भारतमा कोरोना भाइरसका कारण थप एक ६७ हाजार भन्दा बढी सङ्क्रमित भएका छन्। भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १४ लाख ६९ हजार ४९९ सङ्क्रमित भएका केद्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ।
सरकारी अधिकारीहरूले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ६७ हजार ५९ नयाँ सङ्क्रमित भएका हुन्। पछिल्लो एक दिनमा भारतमा एक हजार १९२ जनाको कारोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। यससँगै कोरोना भाइरसका कारण मृत्यु भएका कुल मृतकको सङ्ख्या चार लाख ९६ हजार २४२ पुगेको छ।
मन्त्रालयले १७ लाख ४३ हजार ५९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको जनाएको छ । यस अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो।
सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा दुई लाख ५४ हजार ७६ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। यसैसंगै भारतमा तीन करोड ९२ लाख ३० हजार १९८ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्।
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा पुनः वृद्धि भएको छ। बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना कोरोना भाइरसबाट नयाँ सङ्क्रमित भएको उल्लेख गरिएको थियो भने बिहीबार त्यो भन्दा चार हजार बढी देखिएको छ।
सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ४५४ जना नयाँ सङ्क्रमित थपिएका हुन्। सोही अवधिमा १७ हजार ५१६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्यामा पनि वृद्धि भएको छ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या एक लाख ७८ हजार ८३१ रहेको जनाएको छ। भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको कूल संख्या तीन करोड ३४ लाख ९५ हजार ८०८ पुगेको मन्त्रालयले जनाएको छ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म १ सय करोडभन्दा बढीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।