अनुदानमा अनियमितता
१२ जेष्ठ २०८२
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
अनुदानमा अनियमितता

भनिन्छ, आहाराको चरी आसिकले बाँच्दैन। बाँच्नका निम्ति खानु पर्छ। खाना कृषिकर्मबाटै प्राप्त हुन्छ। हाम्रा शास्त्रले जीवन बनाउने अन्नको महत्ता ठुलो रहेको बताएका छन्। अन्नलाई ब्रह्मा (सृष्टिकर्ता)का रूपमा लिइएको छ। मानिस जतिसुकै प्रभावशाली भए पनि नखाई हुँदैन। त्यसैले कृषि पेसा सबैभन्दा उन्नत मात्र हैन, अत्यावश्यकसमेत छ। 

यही कारण जतिसुकै सम्पन्न मुलुकले पनि यसलाई प्राथमिकतामा राख्दै आएका छन्। यही प्राथमिकतामा राखेकै कारण कृषि पेसामा आबद्ध किसानलाई प्राय: राज्यले अनुदान दिने गरेका छन्। यसरी अनुदान दिँदा तिनको लागत खर्चमा सघाउ पुग्छ। यसबाट तिनको पेसाबाट पछि हट्ने अवस्था सिर्जना हुन्छ। अमेरिकादेखि हाम्रै छिमेकी भारतसम्मका सरकारले कृषकको मनोबल बढाउन, घाटाबाट जोगाउन र मनोबल उच्च राख्न अनुदानको बाटो पहिल्याएका छन्। यही कारण विश्व खाद्य असुरक्षाको जोखिमबाट मुक्त हुँदै आएको छ यद्यपि केही मुलुक भने अपवादका रूपमा भोकमरी सामना गरिरहेका छन्।

नेपाल पनि कृषि क्षेत्रमा अनुदान दिने मुलुकमै पर्छ। मुलुक नै कृषिप्रधान भएकाले यो स्वाभाविक पनि हो। तर पछिल्लो समय अनुदान वास्तविक किसानसम्म नपुग्ने र अनुदान पाउनेले कृषि नगर्ने वातावरण सिर्जना हुँदै गएको छ। जसका कारण एकातर्फ राज्यबाट कृषिका नाममा अनुदान गएको गयै हुने तर जसका लागि दिइएको हो उसले भने पत्तै नपाउने अवस्था देखिइरहेको छ।  यसरी हेर्दा किसान र अनुदानबिच कुनै तादात्म्य छैन। 

बितेका पाँच वर्षमा सरकारले १२ अर्ब रुपियाँ कृषिका लागि अनुदान दिएको तथ्यांक सार्वजनिक भएको छ। यसरी अनुदान दिइएपछि त्यसको परिणाम सार्थक देखिनुपर्ने हो तर विडम्बना नै भन्नुपर्छ, उत्पादन बढ्न सकेको छैन। उत्पादनमा अनुदानको भूमिका नदेखिएको तथ्यांकले पुष्टि गरेको छ। यसबाटै प्रष्ट हुन्छ अनुदान सही ठाउँमा परेको छैन। जहाँ अनुदान परेको छ त्यहाँ किसान थिएनन्। परिणाम– कृषि अनुदानमाथि अनियमितता भयो। जसले परिणाम ल्याउने कुरै भएन।

महालेखा परीक्षकको ६२औँ प्रतिवेदनअनुसार विगत पाँच वर्षमा कृषिमा दिइएको अनुदान र उत्पादन तुलना गर्दा खाद्यान्न उत्पादन वृद्धिमा गरिएको लगानीमाथि प्रश्न उठेको छ। एकातिर हरेक वर्ष उत्पादन बढाउने लक्ष्यसाथ अनुदान वृद्धि गर्दै लगिने अर्कोतिर परिणाम भने एकाध प्रतिशतले पनि नबढ्ने भएपछि यस्तो अनुदानमाथि शंका उब्जनु स्वाभाविक हुन्छ। उदाहरणका लागि आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको वृद्धि दर ५.८ प्रतिशत पुर्‍याउने लक्ष्य सरकारको थियो जबकि प्रगति भने ३.०५ प्रतिशत मात्र हुन सक्यो। यसबाट पनि लक्ष्य र प्रगतिबिच रहेको खाडल बुझ्न सहज हुन्छ।

सरकारी कर्मचारीहरू खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेकाले उत्पादन बढ्न नसकेको बताउँछन्। तर एउटा कारण यो भए पनि अर्को मुख्य कारणचाहिँ अनुदानको दुरूपयोग हो। नेपालमा धेरैखाले किसान छन्। एकथरी पूर्वकिसान छन् जो कुनैबेला किसानी गरेकै आधारमा अहिले विभिन्न नियुक्तिमार्फत त्यसैको पेन्सन खाएर बसेका छन् तर खेती गर्दैनन्। 

अर्कोथरी यस्ता कस्मेटिक किसान छन् जो कौसीको गमलामा एकाध भन्टा र फर्सी फलाएको तस्बिर फेसबुकमा राखे छन् र आफू निकै ठूलो परिश्रमी किसान भएको दाबी गर्छन्। अर्कोथरी टिकटक किसान छन् जो अर्काको उत्पादनमाथि बसेर नाच्छन् र आफैँलाई वास्तविक किसान दाबी गर्छन्। अनि एकथरी चाहिँ अनुदान किसान छन् जो अनुदान पाइने दुला दुला पत्ता लाउँछन् र फुत्काइ छाड्छन्। तिनका खेतीपाती, गाईवस्तु र फलफूल कागजमा मात्र उत्पादन हुन्छन्।

खासमा अनुदान यस्तैले पाउने भएपछि वास्तविक किसान हिस्स पर्नु स्वाभाविक हो। वास्तविक उत्पादक शक्तिसम्म अनुदान/सहयोग नपुगेपछि त्यसले उत्पादन बढोस् पनि कसरी? यो कुरा अनुदान उपलब्ध गराउने कर्मचारीलाई पनि राम्रोसँग थाहा छ। तर मुलुकको अन्य क्षेत्रमा झैँ यस क्षेत्रमा पनि सेटिङको जरा निकै मौलाएका कारण यो तोड्न हम्मे छ। 

त्यसैले अनुदानअनुसारको प्रतिफल खोज्ने हो भने यसको सदुपयोग हुनुपर्छ। कृषिका लागि दिइने अनुदान वास्तविक किसान पहिचान गरेर मात्र दिनुपर्छ। अनुदाने किसान र उसलाई अनुदान दिलाउनकै लागि खडा गरिएको सेटिङ भत्काउनुपर्छ र यसका मतियारहरूलाई कारबाहीको दायरामा ल्याउनै पर्छ। तब मात्र अनुदान वास्तवमै लक्ष्य चुम्न सक्षम हुनेछ।

अर्को समाचार
अनुदानमा अनियमितता–२: छाडा चौपाया पाल्न अनुदान लिएर उन्नत जातका भैंसीपालन
२१ साउन २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
अनुदानमा अनियमितता–२: छाडा चौपाया पाल्न अनुदान लिएर उन्नत जातका भैंसीपालन
प्रदेश सरकारको अनुदानमार्फत हातेमालो कृषि तथा सहकारी संस्थाले बनाएको गोठमा पालिएका उन्नत जातका भैंसीहरू । तस्बिर: नगेन्द्र/नागरिक

वीरेन्द्रनगर बजार क्षेत्रका छाडा चौपाया पाल्ने उद्देश्यले बराहताल गाउँपालिकामा कार्यक्षेत्र रहेको हातेमालो कृषि तथा पशुपालन सहकारी संस्थाले कर्णाली प्रदेश सरकारबाट ३६ लाख ६२ हजार रूपैयाँ अनुदान लियो। साझेदारी कार्यक्रम अन्तर्गत यतिनै रकम सहकारीले खर्च गर्ने गरी २०७६ सालमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्झौता भयो। अनुदान प्राप्त रकमबाट सहकारीले गोठ, पानी ट्यांकी, ट्वाइलेट, तारबार, कम्पोस्ट पिट, अफिस लगायतका पूर्वाधार निर्माण गर्‍यो।

सहकारीले वीरेन्द्रनगर नगरपालिकाबाट २०७६ पुस २५ गते २२ वटा छाडा चौपाया पाल्नका लागि बुझेर लग्यो। अहिले गोठमा एउटै पनि छाडा चौपाया छैनन्। अनुदानमा बनाइएको गोठमा १२ वटा उन्नत जातका भैंसी छन्। बराहताल गाउँपालिका–८ स्थित हुड्केमा रहेको सहकारीको फर्मका कर्मचारी तिर्थ बस्नेतले पाल्न नसकेपछि छाडा चौपाया फिर्ता गरिएको बताए । ‘घाँस काट्न दुईजना कर्मचारी राखेका थियौं, उनीहरूले राम्रोसँग काम गरिदिएनन्, खान नपाएर केही गोठमै मरे,’ बस्नेतले भने, ‘बाँकी चौपाया म दैलेख गएको बेला जहाँबाट ल्याइएको हो, त्यहीँ छोडेको जानकारी पाएँ।’

बस्नेतले वीरेन्द्रनगरमा छोडिएका चौपाया सडकमा बसिरहेको आफूले देखेको पनि बताए। ‘अस्ति वीरेन्द्रनगर जाँदा फर्मबाट छोडेका चौपाया बाटोमा बसेको देखेको थिएँ,’ उनले भने, ‘झण्डै एक वर्ष पालेका चौपाया बाटोमा देख्दा माया पनि लाग्यो।’ अनुदान दिने निकाय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अघिल्लो वर्ष पुस २४ गते सहकारीले सञ्चालन गरेको फर्मको अनुगमन गरेको थियो। अनुगमनका क्रममा नगरपालिकाबाट बुझेर लिएका गाई फेला नपरेको मन्त्रालयले जनाएको छ। अनुगमन टोलीले तयार पारेको प्रतिवेदनमा गाईगोठ जाने बाटो ठाडो उकालो भएकाले गाईपालनका लागि उपयुक्त नभएको पनि उल्लेख गरेको छ।

‘कार्यक्रमस्थलमा सबैले देख्ने गरेर अनिवार्य रूपमा कार्यक्रमको नाम, ठेगाना र सहयोग गर्ने निकायको नाम र अनुदान रकम उल्लेख गरी होर्डिङ बोर्ड नराखेको, अन्तिम कार्य सम्पन्न प्रतिवेदनमा ५० वटा क्षमताको गोठमा २२ वटा गाई रहेको उल्लेख भएकोमा गोठमा गाईनै नभएको पाइयो,’ मन्त्रालयको अनुगमन प्रतिवेदनमा भनिएको छ, ‘गोठमा गाईहरू नभएकाले भुइँहरू चर्कन थालेको, गाईगोठ जाने बाटो ठाडो उकालो भएकाले गाईपालनका लागि अनुपयुक्त रहेको देखियो।’ प्रतिवेदनमा व्यावसायिक रूपमा प्रांगारिक मल र विषादी उत्पादन गर्ने उद्देश्य पनि सहकारीले पूरा नगरेको उल्लेख छ।

सहकारीका अध्यक्ष ताराकेशर गौतमले छाडा चौपायाका लागि भन्दा पनि मल उद्योगको लागि संरचना निर्माण गरिएको बताए। उनले मल उद्योगका लागि मेसिनरी सामान आउन ढिलो भएकाले काम गर्न नसकिएको बताए। गौतमले वीरेन्द्रनगरबाट ल्याइएका छाडा चौपायामध्ये केही फर्ममै मरेको र केही किसानलाई वितरण गरिएको दाबी गरे। ‘वीरेन्द्रनगर नगरपालिकाबाट ल्याइएका केही चौपाया फर्ममै मरे,’ उनले भने, ‘बाँकी स्थानीय कृषकलाई दिएका हौं, वीरेन्द्रनगर फिर्ता गरिएको होइन ।’

उनले घाँस काट्नका लागि मासिक ३० हजारभन्दा बढी खर्च हुन थालेपछि छाडा चौपाया नपालेर उन्नत जातका भैंसी पालिएको बताए। ‘छाडा चौपाया पालेर घाँस काट्नेलाई तलब दिन नसकिने भयो,’ उनले भने, ‘त्यसैले अहिले उन्नत जातका भैंसी पालेका छौं।’ सहकारीका अध्यक्ष गौतमले मल उत्पादन सुरु गरेपछि फेरि छाडा चौपाया ल्याएर पाल्ने सोच आफूहरूले बनाएको दाबी गरे।  

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ९ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस