‘सुत्केरीले सेवा नपाए, स्वास्थ्यकर्मीले पनि तलब नपाउने’
२१ कार्तिक २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
‘सुत्केरीले सेवा नपाए, स्वास्थ्यकर्मीले पनि तलब नपाउने’

कालीकोटको पलाँता गाउँपालिका–८ थिर्पुस्थित स्वास्थ्यचौकीमा कर्मचारी नहुँदा सुत्केरीले राम्रो उपचार पाएनन्। स्थानीयवासी जनबहादुर रोकायाकी श्रीमती छाइला रोकायाले शुक्रबार स्वास्थ्यचौकीमा सुत्केरी हुन आउदा स्वास्थ्यकर्मी नभेटिएपछि उनी चौकीकै प्राङ्गणमा सुत्केरी भइन्। उनले छोरी जन्माइन्।

सुत्केरीले उपचार नपाएपछि स्वास्थचौकी थिर्पुमा तिहारकै दिन गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले अनुगमन गर्दै सेवाग्राहीको उपचारमा संग्लन नभएका स्वास्थ्यकर्मीले तलब नपाउने बताए। स्वास्थ्य चौकीमा तीन अनमी, एक स्वास्थ्य सहायक, दुई अहेब, तीन कार्यालय सहयोगी, एक चौकीदार र एक बगैँचा व्यवस्थापन गर्ने गरी ११ जना कार्यरत छन्। सबै कर्मचारी तिहार बिदामा घर गएकाले स्वास्थ्यचौकीमा कोही नभएको अध्यक्ष बमले बताए।  

‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा लापरवाही गर्ने कर्मचारीलाई हामीले कसरी राज्यको तलब दिएर राख्न सक्छौं’, उनले भने, ‘चाडबाडका बेला एकजना कर्मचारी स्वास्थ्य चौकीमा नहुनु विडम्बना हो।’

गाउँपालिका अध्यक्ष बमका अनुसार स्वास्थ्यचौकीका दुई कर्मचारी अवकाश पाएको र सात कर्मचारीको कात्तिक महिनाको तलब कट्टा गरेर स्वास्थ्य चौकीको सुत्केरी कक्षको व्यवस्थापन गरिने बताए।

तिहारको बेला ढोका बन्द गरेर बसेका स्वास्थकर्मीले सामान्य बिरामीको उपचारसमेत नपाएको गुनासो भए पनि गाउँपालिकाले बाध्य भएर त्यही आधारमा कारवाही गरिने अध्यक्ष बमले जानकारी दिए।

‘तीन महिनासम्म अनुपस्थित सबैको प्रोत्साहान भत्ताबापत पाउने मासिक रु सात हजार र दुई दिनअघि धौलागोह र दैनिकरको स्वास्थ्य संस्था अनुगमन गर्दा धौलागोहमा दुई अनमी र दैनिकरमा एक अनमीको पनि तलब काट्ने निर्णय भएको छ’, उनले भने, ‘गाउँपालिकाभित्र ७२ शिक्षक, ३१ स्वास्थ्यकर्मी, चार प्राविधिक र २७ प्रशासनतर्फका कर्मचारीले कात्तिक महिनाको आधा वा आंशिक र कही कर्मचारीको पूरै महिनाको तलब कटौती हुनेछ।’ रासस

लोकप्रिय
अर्को समाचार
बाजुरामा चार वर्षमा ११ जना सुत्केरीले ज्यान गुमाए
३० फागुन २०७९
६ मिनेट पाठ
संग्रह
Email
ईमेल
बाजुरामा चार वर्षमा ११ जना सुत्केरीले ज्यान गुमाए

राज्यले सुरक्षित मातृत्व सुरक्षा नीति लिएको छ। तर त्यसको प्रभावकारी कार्यान्वयन नहुँदाको परिणाम बाजुरामा ४ वर्षको अवधीका मात्रै ११ जना सुत्केरीले ज्यान गुमाई सकेका छन्। सुरक्षा, संरक्षण, उद्दार र उपचार पद्दतीकै कमजोरीका कारण ती आमाहरुको अकालमै ज्यान गएको हो।

दुर्गमका लागि आकस्मीक उद्दार सेवा, नियमित स्वास्थ्य जाँच सहीतको गाउँ गाउँमा सुरक्षित सुत्केरी सेवा सञ्चालनमा छन्। तर पनि अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता दुर्गमका जिल्लामा कायमै छ। समयमै स्वास्थ्य संस्था पुर्याउन नसक्दा, लामो समय अत्याधिक रक्त श्राप हुँदा, खानपान र पोषण कमीकाका कारण ती आमाहरुको ज्यान गएको देखिन्छ।

२०७६ यता ११ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय बाजुरासँग तथ्याक छ। ज्यान गुमाएका मध्ये अधिकांश घरबाट स्वास्थ्य संस्था लैजादै गर्दा, कुपोषणले स्वास्थ्य अवस्था कमजोर भएर बच्चा जन्माउन नसक्दा वा रक्तश्राप हुँदा, नियमित स्वास्थ्य जाँच नगराउँ वा सुत्केरी अवस्थाका जोखिमबारे सचेतना कमीका कारण समस्या निम्तिएको अवस्था छ।

स्वास्थ्य संस्थाबाट गाउँ टाढा हुने, बोकेर लैजान समय बढी खर्च हुने प्रमुख समस्या भएपनि कतिपय परिवारले अझै स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनु पर्छ भन्ने मान्यता नै नराख्ने गरेको अवस्था छ। समस्या परिसकेपछि मात्रै स्वास्थ्य संस्थाको खोजी गर्ने परिपार्टीले पनि आमाहरुको ज्यान जोखिममा हुने गरेको स्वास्थ्य कर्मीको भनाइ छ।

यही फागुन २४ गतेमात्रै बाजुराको बुढीगंगा नगरपालिका २ बजेडीमा १७ वर्षिय सुत्केरी आमाको मृत्यु भएको छ। राज्यले २० वर्ष नपुगी विहे गर्ने र बच्चा जन्माउने अधिकार नै दिएको छैन्। १८ वर्ष उमेर नपुगी हुने शारिरीक सम्बन्धलाई समेत वैधानिकता दिएको छैन्, र मञ्जुरीमा भएको भएपनि बलात्कार ठहर हुने भनिएको छ।

तर बाजुराको विडम्बना यहाँ १७ वर्षकै उमेर सुत्केरी भएर आमाले ज्यान गुमाइसकेका छन्। ज्यान गुमाएकी १७ वर्षीय लक्ष्मी ल्हारले अछामको बयालगडा अस्पताल लिदै गर्दा बाटोमै मृत्यु भएको हो। पहिलो पटक गर्भवती बनेकी लक्ष्मीले दुई बच्चाको जन्म दिएकी थिइन्।

ब्रह्मतोला स्वास्थ्य चौकी गाउँबाट घण्टा लामो पैदल यात्रामा छ। घरमै हुँदा पनि केही नहुने परिवारको जिद्दीपछि लक्ष्मीले जुम्ल्याहा मध्ये पहिलो सन्तान घरमै जन्माएकी थिइन्। कलिलो उमेर, कमजोर शरिर र कुपोषण अवस्थाको स्वास्थ्यले उनलाई दुई सन्तान जन्माउन कठिन थियो।

पहिलो बच्चा जन्मीसकेपछि पनि उनको पेट दुख्न रोकिएन्, आफन्तले अन्तिम अवस्था पुगेपछि मात्रै स्वास्थ्य संस्था पुर्याएका थिए। स्वास्थ्य चौकी पुगे लगत्तै अर्को बच्चा जन्माइन्। त्यतिहुँदा पनि लक्ष्मीलाई शारिरीक पीडाले च्यापी रह्यो। अन्तिम अवस्था थियो, लगातार रगत बगिरदा पीडा झन थपियो। समाधान सहज नै थिएन्, अन्तिम अवस्थामा पुगसिकेकोले हतारमा नजिकै पर्ने बयालगडा अस्पताल रिफर गरिएको स्वास्थ्य कर्मी आशा थापाले बताइन्। समयमै स्वास्थ्य संस्था नआउँदा नै त्यो अवस्था आइलागेको स्वास्थ्य कर्मीको निष्कर्ष छ।

ब्यथाले च्यापी सकेको अवस्थामा पनि समयमै हेलिकप्टर मार्फत उद्दार गर्न सकिएको भए बाँच्न सक्थीन कि भन्ने परिवारको आश थियो। तर त्यो तत्काल संभव नदेखेपछि स्वास्थ्य कर्मीले जीपमै लैजान सुझाव  दिएका थिए।  

जन्माएका दुई सन्तान मध्ये स्वास्थ्य संस्थामा जन्मिएको सन्तान जीवीत छ। थप उपचारका लागि नवजात शिशुलाई काठमाडौ पठाइएको स्वास्थ्य संस्थाले बताएको छ। परिवारको लापरवाही, सुविधायुक्त उपचार पद्दती र दक्ष स्वास्थ्य कर्मीको अभाव, कम उमेरमै विवाह र बच्चा जन्माउने निर्णय, भौगोलिक कठिनाई र नियमित स्वास्थ्य जाँचमा गरिएको लापरवाही अनि पोषीलो खानेकुराको कमी लक्ष्मी ल्वारको मृत्युका प्रमुख कारण हुन्।

लक्ष्मीको मृत्युकै कारण अन्य सुत्केरी आमाको हकमा पनि मिल्दा जुल्दा छन्। ज्यान गुमाएका अन्य सुत्केरीको मृत्युको कारण पनि लक्ष्मीसँग नै मेल खाने छन्। राज्यको स्वास्थ्य सुरक्षा नीति, परिवारको लापरवाही र स्वयम श्रीमान श्रीमतिको संवेदनशिल नहुनु समस्या बन्ने गरेको छ।

तीन महिला पहिला मात्रै बुढीगंगा नगरपालिका ६ की नीतु जैशीको मृत्यु भएको थियो। २० वर्षीया जैशीको पनि अत्याधिक रक्तश्राप भएपछि मृत्यु भएको हो। यी प्रतिनिधी उदारण मात्रै हुन्। बाजुरामा २०७६ सालमा ५ जना, २०७७ सालमा १ जना, २०७८ मा २ जना र २०७९ मा हालसम्म ३ जनाले ज्यान गुमाई सकेका छन्।

२०७६ सालमा जगन्नाथ गाउँपालिका ५ गोत्री बस्ने ३५ वर्षीया पुल्ती रावल, बडिमालिका नगरपालिका ७ जिल्लीकी बसन्ती नेपाली, बुढीनन्दा नगरपालिका १० पाण्डुसैनकी ३५ वर्षीया निर्मला बोहारा, त्रिवेणी नगरपालिका १ छताराकी ३७ वर्षकी रेजीया नेपाली, र बुढीगंगा नगरपालिका ७ झालि बस्ने २० वर्षकी कमला उखेडाको मृत्यु भएको थियो।

२०७७ सालमा बुढीनन्दा नगरपालिका ४ कुरुमा २३ वर्षीया अम्बाकला रोकायाकाको ज्यान गयो। रोकायाको गाउँबाट ४ घण्टाको पैदल दुरीमा पर्ने कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।

२०७८ साल साउनमा त्रिवेणी नगरपालिकाको किम्नीकी २० वर्षीय जौलादेवी बिकको बच्चा पाएको १० दिन पछि अत्याधिक रक्तस्राबको कारणले मृत्यु भयो। हिमाली गाउँपालिका ४ तिथिचौर बस्ने २१ वर्षीया गंगा चदाराको बच्चा जन्माएको केही समयमै रक्तस्राबका कारण ज्यान गयो।

२०७९ मा मात्रै तीन जनाले ज्यान गुमाइ सको छन्। बुढीगंगा नगरपालिका ६ की नीतु जैशी, बडीमालिका नगरपालिका १ पिनालेख बस्ने रमेश बिककी २६ बर्षीय श्रीमति जानकी विक लुवार र बुढीगंगा नगरपालिका २ बजेडीकी लक्ष्मी ल्वारको मृत्यु भएको छ।

ज्यान गुमाएका मध्ये ७ जनाको स्वास्थ्य संस्थामै मृत्यु भएको हो। बाँकी एकजनाको घरमा र तीन जनाको बाटोमा मृत्यु भएको हो। मृत्युको प्रमुख कारण स्वास्थ्य कर्मीले चेतना स्तरको कमि नै भन्ने गरेका छन्। समयमै स्वास्थ्य अवस्था बारे सचेत र जिम्मेवार नहुनु नै मृत्युको पहिलो कारण, हो, त्यस पछि खानपान, स्वास्थ्य जाँच र स्वास्थ्य उपचार सुविधा पर्छन्, स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख जनस्वास्थ्य अधिकृत महेश चन्द्र बताउँछन्।

उसोत स्वास्थ्य सेवाको विषय र स्वास्थ्य कर्मीको दक्षताको समस्या छ, नै तर त्यो भन्दा महत्वपूर्ण समस्या धेरै बच्चा जन्माउनु, त्यो पनि कम उमेरमा बच्चा जन्माउनु, नियमित स्वास्थ्य जाँच नगर्नु र घरमै सुत्केरी गराउन तयार हुनु, समस्या समयमै स्वास्थ्य कर्मीलाई नबताउनु पहिलो कारण हो, भन्छन्, बाजुुरा अस्पतालका प्रमुख डाक्टर प्रेरित देवकोटा।

चेकजाँचकै लागि भएपनि गाउँमा स्वास्थ्य चौकी, शहरि स्वास्थ्य केन्द्र, गाउँ घर क्लीनिक, र टोलसम्म महिला स्वास्थ्य स्वयम सेविका हुनु हुन्छ, उहाँसँग पनि समयमै जानकारी गराउन सकेपनि धेरै आमाको ज्यान सुरक्षित हुने शंका छैन्, पहिलो कुरा सबै परिवार सचेत र जिम्मेवार हुनु पर्छ, डाक्टर प्रेरितले थप्नु हुन्छ।

सरकारले हवाई उद्दारको सुविधा दिएको छ। बाजुराका मात्र २ दर्जन बढीले सुविधा लिएका छन्। त्यो हुँदाहुदै पनि अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता बाजुरा बासीका लागि नियति नै बनेको छ।  

यहाँका महिलाहरुलाई कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउने जस्ता समस्याले पनि अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ। अधिकांशको स्वास्थ्य कमजोर छ। कुपोषण आमाहरुकै संख्या बढी देखिन्छ।  

प्रमुख समस्याको रुपमा रहेको अकाममै ज्यान गुमाउनु पर्ने कुरामा स्थानीय तह समेत जिम्मेवार हुनु पर्ने हुन्छ। निशुल्क एम्बुलेन्स र २४ घण्टै सुत्केरी सेवालाई थप व्यवस्थीत गर्न आफूहरु जिम्मेवार रहेको भन्छन, बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनीया।

कमजोर स्वास्थ्यकै कारण यहाँका सुत्केरी, गर्भवती र अन्य आमाहरुले ४० नपुगी ज्यान गुमाउनु पर्ने अवस्था छ। सहीतको सेवाका लागि स्वास्थ्य उपचार, स्वास्थ्य सेवाको सहज पहुँच, खानपानमा सुधार र नियमित स्वास्थ्य जाँचमा ध्यान नदिए यो समस्या घट्नुको साँटो बढ्ने देखिन्छ।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस