भारतमा गत २४ घण्टामा तीन लाख २३ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका छन्। एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो छठौं दिन भएको बताइएको छ। कोरोना महामारी सुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो सङ्ख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ।
यसैगरी यहाँ गएको २४ घण्टायता दुुई हजार ७७१ जनाको ज्यान गएको छ। त्यसैसँगै भारतमा यो सङ्क्रमणबाट मात्र एक लाख ९७ हजार ८ सय ९४ व्यक्तिको निधन भइसकेको छ। यसरी भारतमा अहिलेसम्ममा यो सङ्क्रमणबाट एक करोड ७६ लाख ३६ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित हुनपुगेका बताइएको छ।
भारतमा हाल २८ लाख ८२ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। भारतमा हालसम्म एक करोड ४५ लाख ५६ हजार भन्दा बढी कोरोना मुक्त भएका छन्। भारतमा गत जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १४ करोड ५० लाख ११ हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन्।
कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ। भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन्। रुसले विकास गरेको स्पुट्निक भी भने गत अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन्।
भारतमा सोमबार मात्रै १६ लाख ५८ हजार ७ सय जनाको कोरोना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २६ सम्म कूल २८ करोड ९७ लाख २१ हजारभन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ।
भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यका रुपमा रहेको छ। यहाँ सोमबार एकैदिनमा २० हजार २ सय १ जना थप व्यक्ति कोरोना भाइरस सङ्क्रमण देखिएको र ३ सय ८० जनाको मृत्यु भएको छ। दिल्लीमा कोरोना सुरु भएदेखि हालसम्म यसको सङ्क्रमणको कारण १४ हजार ६ सय २८ व्यक्तिको मृत्यु भएको छ।
भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को सङ्क्रमित संख्या तीन लाख १४ हजार ८ सय ३५ जना थपिएपछि कुल सङ्क्रमितको संख्या एक करोड ५९ लाख ३० हजार भन्दा बढी भएको छ।
सोही अवधीमा भारतमा कोरोनाबाट २ हजार १ सय ४ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या १ लाख ८४ हजार ६ सय ५७ जना पुगेको छ। भारतमा कोरोना भाइरस सङ्क्रमण सुरु भएयता एकै दिनमा ३ लाख भन्दा बढी व्यक्ति सङ्क्रमित भएका यो पहिलो पटक हो।
कोरोना माहामारी सुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ। यद्यपी संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाख भन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए।
भारतमा बुधबारुसम्म सक्रिय सङ्क्रमितको संख्या २२ लाख ९१ हजार ४ सय २८ रहेको छ। यहाँ हालसमम एक करोड ३४ लाख ५४ हजार ८ सय ८० व्यक्ति कोरोना मुक्त भएका छन्।भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १३ करोड २३ लाख ३० हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन्। कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ।
भारतमा अहिले कोभिसिल्ड,कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन्। रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन्।
भारतमा बुधबार मात्रै १६ लाख ३९ हजार ३ सय ५७ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ। अप्रिल २१ सम्म कूल २७ करोड २० लाख भन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ।
भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ। दिल्लीमा मङ्गलबार एकै दिनमा २८ हजार ३९५ जना कोरोना भाइरस सङ्क्रमित भएका २७७ जनाको मृत्यु भएको छ। भारतको दिल्लीमा कोरोना सुरु भएपछि हालसम्म कोरोना सङ्क्रमणबाट १२ हजार ६३८ जनाको मृत्यु भइसकेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।