कोभिसिल्ड दोस्रो खोप लगाएका चिकित्सकमा कोरोना पोजेटिभ
०७ वैशाख २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोभिसिल्ड दोस्रो खोप लगाएका चिकित्सकमा कोरोना पोजेटिभ

विश्वव्यापी महामारी कोभिड–१९ को जोखिमबाट बच्न नेपालमा दोस्रो चरणको खोप कार्यक्रम सुरु भइरहेको छ। सुरुमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलगायतका पेशाकर्मीबाट सुरु गरिएको कोभिसिल्ड खोपको दोस्रो डोज स्वास्थकर्मीहरूले लगाइसकेका छन्। त्यसरी दोस्रो चरणको खोप लगाइसकेका कतिपय स्वास्थकर्मीलाई भने कोरोना संक्रमण देखिएको छ।  

काठमाडौंको निजामती कर्मचारी अस्पतालमा कार्यरत हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. कपिलमणि केसीमा कोभिसिल्डको दोस्रो खोप लगाएको करिब तीन सातापछि कोरोना संक्रमण देखिएको छ। अस्पतालबाट केही समयको बिदा लिएर रूपन्देही गएका उनलाई कोभिशिल्डको दोस्रो खोप लगाएपछि कोरोना पोजेटिभ देखिएको हो। करिब एक सातादेखि उच्च ज्वरो आउने, टाउको दुख्नेलगायतका लक्षण देखिएपछि पिसिआर जाँच गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको उनले बताए।

‘दोस्रो चरणको खोप लगाइसकेको करिब तीन सातापछि कोरोनसँग मिल्दो लक्षण देखियो। पिसिआर जाँच गराउँदा पोजेटिभ देखियो,’ उनले भने। लक्षण देखिएपनि खोप लगाइसकेकाले सुरुमा कोरोना भयो भन्नेमा ध्यानै नगएको उनको भनाइ छ। एक सातासम्म स्वास्थ्यमा निरन्तर समस्या हुँदै स्वास्थ्य जटिल हुँदै गएपछि मात्र पिसिआर जाँच गर्न गएको उनले बताए। डा. केसीले भ्याक्सिनले उच्चतम सुरक्षा (पिक प्रोटेक्सन) दिने चरणमा आफू संक्रमित भएको बताए।  

‘दोस्रो चरणको भ्याक्सिन लगाएको तीन साता भनेको उच्चतम सुरक्षा प्रदान गर्ने समय हो तर म त्यही बेलामा संक्रमित भएर थला पर्नुप¥यो,’ उनले भने। डा. केसीमा पहिलो खोप लगाएपछि ज्वरो आउने, खोकी लाग्ने, आवाज बस्नेलगायतका समस्या देखिएको थियो। पहिलो खोप लगाएको करिब एक महिनासम्म विभिन्न समस्या (साइड इफेक्ट) देखिएको भएपनि दोस्रो खोप लगाउँदा भने त्यस्तौ कुनै समस्या नभएको उनले बताए।

रूपन्देहीमै अर्का एक चिकित्सकलाई पनि दोस्रो चरणको खोप लगाएपछि कोरोना संक्रमण भएको डा. केसीले जानकारी दिए। ती चिकित्सकमा भने सामान्य किसिमका लक्षण देखिएको र पिसिआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको थियो।  

केही दिनअघि भारतको नयाँ दिल्लीस्थित सत्यवादी राजा हरिसचन्द्र अस्पतालमा कार्यरत एक नर्स पनि कोभिसिल्डको दोस्रो खोप लगाएको एक महिनापछि कोरोना संक्रमित भएकी थिइन्। विज्ञहरूले उक्त घटनालाई आश्चर्यजनक नभएको बताएका थिए। तथापि खोप सत प्रतिशत प्रभावकारी रहेको उनीहरूको तर्क थियो। भारतकै मध्यप्रदेशको गान्धी मेडिकल कलेजमा कार्यरत एक वरिष्ठ चिकित्सकमा पनि कोभिसिल्डको दोस्रो खोप लगाएपछि पनि कोरोना संक्रमण देखिएको थियो। उनले मार्च १ मा दोस्रो खोप लगाएकामा मार्च १० मा कोरोना संक्रमण देखिएको थियो।  

नेपालमा पहिलो चरणमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको र भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको खोप वितरण गरिएको थियो। उक्त खोपलाई कोरोनासँग लड्ने प्रभावकारी खोपमा रूपमा हेर्ने गरिएको छ। 

लोकप्रिय
अर्को समाचार
विपन्न वर्ग राहतबाट विमुख, सांसदलाई उपचार खर्च
०२ भदौ २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
विपन्न वर्ग राहतबाट विमुख, सांसदलाई उपचार खर्च

गोलबजार नगरपालिका–१०, धोवियाधारकी सीता सदा वैशाखको दोस्रो साता कोरोना पोजेटिभ भइन्। उनीसँगै उनको परिवारै संक्रमित भयो। उनीहरूले ऋण लिएर औषधिउपचार गराए। अहिलेसम्म उनको परिवारले सरकारबाट राहत पाएको छैन ।

सीताको तीनजनाको परिवार ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्छ। दैनिक ज्याला मजदुरी नगरे हातमुख जोड्न समस्या पर्छ। पोहोर कोरोनाका कारण काम नपाउँदा गुजारा चलाउन ऋण लिइयो। त्यो ऋण चुक्ता गर्न नपाउँदै कोरोनाको दोस्रो लहर सुरु भयो। पहिलो लहरमा संक्रमणबाट जोगिए पनि दोस्रो लहरमा सीताको परिवारै संक्रमित भएपछि औषधोपचारमा करिब २५ हजार ऋण लागेको छ। सीता मात्र होइन, यहाँका २२ जना विपन्नको हालत उस्तै छ। कोरोनाको उपचार गराउँदा लागेको ऋणले विपन्न परिवारका सदस्यहरू पिरोलिएका छन्। स्थानीय र प्रदेश सरकारको ध्यान यसतर्फ पुग्न सकेको छैन। विपन्न वर्गले ऋण लिएर उपचार गराउनुपर्ने बाध्यता छ।  

उपचार गराउन पनि ऋणको बोझ बोक्नुपर्ने विपन्नलाई नदेख्ने प्रदेश सरकार सांसद र सम्पन्न व्यक्तिको उपचार खर्च बेहोर्न भने पछि परेको छैन। प्रदेश सरकारले गोलबजार नगरपालिका निवासी प्रदेशसभा सदस्य रामकुमार यादवलाई उपचार खर्चबापत ५ लाख रूपैयाँ दिएको छ। सिरहा क्षेत्र नं. ३ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित सांसद यादवलाई ०७८ असार ३ गते उपचार खर्चबापत ५ लाख रूपैयाँ प्रदेश सरकारले दिएको हो ।

प्रदेश सरकारले उपचार खर्च उपलब्ध गराउने यादव एक्ला सांसद होइनन्। प्रदेश सरकारले सांसद शिवचन्द्र चौधरीलाई ४ लाख ५० हजार, सांसद अशोक यादवलाई २ लाख, सांसद भीमा यादवलाई १ लाख ५० हजार, करिमा बेगमलाई १ लाख, जगतारैनदेवी सुंडीलाई ९२ हजार २ सय ५० रूपैयाँ उपचार खर्चबापत उपलब्ध गराएको छ ।

आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७६ को दफा ३ को उपदफा (१) मा ‘प्रदेशभित्रका असहाय, विपन्न, अशक्त तथा गम्भीर प्रकृतिको रोग लागेका व्यक्तिलाई निजको जीवनयापन वा औषधिउपचारका लागि प्रदेश सरकारले सहयोगस्वरूप आर्थिक सहायता प्रदान गर्न सक्ने छ’ भन्ने उल्लेख छ।  

निर्देशिकामा वर्गअनुसार सहायताको रकमसमेत तोकिएको छ। निर्देशिकाको दफा ३ को उपदफा (३) मा ‘असहाय व्यक्तिलाई प्रतिव्यक्ति २५ हजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म सहायता उपलब्ध गराउन सकिने भनिएको छ। विपन्न वर्गका व्यक्तिलाई २५ हजार रूपैयाँदेखि ५० हजार रूपैयाँसम्म, अशक्त व्यक्तिलाई ५० हजार रूपैयाँदेखि दुई लाख रूपैयाँसम्म र गम्भीर प्रकृतिको रोग लागेका व्यक्तिलाई बढीमा तीन लाख रूपैयाँसम्म’ उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ। विपन्न तथा गरिबलक्षित राहतबाट सम्बन्धित पक्ष वञ्चित हुने तर सांसद र सम्पन्न व्यक्तिलाई उपचार खर्चबापत आर्थिक सहयोग गर्नु विडम्बना भएको सीताले बताइन् ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस