काठमाडौं मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले आचरण विपरित काम गरेका एक जना विद्यार्थीको विषयलाई लिएर शिक्षा मन्त्री अशोक राईले निलम्बन फुकुवा गर्न पत्र लेख्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्।
काठमाडौँ मेडिकल कलेज (केएमसी) ले एक महिनाका लागि निलम्बन गरेका डा.विशद दाहालको निलम्बन फुकुवाका लागि शिक्षामन्त्री अशोक राईले मङ्गलवार निर्देशनसहितको पत्र पठाएपछि केएमसी सञ्चालक शर्माले शिक्षा मन्त्रीको कदम हास्यास्पद र लज्जास्पद भएको टिप्पणी गरेका हुन्।
शिक्षा मन्त्री राईले पदको दुरुपयोग गरेर कलेजलाई पत्र पठाएको भन्दै सञ्चालक शर्माले अब कानूनी बाटो खोज्ने चेतावनी दिए।
मन्त्री जस्तो व्यक्तिले आचरण विपरीत काम गरेका एक जना विद्यार्थीलाई निलम्बन गरेको विषयलाई लिएर पत्र काट्नु हास्यास्पद र लज्जास्पद हो,’ काँग्रेस सांसदसमेत रहेका शर्माले भने, शिक्षा मन्त्रीको चिठ्ठीले हामीलाई केही फरक पर्दैन। हामी ३५ दिन भित्र अदालत जान्छौ।’ शिक्षा मन्त्रालयमा सोमबार भएको छलफलपछि वार्ता गरेर समाधान गर्ने तयारी भइरहेको बेला मन्त्रीको चिठ्ठीले वातावरण थप बिगारेको उनको भनाइ छ।
केएमसीमा अध्ययनरत डा.दाहालले स्वास्थ्य शिविरको विरोध गरेको भन्दै कलेजले एक महिना निलम्बन गरेपछि १३ दिन अघिदेखि कलेजमा आन्दोलन सुरु भएको हो। निलम्बन गरिएका दाहाललाई कलेज प्रशासनले प्रवेश दिएको छैन। यही विषयमा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सांसद डा. तोसिमा कार्की लगायतले मन्त्रालयले केही नगरेको भन्दै हरेक दिन प्रश्न उठाएपछि शिक्षामन्त्री अशोक राईले विश्वविद्यालयलाई निलम्बन फुकुवा गर्न निर्देशन दिएका हुन्।
जनता समाजवादी पार्टी फेरि फुटेको छ। २०७७ सालको वैशाखमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भई निर्माण भएको जसपा फेरि विभाजित भएको हो।
आइतबार दिउँसो अशोक राई, प्रदीप यादव, नवलकिसाेर शाह, वीरेन्द्र महताेलगायताका नेताहरू निर्वाचन आयोग गएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्।
उनीहरुले पार्टीको नाम पछाडि नेपाल शब्द हटाएका छन्। यसअघि जसपा दुई पटक फुटिसकेको छ। वि.स. २०७८ मा महन्थ ठाकुरले जसपा फुटाएर लोकतान्त्रिक समाजवादी पार्टी बनाए। वि.स. २०७८ सालमा डा.बाबुराम भट्टलाईले जसपा फुटाएर नेपाल समाजवादी पार्टी बनाएका थिए ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।