काठमाडौं उपत्यकामा तीन सातादेखि फैलिएको डेंगी संक्रमण अहिले घरघर र टोलटोल फैलिसकेको चिकित्सकहरूले जनाएका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक १ सय जनाभन्दा बढी डेंगीका बिरामी उपचार गर्न पुगेका छन्। उनीसँगै घरका सबैजनामा संक्रमण भएको भेटिएको छ। यो हिसाबले उनीहरूको परिवारसहित ४ दैनिक ४ सय जनामा संक्रमण भइरहेको देखिएको अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेर बहादुर पुनले बताए।
राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष अर्थात् भदौको १८ गतेसम्ममा देशभरिमा ५ हजार २९ जनामा डेंगी संक्रमण भइसकेको छ। सात प्रदेशमध्येमा सबैभन्दा बढी वाग्मती प्रदेशमा ३ हजार २ सय २७ जनामा? डेंगी पुष्टि भइसकेको छ। त्यसपछि लुम्बिनी प्रदेशमा ७ सय ७० जना र प्रदेश १ मा २१ जनामा डेंगी पुष्टि भइसकेको छ। सबैभन्दा बढी ललितपुरमा १८ सय ३२ जनामा डेंगी पुष्टि भएको छ। काठमडौंमा ८ सय ८८ जनामा र मकवानपुरमा ५ सय ९८ जना छन्। आइतबारसम्मा ७५ वटा जिल्लामा डेंगी फैलिइसकेको छ।
राजधानीमा मुख्य अस्पतालमामा २५ जनाभन्दा बढीको दरले डेंगीका बिरामी उपचारमा छन्। उपत्यकामा डेंगी नियन्त्रणका लागि सरकारले आइतबारदेखि लामखुट्टेको लार्भा खोजी गरी कारवाही गर्ने प्रक्रिया अघि बढाएको महाशाखाको किटजन्य शाखाले जनाएको छ। यो अभियान थप २५ दिन लाग्ने शाखाका भेक्टर इन्सपेक्टर उत्तम प्याकुरेलले बताए। ‘ उपत्यकामा साताको दुई दिन हरेक नगरपालिकामा यो अभियान सुरु भएको छ, अब बीस/पच्चीस दिन लाग्छ,’ उनले भने।
काठमाडौंजस्तो घनाबस्ती भएको सहरमा छिटो लामखुट्टे खोजी गरी त्यसको लार्भा नष्ट गर्ने विषय आफैंमा चुनौतीपूर्ण भएकाले लामखुट्टेको टोकाइबाटै बच्न अरू उपाय अपनाउनुपर्ने चिकित्सकको सुझाव छ। डेंगी सार्ने लामखुट्टे घरदेखि कार्यालय चियापसल, जहाँ पनि भेटिएको स्थिति रहेकोले सबै ठाउँमा जोखिम रहेको डा. पुन बताउँछन्। यस्तो अवस्थामा झुल टाँगेर मात्र उपाय नभएको उनको तर्क छ। काठमाडौ सहरको घनाबस्तीमा यति छिटो लामखुट्टे नष्ट अभियान सम्भव नदेखिएकोले सबैले नष्ट अभियान सकिनुअघि नै लामखुट्टेको टोकाइबाट बच्न वैकल्पिक उपाय अपनाउनु उचित रहेको चिकित्सकको सुझाव छ।
चिसो बढ्न थालेसँगै गण्डकी प्रदेशका जिल्लामा डेंगी संक्रमण ओरालो लागेको छ। यो वर्ष प्रदेशमा अहिलेसम्मकै सर्वाधिक धेरैजनामा डेंगी संक्रमण पुष्टि भएको छ। तर, पछिल्लो समय संक्रमण कम हुँदै गएको प्रदेश सरकारले बताएको छ। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ।
प्रदेश सरकारको तथ्यांक अनुसार यो वर्ष प्रदेशका सबै ११ वटै जिल्लामा संक्रमण फैलियो भने अहिलेसम्मकै बढी संक्रमित पनि यही वर्ष भएका छन्। प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार यो वर्ष प्रदेशमा अहिलेसम्म सबैगरि १८ हजार ३ सय ३९ जना संक्रमित भएका छन्। यो वर्ष प्रदेशमा अहिलेसम्म ३ जना पुरुष र ५ जना महिला गरि ८ जनाको ज्यान पनि गएको छ। प्रदेश सरकारका अनुसार २०२३ मा प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका थिए।
मन्त्रालयका स्वास्थ्य प्रशासक डा. रमेशकुमार केसीले पछिल्लो समय डेंगी संक्रमण केही कम हुँदै गएको बताए। चिसो बढ्दै गएको र नियन्त्रणका प्रयासका कारण पनि संक्रमण कमजोर बनेको उनले बताए। ‘योवर्ष डेंगीले प्रदेशमा धेरै नै अत्याएको हो। संक्रमितको संख्या अहिलेसम्मकै बढी भएका छन। अझै पनि शुन्यमा झरिसकेको भने छैन,’ उनले भने, ‘तर संक्रमित हुने दर निकै नै घटेको छ।’ उनका अनुसार दसैंपछि संक्रमण केही कमजोर हुँदै गएको थियो।
‘यो बेला संक्रमण कम हुनुमा खास कारण चिसो हो। नियन्त्रणका लागि प्रयास पनि भएका थिए। तरपनि चिसोका कारण यो बेला घटेको हो,’ उनले भने, ‘यो वर्षका लागि अब संक्रमण बढ्ने अवस्था रहन्न।’गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा यो वर्ष अहिलेसम्म सबैभन्दा बढी कास्कीमा संक्रमित भएका थिए। कास्कीमा मात्र यो वर्ष ८ हजार ९ सय ७९ जना संक्रमित बनेका थिए। त्यसपछि तनहुँमा ३ हजार ८ सय १७ जनामा संक्रमण पुष्टि भएको थियो। पर्वतमा संक्रमितको संख्या १४ सय ३१ जना थिए। बागलुङमा १३ सय ८४ जना संक्रमित बनेका थिए। गोरखामा संक्रमितको संख्या ११ सय २ रहेको छ।
त्यस्तै स्याङजामा ७ सय २६, म्याग्दीमा ४ सय ५६ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै नवलपुरमा २ सय ९७ जना, लम्जुङमा १ सय २५ जनामा संक्रमण पुष्टि भएको छ। हिमाली जिल्ला मुस्ताङमा १६ र मनाङमा ६ जनामा संक्रमण पुष्टि भएको पनि मन्त्रालयले बताएको छ। ‘प्रदेशका ११ वटै जिल्लामा यो वर्ष डेंगी संक्रमित भए। हिमाली जिल्ला पनि अछुतो रहन सकेनन,’ उनले भने।
मन्त्रालयका अनुसार यो वर्ष पनि पोखरा महानगरपालिका प्रदेशमै सबैभन्दा बढी संक्रमित बनेका थिए। कास्कीमा संक्रमित भएका ८ हजार ९ सय ७९ जनामध्ये पोखरा महानगरमा मात्र ८ हजार ८ सय ५८ जना संक्रमित बनेको पनि मन्त्रालयको भनाई छ। ‘पोखरा महानगरमै यो वर्ष प्रदेशकै सबैभन्दा बढी संक्रमित भएका छन,’ मन्त्रालयका केसीले भने। पोखरापछि तनहुँको आँबुखैरेनी, पर्वतको कुश्मा नगरपालिका, तनहुँकै ब्यास नगरपालिकामा यो वर्ष डेंगीले बढी सताएको थियो।
मन्त्रलायका अनुसार यो वर्ष सबैभन्दा बढी गत सेप्टेम्बर महिनामा संक्रमित बनेका थिए। सेप्टेम्बरमा मात्र ६ हजार २ सय ६७ जनालाई डेंगीले संक्रमित बनाएको थियो। त्यसपछि अक्टोवरमा ६ हजार ४४ जनामा संक्रमण पुष्टि भएको थियो। अगष्टमा भने ४ हजार ८५ जनामा र जुलाईमा ७ सय ३० जनामा संक्रमण पुष्टि भएको थियो।
पोखरा महानगरपालिकाका चारवटा वडा (५,८,९, १७) यो वर्ष डेंगीले बढी प्रभावित पारेको थियो। पोखराका यी वडा क्षेत्रमा घनाबस्तीसँगै मोटर ग्यारेज र कवाडी संकलन केन्द्र बढी भएकोले ती क्षेत्रमा बढी फैलिएको मन्त्रालयको भनाई छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो। त्यो संक्रमण २०२० मा १५९, २०२१ मा ९५ र २०२२ मा २३ सय ८० जनामा देखिएको थियो। प्रदेश सरकारका अनुसार २०२३ मा प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका थिए।
चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।