इन्डोनेसियाको पूर्वी जाभामा रहेको ब्रोमो टेङ्गर सेमेरु राष्ट्रिय निकुञ्जमा करिब एक सातादेखि डढेलो फैलिएपछि अधिकारीहरूले राष्ट्रिय निकुञ्जमा पर्यटकको प्रवेशमा रोक लगाएका छन्।
माउन्ट ब्रोमो नजिकै रहेको उक्त राष्ट्रिय निकुञ्जमा सोमबारदेखि लागेको डढेलोले हालसम्म करिब १७६ हेक्टर क्षेत्रफलमा क्षति पुयाएको राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सीले जनाएको छ।
एजेन्सीका प्रवक्ता अब्दुल मुहारीका अनुसार डढेलोका कारण हालसम्म मानवीय क्षति वा सम्पत्तिमा क्षति भएको विवरण प्राप्त भएको छैन। आगलागी नियन्त्रणका लागि दुईवटा पानी बम प्रहार गर्ने हेलिकप्टर परिचालन गरिएको छ।
भिरालो भूभाग र तीव्र हावाका कारण जमिनबाट पुग्न कठिन क्षेत्रमा आगो निभाउन हवाई उद्धार तथा अग्नि नियन्त्रण अभियान सञ्चालन गरिएको प्रवक्ता मुहारीले बताए।
यसअघि सन् २०२३ मा माउन्ट ब्रोमो क्षेत्रमा लागेको डढेलोले ५०० हेक्टरभन्दा बढी वन क्षेत्र जलेर नष्ट भएको थियो। विवाहपूर्वको तस्बिर खिच्ने क्रममा एक जोडीले आगो बाल्दा उक्त डढेलो फैलिएको थियो।
इन्डोनेसियामा यस वर्ष सुख्खा मौसम अझ तीव्र र लामो हुने अनुमान गरिएको छ। मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी (बीएमकेजी)का अनुसार एल निनो मौसमी घटनाका कारण देशमा डढेलो र खडेरीको जोखिम बढ्न सक्छ।
यस वर्षको पहिलो छ महिनामा इन्डोनेसियामा एक लाख सात हजार हेक्टरभन्दा बढी क्षेत्रफल डढेलोबाट प्रभावित भएको बताइएको छ।
यो सन् २०२३ को सोही अवधिमा डढेलोबाट प्रभावित क्षेत्रफलभन्दा करिब दोब्बर हो।
यमनको अल-माखा बन्दरगाहमा हुथी समूहको आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ। यमनी सरकारी सेनाका प्रवक्ता कर्नेल मजिद अल-नुजैलीले एक्समा एक विज्ञप्ति जारी गर्दै चार सैनिक र तीन नागरिक मारिएको जानकारी दिएका हुन्।
उनका अनुसार यस आक्रमणमा अन्य ३० जना घाइते भएका छन्। हुथी विद्रोहीहरूले आक्रमणमा ड्रोन र मिसाइलहरू प्रहार गरेको र त्यसले ऊर्जा-उत्पादन स्टेशनसहित सैन्य र नागरिक दुवै स्थलहरूलाई लक्षित गरेको उनले बताए। यमनी सरकारी सेनाले ११ वटा ड्रोन खसालेको उनले उल्लेख गरेका छन्।
यसैबिच, यमनको साबा समाचार एजेन्सीले सैन्य स्रोतलाई उद्धृत गर्दै रोकिएका ड्रोनहरूले बन्दरगाह सहरलाई आपूर्ति गर्ने सौर्य ऊर्जा केन्द्रलाई लक्षित गरेको जनाएको छ। हुथी विद्रोहीहरूले भने बन्दरगाहमा रहेका साउदी अरेबियाली सेना र हतियार डिपोहरूलाई लक्षित गरेर हमला गरेको दाबी गरेको छ।
उता, होर्मुजको जलमार्ग पुनः खोल्ने बारेमा निरन्तर अनिश्चितता रहँदा एसियाली बजारमा तेलको मूल्य बढेको छ। कच्चा तेल प्रति ब्यारेल ८४.४६ डलरसम्म पुगेको छ। अमेरिकाको कच्चा तेल पनि ७८.७९ डलर प्रति ब्यारेल पुगेको छ। युद्ध अघि विश्वको पाँचौं भागको तेल पास गर्ने होर्मुज जलमार्गलाई पुनः खोल्ने सम्झौताको नजिक पुग्ने आशामा गत हप्ता तेल सात प्रतिशतभन्दा बढीले घटेको थियो।
तेहरानले ओमानसँगको सम्झौता अन्तिम चरणमा पुगेको बताएको छ। तर अमेरिकाले अझै पनि धेरै सर्तहरू पूरा गर्नुपर्नेमा जोड दिएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।