नमुना विद्यालयका नाममा २५ अर्ब स्वाहा
०९ असोज २०८१
७ मिनेट पाठ
संग्रह
Email
ईमेल
नमुना विद्यालयका नाममा २५ अर्ब स्वाहा

सरकारले विद्यालय तहमा शैक्षिक उपलब्धिको स्तरवृद्धि गर्ने लक्ष्यसहित सात वर्षअघि नमुना विद्यालय स्थापना गर्ने कार्यक्रम तय गर्‍यो। जसअनुसार हालसम्म चार सय २२ विद्यालय नमुना बनाइएका छन्। त्यसका लागि राज्यले २५ अर्ब ३२ करोड रकम खर्च गरिसकेको छ। तर उद्देश्य र खर्चअनुसारको शैक्षिक उपलब्धि भने अझै हासिल हुन सकेको छैन। यति मात्र होइन, देशमा सञ्चालन भएका विद्यालयमध्ये राम्रालाई नमुना छानेर त्यस्ता विद्यालयमा रकम खन्याएर दलका कार्यकर्ताको खल्ती भर्ने काम मात्र भएको शिक्षाविद्हरूको विश्लेषण छ।

राज्यले विद्यालय शिक्षामा बालबालिकाको कक्षाकोठाको सिकाइ उपलब्धिको स्तर अभिवृद्धि गर्ने मुख्य लक्ष्यसहित नमुना विद्यालय कार्यक्रम तय गरे पनि नेताको पहुँचका रहेका विद्यालयलाई धमाधम नमुना घोषणा गर्ने र त्यसमार्फत रकम दलका कार्यकर्ताको खल्ती भर्ने भइरहेको बताइन्छ। नमुनाको नाममा वार्षिक करोडौं रकम खर्च गरेका विद्यालयहरूको कार्यक्रमको प्रभावकारिताबारे कुनै अध्ययन–अनुसन्धान हुन नसकेका कारण नमुना विद्यालय कार्यक्रम खासै उपलब्धिमूलक हुन नसकेको विज्ञहरूको विश्लेषण छ।

नमुना भन्दै वार्षिक करोडौं रकम खर्च गरिएका विद्यालयहरूको कार्यक्रमको प्रभावकारिताबारे कुनै अध्ययन–अनुसन्धान हुन नसकेका कारण कार्यक्रम खासै उपलब्धिमूलक हुन नसकेको नमुना घोषणा भएका विद्यालयका प्रधानाध्यापकहरूकै विश्लेषण छ। विश्वबैंकको दबाबमा हचुवाका भरमा ल्याएको नमुना विद्यालय कार्यक्रम चलेका विद्यालयहरूको अवस्था पनि नाजुक बन्न थालेको चन्द्रगिरि नगरपालिकामा रहेको कंकाली माविका प्रधानाध्यापक विष्णुप्रसाद पनेरूको अनुभव छ।

उनको विद्यालयलाई २०७४ सालमा सरकारले नमुना विद्यालय छनोट गर्‍यो। प्रअ पनेरुले ५१ करोडको पाँच वर्षे गुरुयोजना पेस गरेर सोहीअनुसार भौतिक, शैक्षिक र व्यवस्थापकीय पक्ष मिलाए। जसअनुसार व्यवस्थापन खर्च वार्षिक ३० लाख रूपैयाँ थपियो। विद्यार्थी पनि तीन सयबाट बढेर नौ सय पुग्यो। तर काठमाडौंको १५ सय ८५ मिटरको उचाइमा रहेको यस विद्यालयमा निःशुल्क विज्ञान शिक्षा दिन थाल्दा पनि विद्यार्थी आएनन्। भौगोलिक विकटताका कारण विद्यार्थी नआएपछि सरकारले विज्ञान शिक्षा पनि नचलेको बहानामा बजेट रोकिदियो। यसले गर्दा हाल यो नमुना विद्यालय अलपत्र परेको छ।

‘राज्यको शिक्षामा दातृ निकायको दबाबमा नीति बनाउने र बदल्ने कारणले नमुना विद्यालय हाल अलपत्र पर्‍यो। हाम्रो शैक्षिक गुणस्तर कायम भएको विद्यालयका मानव संसाधन व्यवस्थापनको रकम राज्यले नदिँदा नमुना विद्यालय अलपत्र परेको छ,’ ४१ वर्षदेखि सोही विद्यालयका प्रअ रहेका पनेरूले राज्यको गलत शिक्षा नीतिबारे गुनासो गर्दै उनले भने, ‘काठमाडौंको दुर्गम भनिने स्थानमा रहेको विद्यालयलाई हामीले कति मिहिनेत र परिश्रमले स्तरीय बनायौं। तर राज्यले नमुनाको लोभ देखायो। हामीले पनि त्यहीअनुसारको भौतिक पूर्वाधार, पुस्तकालय, विषयगत प्रयोगशाला, शैक्षिक गुणस्तर वृद्धि गर्न विषयगत शिक्षक व्यवस्थापन गर्‍यौं। यति मात्र होइन, नमुना विद्यालय परियोजनाअनुसार सुरक्षा गार्ड, बगैंचा हेरचाह गर्ने कर्मचारी, लाइब्रेरियन, लेखाअधिकृतलगायत सबैमा लगानी गरेका छौं। कक्षा ११ र १२ मा कम्प्युटर र होटेल व्यवस्थापनका कक्षा चलाएका छौं।’

तर राज्यले हालसम्म ६ करोडजति दिएको र वार्षिक ३० लाख व्यवस्थापन खर्च रोकिदिएका कारण नमुना विद्यालय असफल भएको उनले बताए। ‘आफ्नो आर्थिक हैसियतभन्दा माथिको कार्यक्रम बिनातयारी ल्याउने राज्यको गलत नीतिका कारण अर्बौं रकम बालुवामा पानी हालेजस्तो भयो,’ प्रअ पनेरुले भने। उनका अनुसार सुरुमा गुरुयोजना बनाउँदा बजेट तोकिएको थिएन। तर पछि चार वर्षमा कसैलाई ६ करोड र कसैलाई ८ देखि १० करोड पनि राज्यले उपलब्ध गराएको थियो। ‘नमुना विद्यालयहरूले पाँच वर्षे गुरु योजना बनाउँदा २० करोडदेखि एक अर्बसम्मको योजना विद्यालयहरूले पेस गरेका छन्,’ उनले सुनाए, ‘विद्यालय शिक्षा निःशुल्क कायम भएको छ। राज्यको अनुदानमै चल्ने विद्यालयहरू राज्यले अनुदान रोकेपछि चल्न सक्दैनन्। यही अवस्था अहिले नमुना विद्यालयको छ। दुर्दशा नै छ। पहुँच हुनेले रकम लगे, नहुनेहरू अलपत्र परे। हाम्रो शिक्षा नीति कस्तो हो भनेर बुझ्न सकिएन।’

आफ्नो देशको आर्थिक हैसियतभन्दा पनि विश्वबैंकको इसारामा तय गरिएको नमुना विद्यालय कार्यक्रमअनुसार आर्थिक वर्ष २०७४/७५ मा दुई सय पाँच निर्वाचन क्षेत्रमा एक÷एक वटा नमुना विद्यालय स्थापनाको घोषणा भयो। जस अनुसार उक्त आर्थिक वर्षमा २ सय ३ वटा मात्र नमुना विद्यालयका लागि छनोट गरिए। नमुना भनिएका यी विद्यालय पनि नयाँ बनाइएका होइनन्।

राज्यले नमुनाका लागि तोकेको मापदण्डभित्र पर्ने पुरानै विद्यालयमध्येबाटै छनोट गरिएको हो। छनोटमा परेका विद्यालयलाई वार्षिक डेढ करोडका दरले अनुदान दिइयो। मापदण्डमा कम्तीमा पाँच सय विद्यार्थी भएको, कक्षा १२ सम्म सञ्चालनमा आएको, पायक पर्ने स्थानमा रहेको, पर्याप्त भौतिक पूर्वाधार भएको र विद्यालयको नाममा आफ्नै जग्गा भएको हुनुपर्ने उल्लेख थियो। सोहीअनुसार नमुना विद्यालय छनोट गरिएका थिए।

नमुना विद्यालयको लक्ष्य भने विद्यालयलाई आइसिटी प्रविधिमा आधारित आधुनिक मोडलबाट पठनपाठन गराई बालबालिकाको कक्षाकोठामा सिकाइस्तर वृद्धि गर्ने, शिक्षाको कार्यक्षमता अभिवृद्धि गर्ने, तालिमको व्यवस्था गरी सम्पूर्ण रूपमा विद्यालय शिक्षाको शैक्षिक गुणस्तर वृद्धि गर्नेलगायत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक नीलकण्ठ ढकालले बताए। 

उनका अनुसार नमुना विद्यालयका लागि चार वर्षभित्र बढीमा प्रत्येक विद्यालयलाई ६ करोड रकम अनुदान उपलब्ध गराउने भनी सरकारले कार्यक्रम तय गरेअनुसार प्रत्येक वर्ष डेढ करोड रकम अनुदान दिइएको थियो। उनले चार वर्ष पूरा गरी तीन सय २२ नमुना विद्यालयले ६ करोडका दरले रकम लिइसकेको बताए।

आर्थिक वर्ष २०७४/७५ मा निर्वाचन क्षेत्रका सांसदहरूले नमुना विद्यालय घोषणा गर्ने र रकम दलका कार्यकर्ताको खल्तीमा हाल्ने होडबाजी नै चलेको र यसले शिक्षा क्षेत्रको गुणस्त झनै कमजोर बनाउँदै गएको शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाको तर्क छ। त्यही भएर त सोही वर्ष थप १९ नमुना विद्यालय छनोटमा परेर सुरुकै वर्ष एकै पटक २ सय २२ नमुना विद्यालय बने। त्यसपछि नमुना छनोट हुने ह्वात्तै बढेर आव २०७५/७६ सम्म आइपुग्दा चार सय २२ पुगेको निर्देशक ढकालले तथ्यांक उपलब्ध गराए।

राज्यले धमाधम राम्रो विद्यालयलाई थप रकम दिएर नमुना बनाउने कि कमजोर विद्यालयलाई रकम थपेर नमुना बनाउने भन्ने विषयमा जनस्तरबाटै आवाज पनि नउठेको होइन। तर निर्वाचन क्षेत्रका सांसदहरूले नमुना विद्यालय घोषणा गराउने जारी नै राखे। शिक्षाविद् कोइरालाको भनाइमा नमुना विद्यालय घोषणा नेताहरूको नसा नै बन्यो। त्यही भएर राम्रोलाई नमुना बनाउँदै रकम खल्तीमा हाल्ने गलत प्रवृत्ति बन्यो।

‘सुरुका वर्ष त विश्वबैंकको इसारामा ल्याइएका नमुना विद्यालय कार्यक्रमका लागि प्रतिविद्यालय १६ करोड पो अनुदान राखेका रहेछन्। एकातिर २०७२ सालमा जारी भएको संविधानले विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय सरकारलाई सुम्पिसकेको अवस्थामा केन्द्र सरकारले संविधानको बर्खिलापमा गएर कार्यक्रम ल्याएकोमा विरोध भइरहेको थियो,’ शिक्षाविद् कोइरालाले शिक्षा क्षेत्रमा बजेटको दुरूपयोगबारे स्पष्ट पारे, ‘अर्कातिर प्रदेश सरकारले पनि आठ करोड फेरि नमुना विद्यालयकै लागि दिने कार्यक्रम ल्यायो भने स्थानीय सरकारले थप सात करोड दिने भन्यो। यसमा ठुलै प्रतिस्पर्धा चल्यो कसले कति रकम तान्न सक्ने भनेर। यो त झनै रकम दुरूपयोग हुने विकराल रूप बन्यो।’

उनले सोही बखत गण्डकी प्रदेशका सामाजिक विकासमन्त्रीलाई भेटेर त्यसबारे अवगत गराएको बताए। पछि कार्यक्रम प्रभावहीन भएपछि १६ करोडबाट घटाएर आठ करोड, चार करोड हुँदै हाल प्रतिवर्ष डेढ करोडमा सीमित बन्यो। अहिले फेरि ठुला स्कुल कार्यक्रम ल्याएका छन्। देशले धान्न नसक्ने र अव्यावहारिक कार्यक्रम किन चाहियो ? दातृ निकायलाई खुसी पार्ने होइन कि बालबालिकाको सिकाइस्तर वृद्धि हुने कार्यक्रम चाहियो।’ नमुना विद्यालय तय गरिए पनि विद्यार्थीको सिकाइस्तर ५० प्रतिशतभन्दा पनि माथि उठ्न नसकेको उनले अवगत गराए।  

निर्देशक ढकालका अनुसार २०७६/७७ सम्म चार सय २२ नमुना विद्यालय तय गरिएको भए पनि त्यसपछि नमुना विद्यालय कार्यक्रम सञ्चालन गरिएको छैन। ‘नमुना विद्यालय कार्यक्रमले राम्रोलाई थप राम्रो बनाउने काम मात्र भयो। यो खासै प्रभावकारी देखिएन। यसकारण हाल ३६ हजार विद्यालयलाई नै नमुना बनाउने कार्यक्रम राज्यले अघि सारेको छ,’ निर्देशक ढकालले भने, ‘नमुना छनोट गरिएकाहरूको पनि शैक्षिक गुणस्तर व्यवस्थापनको चुनौती देखिए। सबै बालबालिकाको पहुँचमा समेत चुनौती देखियो। वरिपरिका विद्यालय मर्ज गरेर भौतिक पूर्वाधार मात्र बन्यो तर सिकाइ उपलब्धि र शैक्षिक गुणस्तर कायम गर्न चुनौती छ।’ उनले थपे, ‘नमुना भनिएका विद्यालयको नतिजासमेत सन्तोषजनक छैन।’

अर्को समाचार
‘आज म बिग न्युज’ भन्दै पार्टी कार्यालय पुगिन रामकुमारी, नेताहरू विरुद्ध आक्रोश
१९ असार २०८२
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
‘आज म बिग न्युज’ भन्दै पार्टी कार्यालय पुगिन रामकुमारी, नेताहरू विरुद्ध आक्रोश

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री बिहीबार पार्टी कार्यालयमा चलिरहेको सचिवालय बैठकमा पुगेकी छन्। सचिवालय सदस्य नरहेकी झाँक्रीले आफ्ना कुरा राख्नुपर्ने भन्दै निवेदन नै लेखेर बैठकमा पुगेको बताएकी छन्। 

अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू पार्टी कार्यालय पुगिसकेपछि झाँक्री कार्यालय परिसरमा झुल्किएकी थिइन। जहाँ उपस्थित पत्रकारले ‘बिग न्युज’ भन्दै हाँसी मजाक गरेका थिए। 

त्यसपछि टाढैबाट मुस्कानसहित नमस्कार गर्दै उनले ‘आज म बिग न्युज’ भन्दै प्रतिक्रिया जनाएकी थिइन्। त्यसपछि पनि उनी पार्टी कार्यालय भित्र प्रवेश गर्ने क्रममा पत्रकारसँग हाँसी मजाक गर्दै अघि बढेकी थिइन।  सोही क्रममा पत्रकारले केही प्रतिक्रिया दिन गरेको आग्रह स्विकार्दै झाँक्रीले आफ्नो कुरा राखेकी थिइन्। 

पहिलो कुरा उनले आफूलाई सोधिएको भनिएको स्पष्टीकरण हात नपरेको बताएकी छन्। ‘स्पष्टीकरण त मिडियातिर सोधिएको रहेछ, केही शक्तिशाली पदाधिकारीहरूले,’ झाँक्रीले भनिन्,‘मलाई त स्पष्टीकरण सोधेको छैन। त्यसपछि मैले पनि आज बिहानभरि मिडियाबाट कान पाकुन्जेल त्यही कुरा सुनेँ।’

केही नेताले आफूलाई स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भनेर टेलिभिजनमा बोल्दै हिँडेकामा आक्रोश व्यक्त गरिन्। उनले भनिन्, ‘उहाँहरूले टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ यहाँ उहाँ भनेको सुनेको थिएँ।’ 

पार्टीले १५ गते अध्यक्ष माधवकुमार नेपालमाथि चलेको भ्रष्टाचार मुद्दाबारे कुनै  क्रिया प्रतिक्रिया नगर्नु भनेर निर्देशन जारी गरेपछि आफू त्यो विषयमा नबोलेको झाँक्रीले दाबी गरिन्। ‘तर, त्यो निर्देशनपछि उहाँहरूलाई झन् प्रोत्साहन गरेजस्तो भयंकरै बोल्नुभएको छ, व्यक्तिगत तहमा गालीगलौज देखि बडी सेमिङमा समेत बोलिरहनुभएको छ,’ उनले भनिन्। 

त्यही भएकाले आफू बैठकमा सचिवालय बैठकमा आएको उनले बताइन्। ‘त्यत्रो जिम्मेवारी पदाधिकारीहरूले बोलिरहेको विषयमा के हो त? स्पष्टीकरण मलाई पनि नसोध्ने, बाहिर बाहिर सोध्ने, के हो कुरा तपाईँहरूको? भन्न बैठकमा मलाई बोलाउनुस्,’ उनले भनिन्, ‘त्यसको जबाफ म सविस्तार दिन्छु, म कुन कन्टेस्टमा बोलेँ? कुन कन्टेनमा बोले? मेरो कुराको भनाई के हो? र त्यो गलत हो भने कसरी हो ?’ 

आफूले हर कुराको तथ्य प्रमाणसहित म बैठकमा उपस्थित भएर बोल्ने भनेरै आज निवेदनसहित उपस्थित भएको झाँक्रीको भनाई छ। ‘मेरो तहको बैठक बोलाउन अझैँ टाइम लाग्छ होला, त्यतिन्जेल पार्टीलाई पनि, व्यक्तिलाई पनि धेरै क्षति हुने काम भइरहेको छ, यो रोक्नुपर्छ भनेर आजैको सचिवालयको चालु बैठकमा मलाई बोलाउनुस् मेरो विषयको स्पष्ट त्यहाँ गर्छु भनेर मैले एउटा निवेदन लिएर आएको हुँ,’ झाँक्रीले भनिन्। 

उनले ‘कन्टेन्टको कुरा अहिले नगर्ने’ भन्दै कुनै सन्दर्भमा प्रक्रियाको कुरा गर्दा पार्टीको निर्देशन आएको र त्यसपछि त्यसमा आफू नबोलेको बताइन्। ‘तर धेरै ठुला र शक्तिशाली नेताहरूले मिडिया, सोसियल मिडियामा भर्चुअल प्लाटफर्ममा बोलिरहेको विषयमा म लडाइँ त लड्छु नै, राजनीतिक प्रतिवाद पनि गर्छु,’ उनले भनिन्। आफूलाई स्पष्टीकरण सोधेको भनिएको कुरा निराधार, कपोलकल्पित रहेको पनि उनले दाबी गरिन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लगाएपछि झाँक्रीले लुम्बिनीमा दिएको एक भाषण अहिले नेकपा एसभित्र विवादको विषय बनेको छ। 

झाँक्रीले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन्। 

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ८ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस