सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन हुने जनाएको छ।
उपकुलपति प्रा डा सुनिलकुमार जोशीले आज रासससँग कुरा गर्दै हाल सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणबमोजिमका काम धमाधम भइरहेकाले एक महिनाभित्र गेटामा तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, शैक्षिक जनशक्ति नियुक्तिलगायतका काम करिब अन्तिम चरणमा रहेको बताए।
‘यसै शैक्षिकसत्रमा चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालनका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ। त्यसअनुसार आवश्यक बजेट व्यवस्थापन भई अन्य सैद्धान्तिक तथा प्राविधिक प्रक्रिया पनि अगाडि बढिसकेका छन्’, उनले भने।
प्रा डा जोशीले सुदूरपश्चिम प्रदेश सरकारबाट आज चार वटा प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने गरी भएको निर्णयको स्वागत गरे। प्रदेश सरकारको निर्णयले सहकार्यको दायरा विस्तार गर्न महत्त्वपूर्ण टेवा पुग्ने उनको विश्वास छ।
प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले कैलालीको सेती, लम्कीचुहा र टीकापुर तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो।
उपकुलपति प्रा डा जोशीले स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनबमोजिम आवश्यकताअनुसार तीनै तहका सरकारको स्वामित्वमा रहेका अस्पतालसँग सहकार्य गर्न सकिने र आजको निर्णयले त्यसमा सघाउ पुगेको बताए।
विश्वविद्यालयमा शिक्षण कार्य सुरु भएमा विद्यार्थीको प्रयोगात्मक शिक्षण सिकाइ र ‘एक्स्पोजर’का लागि समुदायस्तरमा समेत परिचालित हुनुपर्ने भन्दै त्यस क्रममा सबै तहका अस्पतालसँग सहकार्य गरिने उनले बताए।
‘विश्वविद्यालय भनेको निकै ठूलो संरचना हो। खासगरी चिकित्सा शिक्षामा सैद्धान्तिक र प्रयोगात्मक अभ्यासको निकै महत्व छ। त्यसैका लागि ऐनमा तीनै तहका अस्पतालसँग सहकार्य गर्ने व्यवस्था छ’, प्रा डा जोशीले भने, ‘हाल चार वटा अस्पतालसँग सहकार्य गर्छौं। भविष्यमा आवश्यकताअनुसार यहाँका सबै अस्पतालसँग सहकार्यको दायरा विस्तार हुन्छ।’
प्रादेशिक अस्पतालसँगको सहकार्यले विश्वविद्यालयमा शय्या विस्तारमा कुनै अवरोध नहुने भन्दै यसले पठनपाठनमा थप सहजता प्रदान गर्ने उनले स्पष्ट पारे।
उपकुलपति प्रा डा जोशीले प्रादेशिक अस्पतालको शय्या देखाएर विश्वविद्यालयको आफ्नै शिक्षण अस्पतालमा शय्या विस्तारमा कुनै अवरोध हुन्छ कि भन्ने संशय नराख्न सबैलाई आग्रह गरे।
‘कतिपयमा प्रादेशिक अस्पतालको शय्या देखाएर गेटामा शय्या विस्तार हुँदैन कि भन्ने संशय पनि हुनसक्छ, तर अन्य अस्पतालसँग सहकार्य गर्ने हाम्रो आधारभूत पक्ष हो। यसले शिक्षण सिकाइको दायरालाई विस्तार गर्ने हो, यहाँ काम रोकिने भन्ने होइन’, उनले भने।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गरेको ऐन, २०८२ को दफा २० मा शिक्षण अस्पतालसम्बन्धी व्यवस्था छ।
उक्त दफाको उपदफा २ विश्वविद्यालयले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहअन्तर्गत सञ्चालित अस्पतालसँग सम्झौता गरी त्यस्तो अस्पतालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न वा त्यस्तो अस्पताललाई शिक्षण अस्पतालका रूपमा उपयोग गर्नसक्ने उल्लेख छ।
विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले धेरै वर्षअघि गेटामा ३०० शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय हालसम्म कार्यान्वयन नभएको अवस्थामा केही आशङ्का रहेको बताए।
आफूहरूको मुख्य माग शिक्षण कार्यसँगै विशिष्टीकृत अस्पताल सञ्चालन रहेकाले सोहीअनुसार दुवै काम एकसाथ अगाडि बढ्नुपर्ने उनको भनाइ छ।
‘हामी प्रदेश सरकारको निर्णयमा अविश्वास गरिहाल्दैनौँ, तर यही बहाना देखाएर गेटामा पूर्ण शय्यामा अस्पताल सञ्चालन गर्ने कुरा नरोकिओस् भन्ने हाम्रो धारणा हो। सोहीअनुसार काम हुनुपर्छ। अब थप अन्यौलता बढाउनुहुँदैन’, संयोजक पाण्डेले भने।
विश्वविद्यलयमा यसै वर्षदेखि शैक्षिकसत्रदेखि एमबिबिएस (५० जना), बिएस्सी नर्सिङ (३० जना), बिएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी–२० जना) र बी अप्टोमेट्री (२० जना) कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ।
त्यसका लागि चिकित्सा शिक्षा आयोगमा आवेदनसमेत बुझाएर आवश्यक प्रक्रिया अगाडि बढाउनुका साथै ७५ प्रतिशत छात्रवृत्तिका लागि स्रोत सुनिश्चित भइसकेको छ।
आयोगको टोलीले आगामी भदौमा स्थलगत अध्ययन गरी बाँकी प्रक्रिया अगाडि बढाउने विषयमा आवश्यक निर्णय दिने जनाइएको छ।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) र वीर अस्पताल चार महिनादेखि पदाधिकारीविहीन हुँदा अस्पताल सेवामा समस्या परेको छ।
अस्पतालका अनुसार दुई साताअघि न्याम्सको उपकुलपतिको रूपमा अस्पतालकै रेडियोलोजिस्ट डा. विवेककुमार आचार्य नियुक्त भएका छन्। बाँकी अन्य पदहरू भने रिक्त रहेका छन्। गत वैशाखमा पूर्वपदाधिकारीहरूको कार्यकाल सकिएपछि न्याम्स तथा वीर अस्पताल पदाधिकारीविहीन बनेको हो।
अन्य पदाधिकारी रिक्त हुँदा अस्पतालका खरिद तथा टेन्डर प्रक्रियाको काम अघि बढ्न नसक्दा आवश्यक उपचार उपकरण तथा सामग्री खरिद हुन नसकेको अस्पतालका डा. प्रकाश बुढाथोकीले बताए।
उनका अनुसार अस्पतालको ल्याब तथा अन्य सेवामा आवश्यक रिएजेन्ट खरिद गर्न, अपरेसन थिएटरको ओटी टेबल र भेन्टिलेटरलगायतका उपकरण खरिद गर्न सकिएको छैन। यी उपकरण जुनसुकै बेला खरिद गर्नुपर्ने हुँदा समस्या पर्ने गरेको छ।
हाल अस्पतालमा निमित्त निर्देशकको रूपमा डा. प्रभा कोइरालालाई तोकिएको भए पनि निमित्त निर्देशकलाई यी उपकरण खरिद गर्ने अधिकार हुँदैन। प्राप्त अधिकार पनि छोटो अवधिका लागि आउने निर्देशकले जोखिम मोलेर काम गर्न चाहँदैनन्।
जसका कारण कतिपय सामग्री खरिद हुनै सकेका छैनन् भने भएका सामग्री पनि सीमित मात्रामा खरिद गर्दा अति महँगोमा खरिद गर्नुपरेको छ। “थोरै मूल्यका सामानहरू किने पनि खरिद प्रक्रियाबाट आउँदा सस्तो पर्छ,” डा. बुढाथोकीले भने।
यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले हालै न्याम्समा उपकुलपति नियुक्ति भएको र अन्य पदाधिकारी सिनेटको बैठकले नियुक्त गर्ने भएकाले रिक्त पदाधिकारी छिट्टै पूर्ति हुने सम्भावना रहेको जानकारी दिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।