स्वास्थ्य कार्यालय तनहुँ भन्छः राजमार्ग बिस्तारका क्रममा खनिएका खाडल र थुपारिएका उपकरणले डेंगी संक्रमण बढायो
०५ भदौ २०८१
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
स्वास्थ्य कार्यालय तनहुँ भन्छः राजमार्ग बिस्तारका क्रममा खनिएका खाडल र थुपारिएका उपकरणले डेंगी संक्रमण बढायो

तनहुँको ब्यास नगरपालिकामा अघिल्लो वर्ष झन्डै ७ हजार जना डेंगीबाट संक्रमित बनेका थिए। सदरमुकाम दमौलीको मुख्य सहरी क्षेत्र पर्ने ब्यास नगरपालिकामा फैलिएको डेंगी संक्रमण रोक्न पोहोर नगरपालिकालाई हम्मेहम्मे नै परेको थियो। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ।  

अघिल्लो वर्ष ब्यास नगरपालिकामा जस्तै अहिले तनहुँकै आबुँखैरेनी गाउँपालिकामा डेंगीले सताएको छ। आँबुखैरेनीमा मात्र यो वर्ष मंगलबारसम्म ९ सय ८८ जनामा डेंगी संक्रमण पुष्टि भईसकेको छ। अहिले ब्यास नगरपालिकामा भने जम्मा ९८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।  

पछिल्लो चारसाता अवधिमा डेंगी संक्रमणबाट गण्डकी प्रदेशमा तीनजनाको ज्यान पनि गइसकेको छ। ज्यान गुमाउने मध्ये दुईजना तनहुँ र एकजना कास्कीका बासिन्दा छन्। पोहोर डेंगीबाट तनहुँमा पाँच र स्याङजामा दुइ गरि ७ जनाले ज्यान गुमाएका थिए। डेंगी संक्रमणबाट सताइएका ब्यास र आँबुखैरेनी पृथ्वी राजमार्गसँग जोडिएका सहरी क्षेत्र हुन्।  

पोखरा भित्रिने मुख्य सडक पृथ्वी राजमार्ग अहिले बिस्तारको क्रममा छ। बिस्तारको क्रममा रहेको राजमार्ग क्षेत्रमा अहिले ठाउँठाउँमा खाडल खनिएका छन्। ती खाडलमा लामो समयसम्म पानी जम्ने गरेको छ। त्यस्तै राजमार्ग बिस्तारका लागि उपयोग हुने ठुला उपकरण पनि सडक किनारमा ठड्याईएका छन्। ती उपकरणको छत र अन्यत्र कहिँ कतै वर्षाको पानी संकलन हुने गरेको छ।

सडकका ठाउँठाउँमा टायर देखि ड्रम थुपारिएको छ। ती ड्रम र टायरमा पनि पानी भरिएको छ। पानीले भरिएका ड्रम पनि खुला नै छन्। त्यसबाहेक कामदारले प्रयोग गर्ने भाडाकुँडा पनि यत्रतत्र छन्। ती भाडाकुँडामा पनि पानी संकलन हुने गरेको छ। त्यस्तै राजमार्गसँगै जोडेर ठाउँठाउँमा ग्यारेज पनि संचालित छन्। ती ग्यारेजमा ठडिएका सवारीमा पनि कहिँ कतै पानी संकलन हुने गरेको छ। त्यस्तै राजमार्ग बिस्तारको क्रममा भत्काइएका घरभित्र पनि पानी संकलन हुने गरेको छ।

स्वास्थ्य कार्यालय तनहुँले पोहोर दमौली र अहिले आँबुखैरेनीमा डेंगी संक्रमण तिब्र रुपमा फैलिनुको कारणबारे सुक्ष्म अध्ययन गर्यो र निष्कर्ष निकाल्यो–राजमार्ग बिस्तारका लागि खनिएका खाडल र थुपारिएका तिनै उपकरण र सामाग्रीमा संकलित पानीका कारण डेंगी फैलाउने लामखुट्टे बढेको र त्यसले राजमार्गले छोएको क्षेत्रमा संक्रमण बढेको हो। 

स्वास्थ्य कार्यालयले भने झै अहिले राजमार्गसँग सहज पहुँच भएका ठाउँमा मात्र डेंगीले सताएको छ। आँबुखैरेनी राजमार्गमै पर्छ। त्यस्तै ब्यास नगरपालिका पनि राजमार्गभित्रै समेटिएको छ। अर्को शुक्लागण्डकी नगरपालिका पनि राजमार्गमै समेटिन्छ। शुक्लागण्डकीमा पनि यो वर्ष १ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ। अर्काे बन्दीपुर गाउँपालिकामा पनि ७१ जना संक्रमित छन्। बन्दीपुरको डुम्रे बजारमै राजमार्ग छ। 

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी भन्छन्, ‘तनहुँमा पोहोर र अहिले डेंगीले सताएको छ। यसो हुनुको कारण राजमार्ग क्षेत्रमा रहेका खाडल र थुपारिएका उपकरणमा पानी जम्न गइ डेंगी फैलाउने लामखुट्टे बढ्दा संक्रमण बढेको हाम्रो निष्कर्ष छ।’ राजमार्गसँग नछोइएका भीमाद नगरपालिका र भानु नगरपालिकामा अहिलेसम्म जम्मा ५–५ जना तथा ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकामा संक्रमित नै नहुनु पनि त्यसले पुष्टि गरेको अधिकारीको दावि छ।  

‘बन्दीपुरको डुम्रे बजारमा संक्रमित छन, तर, त्यसैको ग्रामिण क्षेत्रमा संक्रमित भेटिएका छैनन्। यसो हुनुको कारण डुम्रेमा राजमार्ग बिस्तारको क्रममा घरहरु भत्काइएका छन्। राजमार्ग बिस्तारका लागि आवश्यक पर्ने उपकरणदेखि ड्रम त्यहाँ थुपारिएको छ। त्यस्तै सडक किनारमा खाडल पनि छन्। त्यसले गर्दा लामखुट्टे फैलाउन सहज भयो,’ उनले भने, ‘लामखुट्टे फैलिएसँगै संक्रमण पनि बढेको हो। डेंगी फैलाउने लामखुट्टेका लागि सफा पानी नै काफी छ। सडक किनारदेखि भत्किएका घर र सडक किनारमा थुपारिएको भाँडामा पानी संकलन हुने गरेको छ।’

राजमार्गसँग जोडिएको सहरी क्षेत्रमा मात्र अहिले संक्रमण तिब्र रहेको उनले बताए। ‘सबैभन्दा बढी संक्रमित भएको आँबुखैरेनी गाउँपालिकाको सहरी क्षेत्रमा मात्र बढी संक्रमित छन्। त्यही गाउँपालिकाको ग्रामिण क्षेत्रमा भने समस्या छैन,’ अधिकारीले भने, ‘राजमार्गका छेउछाउमा यत्रतत्र रहेका कवाडी संकलन केन्द्र, ग्यारेजका कारण पनि डेंगी संक्रमण फैलिएको हो।’ 

संक्रमण कम गर्नका लागि सचेतना जगाउने सम्भव भएसम्मका कार्यक्रम गरेको भएपनि राजमार्गका खाडल पुर्ने र कवाडी हटाउने तथा ग्यारेज बिस्थापन र राजमार्ग बिस्तारका लागि थुपाएिका सामान पन्छाउने हैसियत स्वास्थ्य कार्यालयसँग नरहेको उनले बताए।  

‘राजमार्गले छोएको ठाउँमा मात्र संक्रमित बढी हुनु, तर अन्यत्र नहुनुले पनि राजमार्गकै कारण संक्रमण फैलिएको भन्न सकिने अवस्था छ,’ अधिकारीले भने, ‘हामीले राजमार्गमा परेका खाडल पुनै बेलैमा अनुरोध गरेका हौ। तर, त्यसमा खासै सुनुवाई पनि भएन। त्यसका कारण अहिले संक्रमण रोक्न हम्मेहम्मे परेको छ।’  

प्रदेशको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक डा.रमेशकुमार केसीका अनुसार गण्डकी प्रदेशमा सबैगरि करिब २८ सय भन्दा बढी जनामा यो वर्ष डेंगी संक्रमण फैलिएको छ। ती मध्ये तनहुँमा १३ सय २३, कास्कीमा ९ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै पर्वतमा १ सय ७०, गोरखामा ९३, स्याङजामा ८९, बागलुङमा ७६, म्याग्दीमा ५९, लमजुङमा ५६, नवलपुरमा ३० र मनाङमा २ जनामा संक्रमण पुष्टि भएके छ।  

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो। त्यो संक्रमण २०२० मा १५९, २०२१ मा ९५ र २०२२ मा २३ सय ८० जनामा देखिएको थियो। प्रदेश सरकारका अनुसार २०२३ मा प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका थिए।  

चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगी सर्छ। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ। यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ। फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम रहने स्वास्थ्यकर्मीको भनाई छ।  

पोखरामा २०७२÷७३ सालदेखि डेंगी देखिन थालेको थियो। सुरुका तीनवर्ष पोखरामा एकएकजना मात्र डेंगीका बिरामी भेटिएकोमा चौथो वर्ष ५७१ जना बिरामी परेका थिए। त्यसपछिको वर्ष भने त्यो संख्या झन्डै २ हजार पुगेको थियो। डेंगी फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ। खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा फुल पार्छ। त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्।  

चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।

लोकप्रिय
अर्को समाचार
चिसो बढेसँगै डेंगी संक्रमित घट्दै
२९ कार्तिक २०८१
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
चिसो बढेसँगै डेंगी संक्रमित घट्दै

चिसो बढ्न थालेसँगै गण्डकी प्रदेशका जिल्लामा डेंगी संक्रमण ओरालो लागेको छ। यो वर्ष प्रदेशमा अहिलेसम्मकै सर्वाधिक धेरैजनामा डेंगी संक्रमण पुष्टि भएको छ। तर, पछिल्लो समय संक्रमण कम हुँदै गएको प्रदेश सरकारले बताएको छ। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ।

प्रदेश सरकारको तथ्यांक अनुसार यो वर्ष प्रदेशका सबै ११ वटै जिल्लामा संक्रमण फैलियो भने अहिलेसम्मकै बढी संक्रमित पनि यही वर्ष भएका छन्। प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार यो वर्ष प्रदेशमा अहिलेसम्म सबैगरि १८ हजार ३ सय ३९ जना संक्रमित भएका छन्। यो वर्ष प्रदेशमा अहिलेसम्म ३ जना पुरुष र ५ जना महिला गरि ८ जनाको ज्यान पनि गएको छ। प्रदेश सरकारका अनुसार २०२३ मा प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका थिए।  

मन्त्रालयका स्वास्थ्य प्रशासक डा. रमेशकुमार केसीले पछिल्लो समय डेंगी संक्रमण केही कम हुँदै गएको बताए। चिसो बढ्दै गएको र नियन्त्रणका प्रयासका कारण पनि संक्रमण कमजोर बनेको उनले बताए। ‘योवर्ष डेंगीले प्रदेशमा धेरै नै अत्याएको हो। संक्रमितको संख्या अहिलेसम्मकै बढी भएका छन। अझै पनि शुन्यमा झरिसकेको भने छैन,’ उनले भने, ‘तर संक्रमित हुने दर निकै नै घटेको छ।’ उनका अनुसार दसैंपछि संक्रमण केही कमजोर हुँदै गएको थियो। 

‘यो बेला संक्रमण कम हुनुमा खास कारण चिसो हो। नियन्त्रणका लागि प्रयास पनि भएका थिए। तरपनि चिसोका कारण यो बेला घटेको हो,’ उनले भने, ‘यो वर्षका लागि अब संक्रमण बढ्ने अवस्था रहन्न।’

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा यो वर्ष अहिलेसम्म सबैभन्दा बढी कास्कीमा संक्रमित भएका थिए। कास्कीमा मात्र यो वर्ष ८ हजार ९ सय ७९ जना संक्रमित बनेका थिए। त्यसपछि तनहुँमा ३ हजार ८ सय १७ जनामा संक्रमण पुष्टि भएको थियो। पर्वतमा संक्रमितको संख्या १४ सय ३१ जना थिए। बागलुङमा १३ सय ८४ जना संक्रमित बनेका थिए। गोरखामा संक्रमितको संख्या ११ सय २ रहेको छ।

त्यस्तै स्याङजामा ७ सय २६, म्याग्दीमा ४ सय ५६ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै नवलपुरमा २ सय ९७ जना, लम्जुङमा १ सय २५ जनामा संक्रमण पुष्टि भएको छ। हिमाली जिल्ला मुस्ताङमा १६ र मनाङमा ६ जनामा संक्रमण पुष्टि भएको पनि मन्त्रालयले बताएको छ। ‘प्रदेशका ११ वटै जिल्लामा यो वर्ष डेंगी संक्रमित भए। हिमाली जिल्ला पनि अछुतो रहन सकेनन,’ उनले भने।  

मन्त्रालयका अनुसार यो वर्ष पनि पोखरा महानगरपालिका प्रदेशमै सबैभन्दा बढी संक्रमित बनेका थिए। कास्कीमा संक्रमित भएका ८ हजार ९ सय ७९ जनामध्ये पोखरा महानगरमा मात्र ८ हजार ८ सय ५८ जना संक्रमित बनेको पनि मन्त्रालयको भनाई छ। ‘पोखरा महानगरमै यो वर्ष प्रदेशकै सबैभन्दा बढी संक्रमित भएका छन,’ मन्त्रालयका केसीले भने। पोखरापछि तनहुँको आँबुखैरेनी, पर्वतको कुश्मा नगरपालिका, तनहुँकै ब्यास नगरपालिकामा यो वर्ष डेंगीले बढी सताएको थियो।  

मन्त्रलायका अनुसार यो वर्ष सबैभन्दा बढी गत सेप्टेम्बर महिनामा संक्रमित बनेका थिए। सेप्टेम्बरमा मात्र ६ हजार २ सय ६७ जनालाई डेंगीले संक्रमित बनाएको थियो। त्यसपछि अक्टोवरमा ६ हजार ४४ जनामा संक्रमण पुष्टि भएको थियो। अगष्टमा भने ४ हजार ८५ जनामा र जुलाईमा ७ सय ३० जनामा संक्रमण पुष्टि भएको थियो।  

पोखरा महानगरपालिकाका चारवटा वडा (५,८,९, १७) यो वर्ष डेंगीले बढी प्रभावित पारेको थियो। पोखराका यी वडा क्षेत्रमा घनाबस्तीसँगै मोटर ग्यारेज र कवाडी संकलन केन्द्र बढी भएकोले ती क्षेत्रमा बढी फैलिएको मन्त्रालयको भनाई छ।  

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो। त्यो संक्रमण २०२० मा १५९, २०२१ मा ९५ र २०२२ मा २३ सय ८० जनामा देखिएको थियो। प्रदेश सरकारका अनुसार २०२३ मा प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका थिए।  

चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस