भारतमा कोरोना भाइरसको महामारी तीव्ररुपमा फैलिँदै गए पनि देशव्यापी लकडाउनको आवश्यकता भने नरहेको सरोकारवालाहरुले दाबी गरेका छन्। सानो सानो क्षेत्रमा छुट्टाछुट्टैरुपमा लकडाउन लागु गर्न आवश्यक हुन सक्ने, तर देशव्यापी लकडाउन एकैचोटी गर्न भने नहुने विज्ञहरुले सुझाव दिएका हुन्।
कोरोना भाइरससम्बन्धी राष्ट्रिय प्राविधिक सल्लाहकार समूहका प्रमुख डा.एन के अरोराले बुधबार देशव्यापी लकडाउन आवश्यक नभएको सिफारिस सरकारलाई गरेका छन्। समूहका अध्यक्ष अरोराले भनेका छन्, 'कोरोना भाइरसको सङ्क्रमण दर न्यून हुँदै जाओस् भन्ने हाम्रो उद्देश्य छ, तर त्यसका लागि लकडाउन नै लगाउनुपर्छ भन्ने चाहिँ होइन।'
उनले सानोसानो क्षेत्रमा भने लकडाउन स्थानीय आवश्यकता र अवस्थाअनुसार लगाउनु उपयुक्त हुने धारणा पनि राखे। सानोसानो क्षेत्रमा स्थानीयरुपमा लागू गरिएको लकडाउन प्रभावकारी र व्यावहारिक हुने तर देशव्यापीरुपमा लकडाउन लागू गर्दा प्रभावकारी र व्यावहारिक नहुने उनले बताउए।
'हामीले विगतमा पनि देख्यौँ र अहिले पनि देखिरहेका छौँ, स्थानीयरुपमा सानोसानो क्षेत्रमा तय गरिएको लकडाउन प्रभावकारी र व्यावहारिक भएको छ, व्यवस्थापन पनि सहज देखिएको छ भने स्वास्थ्य सेवाको नतिजा पनि राम्रो आएको छ', उनले भने। देशभरी कोरोना भाइरसविरुद्धको खोपको अभाव नरहेको स्पष्ट पार्दै उनले उच्च प्राथमिकतामा परेकाहरुलाई खोप दिइसकेको बताए।
भारतमा मङ्गलबार मात्रै कोरोना भाइरसबाट थप एक लाख ८४ हजार जना सङ्क्रमित भएका थिए। योसँगै भारतमा कूल सङ्क्रमितहरुको सङ्ख्या एक करोड ३८ लाख ७३ हजार ८२५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। भारतमा पछिल्लो समय फेरि कोरोना भाइरसबाट सङ्क्रमित र मृतकहरुको सङ्ख्या तीव्ररुपमा बढ्दै गइरहेको छ।
कोरोना कहरको दोस्रो लहरमा सबैभन्दा बढी प्रभावित भएको भारतको राजधानी दिल्ली र मुम्बईमा पछिल्लो केही सातायता सुधार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। हालसम्म भारतमा २ करोड ६७ लाख कोरोना संक्रमित भईसकेका छन्। मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ।
भारतमा नयाँ भेरियन्ट देखिएसंगै संक्रमित र मृतकको संख्यामा ह्वात्तै बृद्धि भएको थियो। सबैभन्दा प्रभावित शहरमध्ये दिल्ली र मुबईमा भने संक्रमित र मृतकको संख्यामा भने केही सुधार भएको हो। भारतमा रहेको मृतकको र संक्रमितको संख्या विश्वकै सर्वाधिक हो। सबैभन्दा बढी जनसंख्या रहेको दिल्ली र मुम्बई जस्ता शहरमा स्रक्रमितको संख्यामा कमी भएपछि दोस्रो लहरबाटै केहि राहत भएको देखिन्छ।
पछिल्लो १० दिनमा भारतको संक्रमितको संख्या दश लाखले घटेको भारतीय सञ्चारा माध्यमले जनाएको छ। पछिल्ला साताहरुमा दैनिकी ४ लाख संक्रमित भइरहेका थिए। दैनिकी ४ हजार बढीका मृत्यु समेत भईरहेको थियो। केही दिन यता भने संक्रमितको संख्या घटेर करिब २ लाख पचास हजार रहेसगैँ ज्यान गुमाएको संख्यामा केही सुधार भएको जनाएको छ। दिल्ली र मुंबईमा सुधार देखिएता पनि दक्षिण भारतमा भने स्थितिमा सुधार भएको देखिदैँन।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।