दाहालको दिल्ली दौड
०३ साउन २०७९
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
दाहालको दिल्ली दौड

सत्तारुढ नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणको अर्थ खोज्ने प्रयास भइरहेको छ। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियानछाओको भर्खरै सम्पन्न नेपाल भ्रमणलगत्तै तय भएको उनको तीनदिने दिल्ली दौड देश र उनी आफ्नै निम्ति कति फलदायी रह्यो भन्ने चर्चा हुुनु स्वाभाविक हो। संघीय र प्रदेश निर्वाचन घोषणा गर्नुअघि उनले गरेको दिल्ली यात्रामा सत्ता बाँडफाँटको व्यापार कति जोडिएको छ? विस्तारै खुल्दै जानेछ। प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणासमेत भारतमै रहेका बेला दाहाल दिल्ली पुगेका हुन्। त्यो संयोग मात्र हो वा सत्ता गठबन्धनका प्रमुख दुई पक्षलाई सँगै राखेर केही सन्देश दिन खोजिएको हो? प्रमुख दलका नेताहरूका गतिविधि र अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धीको पारदर्शिताको अभावमा आशंकाको खेती हुनु स्वाभाविक हुन्छ।  

एक वर्षदेखि सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र त्यसको प्रमुख घटक माओवादी केन्द्रबीचको आगामी लेनदेनको चर्चा भइरहेको छ। भ्रमणलगत्तै दाहालले आलोपालो प्रधानमन्त्रीबारे एउटा विन्दुमा छलफल हुने संकेत गरिसकेका छन्। आगामी निर्वाचनपछि कांग्रेस र माओवादीबीच सत्ता सहभागितामा प्रमुख पदहरूको बाँडफाँट एउटा मुद्दाका रूपमा अवश्यै रहनेछ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख जस्ता पदको बाँडफाँट स्वाभाविक हो। आगामी सत्ता साझेदारीबारे सहमति भएको खण्डमा स्वाभाविकरूपमा यी प्रमुख दलबीच निर्वाचनमा समेत सहभागिता हुने देखिन्छ। यो भ्रमणले निर्वाचन अगावै वामपन्थी गठबन्धनको सम्भावनालाई टारेको छ।  

अहिलेको सत्ता गठबन्धनप्रति छिमेकीहरूको चासो देखिएको छ। पछिल्लो चरणमा चीनबाट भइरहेका भ्रमण र अहिले भारतमा दाहाल र राणाको भ्रमणबीच एउटा साइनो अवश्य छ– त्यो हो दलबीचको भ्रमण आदानप्रदान। चीनबाट नेपालमा भएको भ्रमण पनि दलबीचको आदान–प्रदान हो। त्यसैगरी अहिले भारतमा भएको दाहालको भ्रमण पनि सत्तारुढ भारतीय जनता पार्टी अध्यक्ष जगतप्रसाद नड्डाको निमन्त्रणामा भएको हो। राणाको भारतीय यात्राका क्रममा उनले भाइ बनाएका भाजपा नेता विजय चौथाइवालेको भूमिकालाई पनि सम्झनामा लिने गरिएको छ। भारतसँगको सम्बन्धलाई वर्तमान सत्तारुढ दलले प्राथमिकतामा राखेर अगाडि बढिरहेको यी घटनाक्रमले देखाउँछ। यसपटक दाहालले भेटेका भारतीय नेता तथा उच्च सरकारी अधिकारीहरूमा भाजपा अध्यक्ष नड्डा, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, विदेश सचिव विनयमोहन क्वात्रा, भाजपा विदेश विभाग प्रमुख चौथाइवाले छन्। दाहालको भ्रमणका क्रममा भाजपाबाहेक अन्य दलका नेता भेटको प्राथमिकतामा नपर्नुलाई कूटनीतिक चातुर्यका रूपमा कसरी लिने? जनआन्दोलन २०६२/६३ र त्योभन्दा अघि लोकतन्त्रका निम्ति सद्भाव राख्ने भारतीय दलहरूको भूमिका महत्वपूर्ण छ। तर, त्यो पक्षलाई दाहाल मात्र होइन यसअघि देउवाले भ्रमण गर्दा पनि वास्ता गरिएको छैन। नेपालका दलको सम्बन्ध सत्तारुढ भाजपासँग मात्र हो?

दाहालले अन्तिम अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न पाएनन्। उनको भारत भ्रमणका क्रममा मोदीसँग भेट हुने तय भए पनि अन्तिममा त्यो सम्भावना टरेको थियो। भेट रद्द हुँदा आफूलाई ‘टेन्सन’ नभएको दाहालले बताए पनि यथार्थमा यसलाई आफ्नो भ्रमणको उत्कर्ष बनाउने चाहना उनीमा रहेको यसअघिका प्रतिक्रियाले भलिभाँती जानकारी दिएको हो। दाहालजत्तिका नेता भारतमा जाँदा त्यहाँका प्रधानमन्त्रीले समय ननिकाल्नु भनेको सामान्य स्थिति होइन। त्यसो त उनले भारतमा आफ्नो निकै आतिथ्य भएको भनेर चर्चा गरेका छन्। अरू जतिसुकै आतिथ्य भए पनि प्रधानमन्त्रीले उनका निम्ति केही समय निकाल्न नसक्नु स्वाभाविक घटना होइन। यसबाट पनि भारतले आफूलाई कति महŒव दिएको छ भनेर निष्कर्ष निकाल्नु उचित हुन्छ। वास्तवमा उच्चस्तरको भेट जुट्दैन भने भ्रमणमा गइरहनु उचित हुँदैन। भेट नहुनेजस्तो देखिएमा तत्काल फर्केर आउन पनि सक्नुपर्छ तर दाहालबाट त्यो सम्भव हुँदैन किनभने उनलाई भूमिगत राजनीति गर्दा लामो समय त्यहीँ आश्रय प्राप्त भएको हो।  

दुई देशका राजनीतिक दलका नेताबीच भेटघाट हुनुलाई अस्वाभाविक मान्न सकिँदैन। यो जनस्तरको सम्बन्धको सिलसिला पनि हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो  पालामा भारतीय खुफिया एजेन्सी ‘रअ्’ प्रमुख सामन्तकुमार गोयललाई बालुवाटारमा मध्यरातमा भेट गरेका थिए। त्यो भेट किन र केका निम्ति थियो भन्ने अहिलेसम्म खुलेको छैन। यसरी एजेन्सीको तहमा भेटघाट गर्नुभन्दा दलका नेता वा उच्च सरकारी अधिकारीबीच भेटघाट हुने र आपसी समस्या समाधान गर्ने पक्षमा कुराकानी हुनुलाई अन्यथा मान्न सकिन्न। तर आन्तरिक राजनीतिमा आशीर्वादको खोजी हुनुलाई भने सहज ठान्न सकिँदैन। दाहाल आफैँले कुनैबेला भारतलगायत अन्य मुलुकलाई आफ्नो दलको सरकार ‘कम्फर्टेबल’ (सुविधाजनक) हुने भनी व्याख्या गरेका थिए। सरकारले सबैसँग मित्रवत् सम्बन्ध राख्दै देशकै निम्ति सुविधाजनक हुने कोसिस गर्नुपर्छ। कुनै देशविशेषका निम्ति सुविधाजनक हुने र नहुने भन्ने प्रश्न उठ्नु उचित होइन। देश सोच्ने र त्यसकै निम्ति काम गर्ने क्षमता प्रत्येक नेतामा हुनु आवश्यक छ।  

सबै छिमेकी र मित्र मुलुकप्रति सद्भाव राख्न कसैले हिच्किचाउनु पर्दैन। तर त्यसका निम्ति आफूमा मुलुकप्रतिको जिम्मेवारीबोध बढ्ता हुनुपर्छ। बदलिँदो विश्व व्यवस्थामा घरेलु नीतिदेखि कूटनीतिसमेतमा सजग हुनुपर्ने अवस्था आइसकेको छ। यस्तो बेलामा कुनै खास नेता कुनै देशको नजिक र कोही अर्कोको टाढा हुनेजस्तो परिस्थिति सिर्जना गर्नु हुँदैन। सबै नेताको परराष्ट्र मामिलामा समान धारणा हुनु आवश्यक छ। त्यसो भयो भने कुनै पनि विदेशी शक्तिका निम्ति सुविधाजनक हुने र नहुने भन्ने चर्चा नै असान्दर्भिक हुन्छ। सबैले नेपाल पक्षीय नेता बनेर गतिविधि गर्न सक्दा नै अहिलेका चुनौती सामना गर्न सम्भव छ। कूटनीतिक अभ्यासमा देखिएको कमजोरीका कारण पटक–पटक मित्र मुलुकप्रति हामी संवेदनशील रहेको प्रतिक्रिया दिइरहनु परेको छ। यस्तो अवस्था आउनु आफैंमा चिन्ताको विषय हो।

लोकप्रिय
अर्को समाचार
प्रधानमन्त्री दाहालको दिल्ली दौडाहा
१८ जेष्ठ २०८०
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रधानमन्त्री दाहालको दिल्ली दौडाहा
प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनी बसेको होटल मौर्यामा भेट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रा । तस्बिर सौजन्य: प्रधानमन्त्रीको सचिवालय

चारदिने भारत भ्रमणका लागि बुधबार नयाँ दल्ली आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विमानस्थलमा भारत सरकारका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन्। लेखीसहित विदेश मन्त्रालयका अधिकारी र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थल पुगेका थिए। प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थलबाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो।

तेस्रो पटक सरकारको नेतृत्वमा आएको पाँच महिनापछि प्रधानमन्त्री दाहाल बुधबार चारदिने भारत भ्रमणका लागि नयाँ दिल्ली आएका हुन्। दाहाल गत पुस १० गते तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्। उनी प्रधानमन्त्री बनेपछि यो पहिलो विदेश भ्रमण हो। उनी बुधबार दिउँसो १ः२५ को नेपाल एयरलाइन्सको नियमित उडानबाट २ः३५ मा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका थिए।

यसअघि २०७८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका तत्कालीन रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए। बुधबार प्रधानमन्त्री दाहाल विमानस्थलमा स्वागत कार्यक्रमपछि नयाँ दिल्लीको होटल एचटिसी मौर्यामा बसेका छन्।

प्रधानमन्त्रीसहितको टोलीलाई दिल्लीको चाणक्यपुरीस्थित आइटिसी मौर्य होटलमा भारतीय विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव विनयमोहन क्वात्राले भेटेका छन्। जेठ १८ गते बिहानदेखि प्रधानमन्त्री दाहालको औपचारिक कार्यक्रम सुरु हुनेछ। भारतीय प्रधानमन्त्री मोदीसँगको औपचारिक भेट भने दिल्लीस्थित हैदरावाद हाउसमा हुनेछ।

त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने तयारी छ। भ्रमणको तेस्रो दिन प्रधानमन्त्री दाहाल मध्यप्रदेशको उज्जैन प्रस्थान गर्नेछन्। दाहालले मध्य प्रदेशकै इन्दोरको पनि भ्रमण गर्नेछन्। त्यहाँको फोहोर व्यवस्थापनसम्बन्धी जानकारी दाहालले लिनेछन्। दाहालले इन्दोरमा भाजपा र आरएसएसका नेताहरूसँग अन्तक्रिया गर्ने सम्भावना छ। गत वर्ष उनी भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा दिल्ली आउँदा भाजपा र माओवादीबिच पार्टीगत सम्बन्ध प्रारम्भ भएको थियो, यो भ्रमणले त्यसलाई पनि निरन्तरता दिने प्रयास हुने बताइएको छ। प्रधानमन्त्रीले भारतीय उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।

बिहीबार बिहानदेखि प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक कार्यक्रम सुरु हुनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको औपचारिक भेट भने दिल्लीस्थित हैदरावाद हाउसमा हुनेछ। त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने तयारी छ।

दाहालको भ्रमण दलमा परराष्ट्रमन्त्री एनपी साउदसहित पाँच मन्त्री सहभागी छन्। दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार हैदराबाद हाउसमा दुई पक्षीय वार्ता हुने तालिका छ। प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा उनको निजी सचिवालयका साथै आधा दर्जन मन्त्री र डेढ दर्जन सचिव छन्। परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री रमेश रिजाल टोलीमा छन्।

टोलीमा मुख्यसचिव शंकरदास वैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा तथा जलस्रोत सचिव दिनेशकुमार घिमिरे, गृहसचिव दिनेश भट्टराई, कानुन सचिव धनराज ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी, कृषि सचिव गोविन्दप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा र वन सचिव रेवतीरमण पौडेल छन्। प्रधानमन्त्रीको सचिवालयबाट प्रमुख सचिवसमेत रहेकी छोरी गंगा दाहाल, प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेशकुमार मल्ल पनि भ्रमणमा सँगै छन्। प्रधानमन्त्रीका निजी चिकित्सक युवराज शर्मा र चार सुरक्षा अधिकारी पनि छन्। निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, कन्फेडेरेसन अफ नेपलिज इन्डस्ट्रिजलगायत संस्थाका प्रतिनिधि पनि भ्रमण टोलीमा छन्।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस