अनुदानमा अनियमितता: छाडा चौपाया सडकमै, गोठमा उन्नत जातका गाई-भैंसी
०८ साउन २०७८
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
अनुदानमा अनियमितता: छाडा चौपाया सडकमै, गोठमा उन्नत जातका गाई-भैंसी
प्रदेश सरकारको अनुदानमार्फत केपी व्यवसायीक सेवा प्रालिले बनाएको चौपाया राख्ने गोठ। नगेन्द्र/नागरिक

२०७६ भदौ १३ गते नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखका लागि पठाएका २९१ गाई मध्ये २७ वटा सुर्खेतका विभिन्न ठाउँमा मृत भेटिए। कतिपय गाईलाई ट्रकबाट भिरमा खसालेर मारिएको पाइयो। बाँकी गाईहरु सुर्खेतको भेरी नदीदेखि कटकुवासम्म विभिन्न ठाउँमा छोडिएका थिए। त्यसैपनि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर छाडा चौपायाका कारण ठूलो समस्यामा थियो। गाडी गुड्ने सडकमा चौपायाहरुको बथान हुन्थ्यो। छाडा चौपायाका कारण सोही वर्ष पाँच जनाले ज्यान गुमाए। केही घाइते भए।  

छाडा चौपाया नियन्त्रणको विषय वीरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सरकारका लागि ठूलो चुनौति थियो । त्यसैमाथि नेपालगञ्जबाट ल्याएर छोडिएका २५० बढी चौपायाले सबैको ध्यान केन्द्रीत गर्‍यो। प्रदेश सरकारले वीरेन्द्रनगरका छाडा चौपाया नियन्त्रणका लागि २०७६/०७७ मा एक करोड रुपैयाँ छुट्यायो। छाडा चौपाया नियन्त्रणका लागि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छुट्याएको रकम खर्च भएपनि अहिले पनि प्रदेश राजधानीको समस्या उस्तै छ। 

छाडा चौपाया अहिले पनि प्रदेश र स्थानीय सरकारको टाउको दुखाईको विषय बनेकै छ। प्रदेश सरकारले चौपाया नियन्त्रण गर्न, प्राङ्गारिक मल तथा विषादी उत्पादन गर्नका लागि पूर्वाधार निर्माण अन्र्तगत गोठ, चौपायालाई खानका लागि पानी टंकी, कम्पोष्ट पिटलगायतका संरचना निर्माणका लागि तीन वटा संस्थालाई उपलब्ध गरायो। ती मध्येको एक हो, वीरेन्द्रनगर नगरपालिका–९ ठेगाना भएको केपी व्यवसायिक सेवा प्रालि।  

प्रदेश सरकारबाट ४० प्रतिशत अनुदानवापत २१ लाख २९ हजार २९६ रुपैयाँ भुक्तानी लिएको केपी व्यवसायीक फर्ममा अहिले दुई वटा मात्रै छाडा चौपाया छन्। छाडा चौपाया नियन्त्रणका लागि भन्दै सरकारका अनुदान लिएको फर्मका सञ्चालक अहिले आफू कंगाल बन्नका लागि सडकबाट उठाएर फर्मममा राख्न नसक्ने बताउँछन्। ‘संरचना निर्माणका लागि मात्रै सरकारले पैसा दिएर भएन्, दैनिक खर्च पनि व्यहोर्नुपर्‍यो,’ फर्मका सञ्चालक कृष्णप्रसाद ढकालले भने, ‘आम्दानी नदिने चौपाया पालेर कंगाल बन्न कोही चाहँदैन्।’ सरकारबाट प्राप्त अनुदानबाट ६० वटा चौपाया पाल्न मिल्ने फलामे ट्रष्टको गोठ बनाइएको छ। छाडा चौपाया पाल्नुपर्ने गोठभित्र अहिले फर्मले उन्नत जातका गाई र भैंसी पालेको छ।  

फर्म सञ्चालक ढकालका अनुसार अनुदानवापत प्राप्त रकमबाट बनाइएको गोठमा सुरुमा १० वटा छाडा चौपाया ल्याएर राखिएको थियो । ती मध्ये दुई वटा स्थानीयले लगे भने छ वटा चौपायालाई हुम्ला पठाइयो। ‘प्रदेश सरकारको अनुदानमार्फत प्राप्त रकमबाट बनेको गोठमा अहिले उन्नत जातका गाई र भैंसी पालेका छौं,’ उनले भने, ‘छाडा चौपाया दुई वटा मात्रै छन्।’ उनले एउटा छाडा चौपाया पाल्नका लागि दैनिक दुई सय रुपैयाँ खर्च हुन्छ। खर्च बराबरको आम्दानी नहुँदा छाडा चौपाया पाल्न नसकिने उनको भनाई छ। ‘बरु कसैले छाडा चौपाया पाल्न चाहेमा गोठ दिन तयार छु,’ उनले भने, ‘कंगाल हुनका लागि सडकबाट उठाएर छाडा चौपायलाई पाल्न सक्दैन्।’

प्रदेश सरकारसँग फर्मले गरेको संझौतामा जैविक मल बनाउने पनि उल्लेख छ। अहिलेसम्म फर्मले जैविक मल उत्पादन गरेको छैन्। ‘मेसिन ल्याएर राखेका छौं, विद्युतको समस्याका कारण सञ्चालन गर्न सकेनौं,’ उनले भने, ‘स्टिमेट अनुसारको भौतिक संरचना निर्माण गरेपनि छाडा चौपाया राख्ने, जैविक मल बनाउनेलगायतका कामहरु गर्न सकेका छैनौं।’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सुचना अधिकारी रामभक्त अधिकारी अनुदान लिएका संस्थाले संझौता अनुसार काम नगरेको बताउँछन्। ‘छाडा चौपाया लगेर पाल्ने उद्देश्यका लागि अनुदान दिएका थियौं,’ अधिकारीले भने, ‘उद्देश्य अनुसार काम भएको छैन्।’ मन्त्रालयका अनुसार संझौता अनुसार काम गर्नका लागि पटक–पटक पत्राचार गरिएको छ। तर, अनुदानग्राहीहरुले अटेर गर्दै आइरहेका छन्। ‘प्रदेश सरकारले भौतिक संरचना बनाउनका लागि मात्रै होइन्, छाडा चौपायाहरु लगेर पाल्नका लागि अनुदान दिएको हो,’ उनले भने, ‘संझौता अनुसार काम गर्न पटक–पटक पत्राचार गरेका छौं, अव पनि संझौता कार्यान्वयन नभए कारवाही प्रक्रिया अघि बढाउँछौं।’

संझौता भन्दा बढी रकम

प्रदेश सरकारले केपी व्यवसायीक सेवा प्रालिलाई छाडा चौपाया नियन्त्रणका लागि संझौता अनुसारको १५ लाख २५ हजार ७७८ रुपैयाँ ५६ पैसा उपलब्ध गराउनुपर्ने थियो। तर, कर्मचारीको मिलेमत्तोमा २१ लाख २९ हजार २९६ रुपैयाँ रकम भुक्तानी गरियो। महालेखा परीक्षकको कार्यालयको वार्षीक लेखा परीक्षण प्रतिवेदनमा केपी व्यवसायीले लिएको अनुदान मध्ये छ लाख तीन हजार ५१७ रुपैयाँ ४४ पैसा बढी भुक्तानी भएको भन्दै असुल गर्न निर्देशन दिइएको छ। अहिलेसम्म उक्त रकम मन्त्रालयले असुल गर्न सकेको छैन।

मन्त्रालयका सुचना अधिकारी रामभक्त अधिकारीका अनुसार बढी भुक्तानी भएको रकम मन्त्रालयको खातामा जम्मा गर्न पत्राचार गरिएको बताउँछन्। ‘तीन पटकसम्म पत्र काटेर महालेखा परीक्षकको कार्यालयले औल्याएको बढी रकम मन्त्रालयको खातामा जम्मा गर्न पत्राचार गरेका छौं,’ उनले भने, ‘अहिलेसम्म रकम जम्मा भएको जानकारी आएको छैन्।’ 

अर्को समाचार
छाडा चौपाया सडकमै, अनुदानको गोठमा उन्नत जातका गाई–भैंसी
११ साउन २०७८
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
छाडा चौपाया सडकमै, अनुदानको गोठमा उन्नत जातका गाई–भैंसी
प्रदेश सरकारमार्फत केपी व्यावसायिक सेवा प्रालिले बनाएको चौपाया राख्ने गोठ

२०७६ भदौ १३ गते नेपालगन्ज उपमहानगरपालिकाले दैलेखका लागि पठाएका २९१ गाईमध्ये २७ वटा सुर्खेतका विभिन्न ठाउँमा मृत भेटिए। ट्रकमा पठाइएका कतिपय गाईलाई भिरमा खसालेर मारिएको पाइयो। बाँकी गाईहरू सुर्खेतको भेरी नदीदेखि कटकुवासम्म विभिन्न ठाउँमा छोडिएका थिए। त्यसै पनि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर छाडा चौपायाका कारण ठूलो समस्यामा थियो। गाडी गुड्ने सडकमा चौपायाको बथान हुन्थ्यो। छाडा चौपायाका कारण सोही वर्ष पाँचजनाले ज्यान गुमाए। केही घाइते भए।  

छाडा चौपाया नियन्त्रणको विषय वीरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सरकारका लागि ठूलो चुनौती थियो। त्यसैमाथि नेपालगन्जबाट ल्याएर छोडिएका २५० बढी चौपायाले सबैको ध्यान केन्द्रित गर्‍यो। प्रदेश सरकारले वीरेन्द्रनगरका छाडा चौपाया नियन्त्रणका लागि २०७६/०७७ मा एक करोड रूपैयाँ छुट्ट्यायो।  

छाडा चौपाया नियन्त्रणका लागि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छुट्ट्याएको रकम खर्च भए पनि प्रदेश राजधानीको समस्या उस्तै छ। छाडा चौपाया अहिले पनि प्रदेश र स्थानीय सरकारको टाउको दुखाइको विषय बनेकै छ।  

प्रदेश सरकारले चौपाया नियन्त्रण गर्न, प्रांगारिक मल तथा विषादी उत्पादन गर्नका लागि पूर्वाधार निर्माण अन्तर्गत गोठ, चौपायालाई खाने पानी टंकी, कम्पोस्ट पिटलगायत संरचना निर्माणका लागि तीनवटा संस्थालाई उपलब्ध गरायो। तीमध्येको एक हो– वीरेन्द्रनगर नगरपालिका–९ ठेगाना भएको केपी व्यावसायिक सेवा प्रालि।  

प्रदेश सरकारबाट ४० प्रतिशत अनुदानबापत २१ लाख २९ हजार २९६ रूपैयाँ भुक्तानी लिएको केपी व्यावसायिक फर्ममा अहिले दुईवटा मात्रै छाडा चौपाया छन्। छाडा चौपाया नियन्त्रणका लागि भन्दै सरकारका अनुदान लिएको फर्मका सञ्चालक अहिले आफू कंगाल बन्नका लागि सडकबाट उठाएर फर्ममा राख्न नसक्ने बताउँछन्।  

‘संरचना निर्माणका लागि मात्रै सरकारले पैसा दिएर भएन, दैनिक खर्च पनि बहोर्नुपर्‍यो,’ फर्मका सञ्चालक कृष्णप्रसाद ढकालले भने, ‘आम्दानी नदिने चौपाया पालेर कंगाल बन्न कोही चाहँदैन।’ सरकारबाट प्राप्त अनुदानबाट ६० वटा चौपाया पाल्न मिल्ने फलामे ट्रसको गोठ बनाइएको छ। छाडा चौपाया पाल्नुपर्ने गोठभित्र अहिले फर्मले उन्नत जातका गाई र भैंसी पालेको छ।  

फर्म सञ्चालक ढकालका अनुसार अनुदान रकमबाट बनाइएको गोठमा सुरुमा १० वटा छाडा चौपाया ल्याएर राखिएको थियो। तीमध्ये दुईवटा स्थानीयले लगे। ६ वटा हुम्ला पठाइयो। ‘प्रदेश सरकारको अनुदानमार्फत प्राप्त रकमबाट बनेको गोठमा अहिले उन्नत जातका गाई र भैंसी पालेका छौं,’ उनले भने, ‘छाडा चौपाया दुईवटा मात्रै छन्।’ उनले एउटा छाडा चौपाया पाल्न दैनिक दुई सय रूपैयाँ खर्च हुन्छ।  

खर्च बराबरको आम्दानी नहुँदा छाडा चौपाया पाल्न नसकिने उनको भनाइ छ। ‘बरु कसैले छाडा चौपाया पाल्न चाहेमा गोठ दिन तयार छु,’ उनले भने, ‘कंगाल हुनका लागि सडकबाट उठाएर छाडा चौपायलाई पाल्न सक्दिन।’

प्रदेश सरकारसँग फर्मले गरेको सम्झौतामा जैविक मल बनाउने पनि उल्लेख छ। अहिलेसम्म फर्मले जैविक मल उत्पादन गरेको छैन। ‘मेसिन ल्याएर राखेका छौं, विद्युत्को समस्याका कारण सञ्चालन गर्न सकेनौं,’ उनले भने, ‘इस्टिमेट अनुसारको भौतिक संरचना निर्माण गरे पनि छाडा चौपाया राख्ने, जैविक मल बनाउने लगायत काम गर्न सकेका छैनौं।’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारी अनुदान लिएका संस्थाले संझौता अनुसार काम नगरेको बताउँछन्। ‘छाडा चौपाया लगेर पाल्ने उद्देश्यका लागि अनुदान दिएका थियौं,’ अधिकारीले भने, ‘उद्देश्य अनुसार काम भएको छैन।’ मन्त्रालयका अनुसार सम्झौता अनुसार काम गर्न पटक–पटक पत्राचार गरिएको छ। तर अनुदानग्राहीले अटेर गर्दै आएका छन्। ‘प्रदेश सरकारले भौतिक संरचना बनाउनका लागि मात्रै होइन्, छाडा चौपायाहरू लगेर पाल्नका लागि अनुदान दिएको हो,’ उनले भने, ‘सम्झौता अनुसार काम गर्न पटक–पटक पत्राचार गरेका छौं, अब पनि सम्झौता कार्यान्वयन नभए कारवाही प्रक्रिया अघि बढाउँछौं।’

सम्झौताभन्दा बढी रकम

प्रदेश सरकारले केपी व्यावसायिक सेवा प्रालिलाई छाडा चौपाया नियन्त्रणका लागि सम्झौता अनुसारको १५ लाख २५ हजार ७७८ रूपैयाँ ५६ पैसा उपलब्ध गराउनुपर्ने थियो। तर कर्मचारीको मिलेमत्तोमा २१ लाख २९ हजार २९६ रूपैयाँ रकम भुक्तानी गरियो।  

महालेखापरीक्षकको कार्यालयको वार्षिक लेखापरीक्षण प्रतिवेदनमा केपीले लिएको अनुदानमध्ये ६ लाख तीन हजार ५१७ रूपैयाँ ४४ पैसा बढी भुक्तानी भएको भन्दै असुल गर्न निर्देशन दिइएको छ। अहिलेसम्म उक्त रकम मन्त्रालयले असुल गर्न सकेको छैन्।

मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीका अनुसार बढी भुक्तानी भएको रकम मन्त्रालयको खातामा जम्मा गर्न पत्राचार गरिएको बताउँछन्। ‘तीन पटकसम्म पत्र काटेर महालेखापरीक्षकको कार्यालयले औंल्याएको बढी रकम मन्त्रालयको खातामा जम्मा गर्न भनेका छौं,’ उनले भने, ‘अहिलेसम्म रकम जम्मा भएको जानकारी आएको छैन्।’ 

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock १२ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस