इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५ बुँदे शान्ति सम्झौतालाई अस्वीकार गरेका छन्।
उनले हमासलाई ‘वास्तविक रूपमा निशस्त्र’ नबनाएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पारे। आइतबार मन्त्रिपरिषद्को बैठकमा बोल्दै नेतान्याहूले इजरायलले उक्त १५ बुँदे दस्तावेज स्वीकार नगर्ने बताएका हुन्।
उनले भने, ‘इजरायलले १५ बुँदे दस्तावेजलाई अस्वीकार गर्दछ।’ हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेनाले गाजाबाट फिर्ता नलिने र इजरायली सेना तथा नागरिकमाथि हुन सक्ने खतरालाई रोक्न सैन्य कारबाही जारी राख्ने उनको भनाइ थियो।
ट्रम्पको शान्ति बोर्डले गत महिना गाजामा हमास तथा अन्य सशस्त्र समूहहरूको ‘पूर्ण निशस्त्रीकरण’ का लागि सहमति भएको दाबी गरेको थियो। त्यसलाई ट्रम्पले गाजामा स्थायी शान्ति र सुरक्षातर्फको महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेका थिए।
तर हमासले भने आफ्ना भारी हतियार हस्तान्तरण गर्ने विषयलाई इजरायलले गाजामाथिका सबै प्रकारका आक्रमण अन्त्य गर्ने र त्यहाँबाट आफ्ना सेना फिर्ता गर्ने विषयसँग जोडेको छ।
गाजा शान्ति सम्झौतामा के छ ?
ट्रम्पको प्रस्तावित सम्झौतामा गाजामा शान्ति कायम गर्न विभिन्न चरणमा काम गर्ने, हमाससहित अन्य सशस्त्र समूहलाई निशस्त्र बनाउने र इजरायली सेना क्रमशः फिर्ता गर्ने विषय समेटिएको छ।
सम्झौताको कार्यान्वयन तथा निगरानीका लागि ‘शान्ति बोर्ड’ गठन गर्ने प्रस्ताव पनि गरिएको छ। साथै युद्धबाट क्षतिग्रस्त गाजाको पुनर्निर्माणलाई अघि बढाउने योजना समावेश छ।तर नेतान्याहूले गाजाबाट इजरायली सेना फिर्ता गर्नुअघि हमासको वास्तविक निशस्त्रीकरण हुनुपर्ने अडान दोहोर्याएका छन्। उनले केवल कागजी वा ‘काल्पनिक निशस्त्रीकरण’ स्वीकार्य नहुने बताएका छन्।
नेतान्याहूका अनुसार इजरायलले सम्झौताबारे अमेरिकी अधिकारीहरूसँग छलफल गरिरहेको छ। केही प्रस्ताव इजरायलका लागि स्वीकार्य भए पनि केही विषयमा असहमति रहेको उनले बताए।
‘उनीहरूसँग केही विचारहरू छन्। तीमध्ये केही हामीलाई स्वीकार्य छन् र केही छैनन्। यी विषयमा आफ्नो अडान कसरी राख्ने भन्ने हामीलाई थाहा छ,’ नेतान्याहूले भने।
इजरायलमा आगामी चुनाव नजिकिँदै गर्दा नेतान्याहूमाथि घरेलु राजनीतिक दबाब पनि बढिरहेको छ। उनका दक्षिणपन्थी सहयोगीहरूले गाजा सम्झौताको विरोध गर्दै आएका छन्।
राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–ग्विरले पनि प्रस्तावित सम्झौतालाई ‘स्वीकार्य नभएको भन्दै अस्वीकार गरेका छन्। उनले सरकारलाई योजना रोक्न र गाजामा थप कडा नीति अपनाउन दबाब दिइरहेका छन्।
यससँगै ट्रम्पले गत वर्ष सेप्टेम्बरमा अघि सारेको गाजा शान्ति सम्झौताको कार्यान्वयनमा थप चुनौती देखिएको छ। इजरायल र हमासबीच युद्धविराम तथा निशस्त्रीकरणका विषयमा सहमति जुटाउन अन्तर्राष्ट्रिय प्रयास भइरहे पनि दुवै पक्षका मुख्य अडानबीच अझै ठूलो दूरी देखिन्छ।
यमनको अल-माखा बन्दरगाहमा हुथी समूहको आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ। यमनी सरकारी सेनाका प्रवक्ता कर्नेल मजिद अल-नुजैलीले एक्समा एक विज्ञप्ति जारी गर्दै चार सैनिक र तीन नागरिक मारिएको जानकारी दिएका हुन्।
उनका अनुसार यस आक्रमणमा अन्य ३० जना घाइते भएका छन्। हुथी विद्रोहीहरूले आक्रमणमा ड्रोन र मिसाइलहरू प्रहार गरेको र त्यसले ऊर्जा-उत्पादन स्टेशनसहित सैन्य र नागरिक दुवै स्थलहरूलाई लक्षित गरेको उनले बताए। यमनी सरकारी सेनाले ११ वटा ड्रोन खसालेको उनले उल्लेख गरेका छन्।
यसैबिच, यमनको साबा समाचार एजेन्सीले सैन्य स्रोतलाई उद्धृत गर्दै रोकिएका ड्रोनहरूले बन्दरगाह सहरलाई आपूर्ति गर्ने सौर्य ऊर्जा केन्द्रलाई लक्षित गरेको जनाएको छ। हुथी विद्रोहीहरूले भने बन्दरगाहमा रहेका साउदी अरेबियाली सेना र हतियार डिपोहरूलाई लक्षित गरेर हमला गरेको दाबी गरेको छ।
उता, होर्मुजको जलमार्ग पुनः खोल्ने बारेमा निरन्तर अनिश्चितता रहँदा एसियाली बजारमा तेलको मूल्य बढेको छ। कच्चा तेल प्रति ब्यारेल ८४.४६ डलरसम्म पुगेको छ। अमेरिकाको कच्चा तेल पनि ७८.७९ डलर प्रति ब्यारेल पुगेको छ। युद्ध अघि विश्वको पाँचौं भागको तेल पास गर्ने होर्मुज जलमार्गलाई पुनः खोल्ने सम्झौताको नजिक पुग्ने आशामा गत हप्ता तेल सात प्रतिशतभन्दा बढीले घटेको थियो।
तेहरानले ओमानसँगको सम्झौता अन्तिम चरणमा पुगेको बताएको छ। तर अमेरिकाले अझै पनि धेरै सर्तहरू पूरा गर्नुपर्नेमा जोड दिएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।