएको थियो। २०५२ सालसम्म विजयाराज्यलक्ष्मी शाहको नाममा रहेको उक्त कम्पनीको सेयर जयन्ती शाहका नाममा गएको देखिन्छ।

सरकारले शेरा दरबारको जग्गा कम्पनी र व्यक्तिका नाममा गएको पाइएपछि अनुसन्धान सुरु गरेको थियो। सिआइबीले थप अनुसन्धान प्रक्रियाका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गसिसकेको छ। त्यतिबेला सिआइबी प्रमुख रहेका र हालका प्रहरी महानिरीक्षक दीपक थापाका अनुसार मालपोत अधिकृत, भूमिसुधार विभाग र तत्कालीन समयमा मन्त्रालयमा कार्यरत कर्मचारीको संलग्नताबारे थप अनुसन्धान गर्न अख्तियारलाई पत्राचार गरिएको जानकारी दिए।  

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ८ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस