सरकारले अनुमति दिएभन्दा धेरै चुनढुंगा उत्खनन गरेर सवा अर्ब रूपैयाँ भ्रष्टाचार गरेको आरोप लागेका सिमेन्ट व्यवसायी अन्यायमा परेको भन्दै निजी क्षेत्रले सरकारलाई दबाब दिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कर्मचारीसँगको मिलेमतोमा सिमेन्ट उद्योगले बढी चुनढुंगा उत्खनन गरी राज्यलाई १ अर्ब २४ करोड रूपैयाँ घाटा पार्ने काम गरेको अभियोग लगाएर गत साता विशेष अदालतमा मुद्दा दायर गरेको थियो। खानी तथा भू–गर्भ विभागका महानिर्देशकसहित १८ कर्मचारी र ९ सिमेन्ट उद्योग र व्यवसायीमाथि मुद्दा हालिएको हो।
तर निजी क्षेत्रका प्रमुख तीन संस्थाले संयुक्त रूपमा विज्ञप्ति निकालेर सरकार र अख्तियारलाई दबाब दिन खोजेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले जारी गरेको विज्ञप्तिमा सिमेन्ट उद्योगीमाथि लगाएको भ्रष्टाचार मुद्दाले निजी क्षेत्र हतोत्साही बनेको बताइएको छ।
‘आयात प्रतिस्थापनमा नमुनाका रूपमा हेर्न साकिने एवं लगानी अभिवृद्धि, रोजगारी सिर्जना र राजस्वमा महत्वपूर्ण योगदान दिइरहेको सिमेन्ट उद्योगका लगानीकर्तामाथि पछिल्लोपटक लगाएको भ्रष्टाचार मुद्दाले निजी क्षेत्रलाई हतोत्साही बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ।
यस्तै २०७२ को भूकम्पपछि करिब ६९ अर्ब रूपैयाँकोे सिमेन्टका लागि चाहिने क्लिंकर आयात भएको तथ्यांक दिँदै विज्ञप्तिमा अहिले निर्यातको उच्च सम्भावना रहेको बेला सिमेन्ट उद्योगलाई प्रताडित गरिनु दुर्भाग्यपूर्ण रहेको भनिएको छ ।
‘कोभिडपश्चात निजी क्षेत्रको विस्तारका लागि विभिन्न देशहरूले प्याकेज घोषणा गर्दै शीघ्र आर्थिक विकासको बाटो अवलम्बन गरेका छन्। तर नेपालमा भ्रष्टाचारजन्य कसूर लगाउन खोज्नु निजी क्षेत्रमाथिको प्रहार हो। यसले नेपालमा निजी क्षेत्रको विस्तारमा गम्भीर असर पर्नेमा सचेत रहन आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
सिमेन्टको मुख्य कच्चा पदार्थ चुनढुंगा उत्खननका लागि उद्योगहरूले लिएको माइनिङ स्किमभित्र रहेर उत्खनन गरेको दाबी गरिएको छ। खानी विभागबाट पटकपटक अध्ययन समिति गठन गरी प्रतिवेदन तयार गर्ने र कैफियत अनुसार जरिवाना लगाउने काम भएको बताइएको छ।
यस्तै उद्योगीमाथि सिर्जित राजस्व एवं अन्य दायित्वबारे जानकारी नै नदिई एक्कासि मुद्दामा जाने निर्णयले निजी क्षेत्रलाई मर्माहत बनाएको भनिएको छ।
‘क्षतिपूर्ति असुलीका अन्य विकल्प एवं कानुनी बाटो अवलम्बन गर्नुको सट्टा सिधै मुद्दामा जानु निजी क्षेत्रलाई निस्तेज पार्ने प्रयास हो भन्ने हाम्रो बुझाइ छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कानुनी स्पष्टताको अभाव रहेको अवस्थामा व्यवसायीलाई भ्रष्टाचारजन्य आरोपमा कसूरदार ठहर गर्ने परिपाटीले नेपालमा लगानी निरुत्साहित गर्ने अवस्था सिर्जना हुन्छ।’
विज्ञप्तिमा प्रचलित कानुनबमोजिम सम्पूर्ण करहरू भुक्तानी गरी सञ्चालनमा रहेका उद्योगका लगानीकर्तालाई हतोत्साही गर्ने गरी भ्रष्टाचार जस्तो गम्भीर आरोप लगाइनु दुर्भाग्यपूर्ण भएको उल्लेख छ।
लकडाउनबीच कर तिर्न उर्दी जारी गरेको सरकार चौतर्फी आलोचनापछि पछि हटेको छ । निजी क्षेत्रले लकडाउनमा कर तिर्न नसक्ने भन्दै निर्णय सच्याउन दबाब दिएको थियो । निजी क्षेत्रको मागमा समर्थन जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत कर नतिर्न आह्वान गरेपछि सरकारलाई थप दबाब परेको थियो ।
चर्को दबाबपछि अर्थ मन्त्रालयले कर तिर्ने समय थप दुई साताका लागि थपेको छ । असार ७ गतेसम्मका लागि कर तिर्ने समय थपिएको आन्तरिक राजस्व विभागले जनाएको छ । विभागले मंगलबार सूचना प्रकाशित गरेर जेठ २५ र जेठ मसान्तसम्म कर तिर्न निर्देशन दिएको थियो । कर नतिरे जरिवाना गर्ने सूचनामा उल्लेख थियो ।
लकडाउनले उद्योग, व्यवसाय बन्द भएकाले कर तिर्न नसक्ने भन्दै समय थप गर्न निजी क्षेत्रका संघ–संस्थाले अनुरोध गरेका थिए । बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत कर तिर्ने समय थप नगरे अवज्ञा गर्ने भन्दै निजी क्षेत्रको पक्षमा विज्ञिप्त प्रकाशित गरेपछि सरकारलाई थप दबाब परेको थियो । सत्तारुढ दल नेकपाभित्र समेत सरकारले व्यवहारिक निर्णय गरेको भन्दै अर्थमन्त्री युवराज खतिवडाको आलोचना भएको थियो ।
सरकारले एकातर्फ उद्योग बन्द गर भन्ने र अर्कोतर्फ कर तिर भनेर दोहोरो नीति लिएको थियो । गत चैत ११ बाट सुरु भएको लकडाउन जेठ ३२ सम्म जारी छ । लकडाउनले सबै क्षेत्र ठप्प भएपछि यसअघि नै फागुन, चैतको कर तिर्ने भाका जेठसम्म धकेलिएको थियो ।
सरकारले चालु आर्थिक वर्ष ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखे पनि जेठ १९ सम्म ६ खर्ब २४ अर्ब ७७ करोड रुपैयाँ मात्र उठेको छ । लक्ष्य अनुसार राजस्व नउठेपछि सरकारलाई खर्च गर्ने पैसाको अभाव छ । राजस्वबाहेक अनुदान र अन्य आय गरेर अहिलेसम्म सरकारले ६ खर्ब ७९ अर्ब ७८ करोड उठाए पनि खर्च आठ खर्ब २२ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
उद्योगी, व्यवसायीले असार मसान्तसम्मको समय माग गरे पनि विभागले असार ७ र १५ गतेसम्मको समय दिएको छ । यसअघि जेठ २५ मा तिर्नू भनेको करको हकमा असार ७ र जेठ मसान्तमा तिर्नू भनेको हकमा असार १५ गतेसम्म भाका सारेको छ ।
लकडाउनको मोडल फेर्न आग्रह
निरन्तरको लकडाउनले उद्योग, व्यवसाय ठप्प हुँदा असहज परिस्थिति आएको भन्दै उद्योगी, व्यवसायीले लकडाउनको स्वरुप परिवर्तन गर्न आग्रह गरेका छन् । कतिपय ठाउँमा पसल खोलेर व्यवसायीले लकडाउनको उल्लंघन गर्न थालेका छन् । लकडाउनले सीमित उद्योग, व्यवसाय बाहेक सबै क्षेत्रका आर्थिक गतिविधि ठप्प छ । सरकारले यसअघि ४२ प्रकारका उद्योग सञ्चालन गर्न दिने निर्णय गरे पनि कठिनाइ भएको उद्योगी, व्यवसायीको गुनासो छ ।
जोखिमका आधारमा वर्गीकरण गरेर उद्योग, व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह गरेको उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । ‘लकडाउनको मोडल परिवर्तन गर्न सरकारलाई सुझाव दिएका छौं,’ राणाले भनिने, ‘कम जोखिम भएको क्षेत्रमा उद्योग, व्यवसाय गर्न दिनुपर्छ ।’ लकडाउनको स्वरुप परिवर्तन गर्न सरकारले पनि सरोकारवालासँग छलफल सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार लकडाउनको स्वरुप परिवर्तनबारे विज्ञसँग छलफल गरेका थिए ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।