आयोग र काउन्सिलप्रति अपेक्षा
२२ कार्तिक २०७९
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
आयोग र काउन्सिलप्रति अपेक्षा

राज्यका निकायहरू प्रेसलाई तह लगाउने तथा अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने अवसरका रूपमा निर्वाचनलाई प्रयोग गर्न थालेका छन्। अनुशासनको डन्डा बजारेर प्रेसलाई ठीक पार्न सकिन्छ कि भन्ने तिनलाई लागेको हुन सक्छ। संविधानले प्रेसलाई स्वतन्त्र राखेको छ। सार्वभौमसत्ता सम्पन्न नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिएको छ। नागरिकले आफूलाई लागेका कुरा अभिव्यक्त गर्न सक्छन्। शक्तिको उन्माद चढेपछि संविधानले अरूलाई दिएको अधिकारको खासै ख्याल हुँदैन। यस्ता बेलामा आफूले जति बढी अधिकारसम्पन्न भएको देखाउन सक्यो उति राम्रो हुन्छ भन्ने सोच राज्यका निकायमा देखिन्छ।  

प्रेसको अनुगमन गर्ने नाममा यतिबेला निर्वाचन आयोग र प्रेस काउन्सिल नेपालको प्रतिस्पर्धा भइरहेको छ। सम्पादकका नाममा २४ घन्टे पुर्जी काट्दा यी संस्थाको गरिमा बढेको छ वा घटेको छ, आफैले जान्ने कुरा हो। पटक–पटक शासन सञ्चालन गरेर पनि आफूलाई पुष्टि गर्न नसकेका नेताविरुद्ध सञ्चालित ‘नो नट अगेन’ नामक अभियानलाई रोक लगाउन खोज्ने आयोगको काम पनि सम्मानित सर्वोच्च अदालतको आदेशले रोकिदिएको छ।  

ढिलै होस्, निर्वाचन आयोगले सेतोपाटीलाई लेखेको २४ घन्टे स्पष्टीकरण फिर्ता गरेको छ। आयोगले लेखेको पत्रको चौतर्फी आलोचना भएपछि पत्र फिर्ता गर्ने अवस्थामा पुगेको बुझ्न सकिन्छ। त्यति मात्र होइन, यस्तो पत्र लेख्ने आयोगको क्षेत्राधिकार नरहेको पनि प्रष्ट भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार आयोजित ‘निर्वाचन आयोगको अभिभारा’ विषयक टंकप्रसाद आचार्य प्रतिष्ठानको कार्यक्रममा मिडिया नियन्त्रण गर्ने कुनै नीति नभएको बताएका छन्। सेतोपाटीलाई लेखिएको पत्रका सन्दर्भमा उनले भनेका छन्, ‘हाम्रा साथीहरू बढी जान्ने भएर पत्र पठाएछन्। हामीले निर्णय फिर्ता लिइसक्यौं।’

सेतोपाटीले झापा क्षेत्र नं. १ का एमाले उम्मेदवार अग्नि खरेलका छोरा निशान अमेरिकी सेनामा जागिरे रहेको र उनको नेपाली नागरिकता कायमै रहेको समाचार सामग्री प्रकाशित गरेको थियो। त्यो समाचारले निर्वाचन आचारसंहिता उल्लंघन हुने भन्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन र समाचार हटाउन निर्देशन दिएको थियो। तर, आयोगले आइतबार निर्णय सच्याई पत्र फिर्ता लिएको छ। आयोगको प्राविधिक कारणले प्रेषित हुन गएको पत्र फिर्ता लिएको बताएको छ। यसले सञ्चार माध्यमको अनुगमन, नियमन र कारवाहीको विषय प्रेस काउन्सिल नेपालको अधिकार क्षेत्रभित्र पर्नेसमेत बताएको छ। आयोगले पत्र फिर्ता गर्नासाथ काउन्सिलले २४ घन्टे पत्र उक्त समाचारलाई लिएर सेतोपाटीलाई पठाइसकेको छ।  

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिनाको लोकतन्त्र खोक्रो हुन्छ। यसका आफ्ना सीमाभित्र रहेपछि कसैले पनि ती अधिकारबाट वञ्चित हुनुपर्दैन। तथापि, यस्ता संस्थामा ‘बढी जान्ने’ व्यक्ति आउनेबित्तिकै समस्या हुने दृष्टान्तस्वरूपको घटना हो यो। यो आयोग र काउन्सिलको मात्र प्रश्न होइन। सरकारमा रहेका कुनै व्यक्ति बढी जान्ने भए भने प्रेसले दुःख पाउने दिन आइहाल्छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा एकपछि अर्को गर्दै मिडिया विरुद्ध कानुन संसद्मा दर्ता हुँदा पक्कै पनि उनको टिमका ‘बढी जान्ने’ साथीको पनि भूमिका रहेको हो। त्यसैकारण सरोकारवाला मन्त्रालयमा असल मनसाय नभएका व्यक्ति आउँदा सधैं खतरा हुने देखिएको छ।  

वास्तवमा यसपटक निर्वाचन आयोगको भूमिका विगतमा भन्दा आक्रामक देखिएको छ। ‘नो नट अगेन’ अभियानविरुद्ध आयोगले कदम चाल्दा त्यसको असर अभिव्यक्ति स्वतन्त्रतालाई लिएर कहाँ पर्छ भन्नेमा ध्यान दिएको देखिएन। त्यही भएर यसमा परेको मुद्दा विरुद्ध सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले अभियन्ताहरूलाई कुनै कारवाही नगर्न अन्तरिम आदेश दिएका छन्। अहिलेसम्म नागरिक समाज, न्यायालय र जागरुक प्रेस रहेका कारण अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाउने प्रयास निरर्थक हुँदै गएका छन्। स्वतन्त्र न्यायालय नहुने हो भने जतिसुकै संघर्ष गरेर ल्याएका अधिकार र संविधानका भावनाको कुनै अर्थ हुँदैन।  

वास्तवमा निर्वाचन आयोगले मतदान पहिले प्रेसले विगतमा गर्दै आएको मत सर्वेक्षणमा समेत रोक लगाएको छ। निर्वाचनका बेला यस्ता अभ्यास स्वाभाविक हुन्। विश्वका धेरै मुलुकमा यस्तो सर्वेक्षण हुन्छ। यस्ता विषयमा रोक लगाउनु आवश्यक छैन। निर्वाचनमा भाग लिने उम्मेदवारले विगतमा गरेका कामका बारेमा मिहीन ढंगले अनुसन्धान गरी छाप्न पनि पाउनुपर्छ। उम्मेदवार भइसकेपछि तिनका पारिवारिक पृष्ठभूमि, तिनको काम आदिका बारेमा चर्चा हुन नपाउने हो भने मतदाताले सही छनोट गर्न सक्दैनन्। विगतमा गलत काम गर्ने व्यक्तिका बारेमा निर्वाचनकै कारणले छलफल गर्न पाइएन वा त्यसको चर्चा भएन भने स्वाभाविकरूपमा त्यसले जनतालाई प्रश्न गर्ने ठाउँमा पुर्‍याउँदैन।  निर्वाचन आयोग, प्रेस काउन्सिलजस्ता संस्थाले प्रेसलाई कसरी बलियो बनाउन सकिन्छ भन्नेमा ध्यान पुर्‍याउनु उचित हुन्छ। तिनले प्रेसलाई निर्वाचनसम्बन्धी समाचार लेख्न वा अन्य सिपका बारेमा पनि तालिम, छलफल वा अन्य आवश्यक व्यवस्था गर्न सक्छन्। अनुगमनका नाममा जे पायो त्यही विषयमा पत्र काट्ने र आफ्नो अधिकारको दुरूपयोग गर्ने हो भने यी संस्थाले साख पनि गुमाउँदै जान्छन्। यी संस्थाप्रतिको आम स्वीकारोक्ति बढाउन प्रेसप्रतिको पूर्वाग्रही मानसिकता हट्नु आवश्यक छ। प्रेसको भूमिकाका बारेमा आफ्नै टिमभित्र पनि नियमित अध्ययन/अनुसन्धान हुनु आवश्यक छ। निर्वाचन आयोगजस्तो संस्थाले एकपटक पत्र लेख्ने र फेरि फिर्ता गर्नुपर्ने अवस्था आउनु आफैमा चिन्ताको विषय हो। यी संस्थाहरूको संस्थागत विकास हुन नसकेको सन्देश पनि यसले दिएको छ।

अर्को समाचार
उपनिर्वाचनः आजबाट मौन अवधि सुरु, प्रचारप्रसार गर्न नपाइने
१३ वैशाख २०८१
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
उपनिर्वाचनः आजबाट मौन अवधि सुरु, प्रचारप्रसार गर्न नपाइने

वैशाख १५ गते हुने इलामको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को उपनिर्वाचनका लागि आजदेखि मौन अवधि सुरु भएको छ।  

निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि अर्थात् वैशाख १२ गते मध्यराति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म मौन अवधि लागू रहने छ।

मौन अवधि सुरु भएसँगै आयोगले आगामी वैशाख १५ गते इलाम जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.२ र बझाङ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ (क) को उपनिर्वाचनका लागि प्रचारप्रसारमा रोक लगाएको छ। 

‘आगामी वैशाख १५ गते इलाम जिल्ल प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.२ मा रिक्त प्रतिनिधिसभा सदस्य र बझाङ जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा रिक्त प्रदेशसभा सदस्यको लागि हुने उपनिर्वाचनअन्तर्गत मतगणना सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको छ,’ उनले भने, ‘उपनिर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ मा भएको व्यवस्था बमोजिम मतदान हुने वैशाख १५ गतेभन्दा ४८ घण्टाअघि वैशाख १२ गते राति १२ बजेदेखि प्रचारप्रसार गर्न निषेध गरिएको हो।’

आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सुक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने विशेष संयन्त्रमार्फत सुक्ष्म अनुगमन गराउने व्यवस्थासमेत मिलाइसकेको उनले बताए। यस अवधिमा निर्वाचन ऐन, २०७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता,२०७९ को दफा १७ बमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला र गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध गरेको छ।

‘निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारणजस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले आग्रह गरेको छ,’ उनले भने, ‘उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न र गराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई समेत गराउन निर्देशन दिएको छ।’

आयोगले नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सम्बन्धित सबै एकाइ, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृतले नियमित अनुगमन गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षता कायम गर्न निर्देशन दिएको छ। उपनिर्वाचन हुने जिल्लाका निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, संचारकर्मी, तथा निर्वाचनमा संलग्न व्यक्ति, संघ र संस्था र निकाय बाहेक निर्वाचन कार्यसँग असम्बन्धित बाह्य जिल्ला वा क्षेत्रका व्यक्ति र व्यक्तिहरूको अवान्छित आवागमन र अनधिकृत गतिविधिलाई निगरानी गरी निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउनसमेत निर्देशन दिएको छ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ बमोजिम उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुने जस्ता कार्य निर्वाचन कसुर भएकाले त्यस्तो कार्य कहीँकतै भए गरेको पाइएमा कानुनबमोजिम तत्काल कारबाही गर्न निर्देशन दिएको जानकारी उनले दिए।

उपनिर्वाचनको मतदान हुने दिन निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को परिच्छेद २ को दफा ४ बमोजिम निर्वाचनसम्बन्धी सामग्रीको प्रयोगमा बाधा पुर्‍याउन नहुने, दफा ५ बमोजिम मतपत्रको दुरूपयोग गर्न नहुने, दफा ६ बमोजिम गैरकानुनी तवरले मतपत्र दिन वा लिन नहुने, परिच्छेद ३ को दफा ७ बमोजिम मतदानको अधिकारविना मतदान गर्न नहुने, दफा ८ बमोजिम पटकपटक मतदान गर्न नहुने, दफा ९ बमोजिम मत संकेत सार्वजनिक गर्न नहुने, दफा १० बमोजिम मतदानको प्रक्रिया उल्लंघन गर्न नहुने, दफा ११ बमोजिम मतपत्रबाहेक अन्य वस्तु खसाल्न वा राख्न नहुने, दफा १२ बमोजिम मतदान भएको मतपत्र विगार्न वा नष्ट गर्न नहुने र दफा १३ बमोजिम मतदान गर्न बाधा गर्न नहुने लगायतका व्यवस्थाको प्रतिकूल हुनेगरी कुनै पनि कार्य हुन नदिने र कहींकतैबाट भए गरेमा थप आदेश लिनु नपर्नेगरी प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्ने र जानकारी गराउने आयोगले निर्देशन दिइसकेको छ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस