दक्षिण कोरियामा २४ घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ३३ हजार दुई सय ४८ कोभिड–१९ नयाँ सङक्रमित देखिएका छन्। हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५१ लाख ६४ हजार छ सय ९५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्।
कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार अघिल्लो दिनको तुलनामा ११ हजार ४० ले बढेको थियो। एक हप्ताअघि १५ हजार ४ सय ६६ भन्दा बढी थियो।
गत हप्ताको पुष्टि भएका केसहरुको दैनिक औसत सङ्ख्या २४ हजार दुई सय ३६ थियो । नयाँ केसहरू मध्ये, ८७ विदेशबाट आयात भएका छन्। गम्भिर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा एकले घटेर दुई सय ४७ पुगेको छ।
यस प्रकोपको कारण थप छ जनाको मृत्युको पुष्टि भएपछि कुल मृतकको सङ्ख्या २८ हजार आठ सय ५६ पुगेको जनाइएको छ। कुल मृत्यु दर ०.११ प्रतिशत रहेको बताइएको छ।
दक्षिण कोरियामा २४ घण्टाअघिको तुलनामा मङ्गलबार मध्यरातसम्म २९ हजार पाँच सय तीन कोभिड–१९ नयाँ सङ्क्रमित देखिएका छन्। हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ५१ लाख ९४ हजार एक सय ७७ पुगेको स्वास्थ्य अधिकारीले बुधबार जानकारी दिएका छन्।
कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए)का अनुसार अघिल्लो दिन ३३ हजार दुई सय ४८ को तुलनामा मङ्गलबार केही कमी अर्थात २९ हजार पाँच सय तीन सङ्क्रमित भएका छन्। गत हप्ताको पुष्टि भएका केसको दैनिक औसत सङ्ख्या २४ हजार ८६ थियो। नयाँ केसमध्ये, ७२ विदेशबाट आयात भएका छन्।
गम्भिर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा चारले घटेर दुई सय ४३ पुगेको छ।यस प्रकोपको कारण थप ४३ जनाको मृत्युको पुष्टि भएपछि कुल मृतकको सङ्ख्या २८ हजार आठ सय ९९ पुगेको जनाइएको छ। कुल मृत्यु दर ०.११ प्रतिशत रहेको बताइएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।