संग्रह
कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको मृत्यु
दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ। बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो।
कोरियामा नेपाली मजदुरको तलब अब न्यूनतम दुई लाख
सन् २०२२ देखि लागू हुने यो तलबअनुसार हालको प्रतिघण्टाको ज्याला आठ हजार ७२० कोरियन वनबाट ४४० वन वृद्धि भएको हो। यसअनुरुप हप्तामा पाँच दिन र दैनिक आठ घण्टा मात्र काम गर्दा पनि मासिक १९ लाख १४ हजार ४४० वन हुनेछ। यो रकम झण्डै नेपाली रु दुई लाख बराबर हो।
दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’
कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए। उनीहरू कोरिया प्रवेशपश्चात गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो।
दक्षिण कोरियामा जन्म दर निरन्तर कम हुँदै
कोरियाली तथ्याङ्क कार्यालयका अनुसार अक्टोबर महिनामा नवजात शिशुहरूको सङ्ख्या २० हजार ७३६ थियो र यो एक वर्ष पहिलेको भन्दा ५.२ प्रतिशतले कमी हो।
दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने बढे
कोभिड १९ को समस्या बढ्दै गएपछि यहाँका नागरिकहरुले खाद्यान्नदेखि अन्य आवश्यकताका वस्तुहरु पनि अनलाइनबाट नै खरिद गर्ने गरेका पाइएको छ।
दक्षिण कोरियामा एक दिनमा सबैभन्दा धेरै सङ्क्रमित
स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ३६ हजार ३६२ जना नयाँ सङ्क्रमित भएका छन्। अघिल्लो दिन २७ हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका थिए।
दक्षिण कोरियामा बुस्टर डोज लगाउने अवैधानिक मजदुरको जरिवाना मिनाहाः प्रवेशाज्ञा प्रतिबन्ध पनि फुकुवा गर्ने
आगामी अक्टोबर १२ तारिखदेखि डिसेम्बर ३१ तारिखसम्मको अवधिमा खोपको तेस्रो बुस्टर डोजसमेत पूरा गरेको प्रमाण पेश गरी स्वदेश फर्किन चाहनेलाई यो योजना प्रदान गर्न लागिएको हो।
दक्षिण कोरियामा १ करोड कोरोना संक्रमित
दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ। यो संख्या कुल जनसंख्याको २० प्रतिशत हो। सरकारी अधिकारीले बुधबार जनाएअनुसार अत्यधिक मृत्युदरले देशभरका शवदाह गृहमा अत्यधिक चाप परेको छ।
कृषिका लागि कोरियाले माग्यो १२ हजार आप्रवासी कामदार
दक्षिण कोरियाले यस बर्षको मध्यसम्ममा कृषि क्षेत्रमा काम गर्नका लागि १२ हजार आप्रवासी कामदार कोरिया लैजाने भएको छ।
दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु, ३७ घाइते
अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मी मध्ये ५ जनाको मृत्यु भएको थियो। तीन जना बिरामी र एक नर्स थिए भने बाँकी एकको पहिचान हुन सकेको छैन।