नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताएका छन्।
हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर आइपुग्नु भएका निर्देशक घिसिङले प्रसारण लाइन नभएकै कारण विद्युत् खपत बढाउन नसकेको बताए ।'उद्योगीले बत्ती नपाउने, अर्कोतिर खेर जाने भएको छ, यसैले खपत बढाउन प्रसारण लाइन चाँडै बनाउन आवश्यक छ' उनले भने, 'हामीले यसका लागि पहल गरिरहेका छौं, राज्यका सबै संयन्त्रले सहयोग गर्नुपर्यो।'
निर्देशक घिसिङले प्रसारण लाइन निर्माणको क्रममा विभिन्न अवरोध हुँदा कामले प्रगति हासिल गर्न नसकेको भन्दै सबैको सहयोग आवश्यक रहेको बताए। प्रसारण लाइनका कारण दैनिक विद्युत् खेर गएको तर पाउनुपर्ने उद्योगीले नपाएको उनको भनाइ छ।
चितवनको भरपुरबाट पश्चिम १३२ केभीको सिङ्गल सर्किटबाट ९० मेघावाट मात्रै विद्युत् पठाउन सकिएको भन्दै निर्माणधीन २२० केभी प्रसारण लाइन सम्पन्न भए करिब पाँच सय मेघावाट विद्युत् बुटवलसम्म पुर्याउन सकिने उनको भनाइ छ। नवलपुर, परासी, बुटवल क्षेत्रमा उद्योगले विद्युत् धेरै माग गरिरहेको तर प्रसारण लाइनको अभावका कारण समस्या भएको उहाँले बताउनुभयो । निर्देशक घिसिङले बुटवलसहित भैरहवा र नेपालगञ्जसम्म विद्युत् लोड बढाउन आफूहरु लागि परेको बताउँदै यसका लागि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन चाँडै सम्पन्न गर्नुपर्ने अवस्था रहेको जानकारी दिए।
तामाकोशी परियोजनाबाट अहिले दुई हजार मेगावाट उत्पादन भइरहेको तर ट्रान्समिसन लाइन नहुँदा भरतपुरदेखि पश्चिम जान नसकेको जानकारी दिदैं उनले विद्युत्को खपत बढाउन विद्युतीय सवारी प्रयोगलाई बढाउँदै जानुपर्नेमा जोड दिए। निर्देशक घिसिङले पेट्रोलभन्दा धेरै सस्तोसमेत पर्ने भएकाले यसको प्रयोग बढाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण गर्न लागिएको बताउँदै ठाउँ उपलब्ध गराए नवलपरासी पूर्व नवलपुर क्षेत्रमा समेत चार्जिङ स्टेशन निर्माण गर्न सकिने उललेख गरे।
यसै क्रममा नवलपुरको बोझा पोखरीमा सव स्टेसन निर्माणमा ढिलाइ भएको र यसका कारण जिल्लाका दुई गाउँपालिकामा अझै राष्ट्रिय प्रसारणको लाइन पुग्न नसकेकोमा स्थानीय सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। सो अवसरमा निर्देशक घिसिङले सव स्टेन चाँडै सक्न आफूले पहल गर्ने र बजेटको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे।
प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनीले हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको नवलपुर क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी गराएका थिए। प्रसारण लाइनको नवलपुरमा १९३ वटा टावर पर्दछन्। तीमध्ये १९१ वटा टावर बनिसकेको र अदालतको स्टे अडरका कारण दुम्किबास क्षेत्रमा दुईवटा टावर बन्न नसकेको उनले बताए।
स्थानीयस्तरबाट प्रसारण लाइन निर्माण हुने समस्या समाधानका लागि आफू लागिरहेको प्रमुख जिल्ला अधिकारी पङ्गेनीले बताए। हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनअन्तर्गत भरतपुर पश्चिममा २४६ र पूर्वमा २२६ वटा टावर रहेका छन्। फागुन सम्ममा भरतपुर पूर्वको काम सकिने जनाइएको छ। रासस
डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधानका लागि जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ। आयोगका अध्यक्ष गिरिशचन्द्र लालले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई प्रतिवेदन बुझाएको हुन्।
डेडिकेटेड तथा ट्रंक लाइन महसुलसम्बन्धी विषयको दिगो समाधान गर्न प्रतिवेदन उपयोगी हुने आयोगले जनाएको छ। आयोगले तीन महिना १० दिनमा सो विषयसँग सम्बन्धित व्यक्ति तथा विभिन्न निकायका कर्मचारीसँग सोधपुछ र छलफल गरेर प्रतिवेदन तयार गरेको जनाएको छ।
ट्रंक लाइन महसुल विवाद समाधान गर्न भएका ऐन, नियम, विनिमय, कार्यविधि, निर्देशिका, मापदण्ड, विभिन्न समयमा अदालतबाट भएका फैसलालगायत सम्पूर्ण पक्षको राय सुझाव लिएर तयार पारिएको जनाएको छ।
आयोगले बुझाएको प्रतिवेदनको निष्कर्ष के हो भन्ने विषय भने ऊर्जा तथा जलस्रोत मन्त्रालयले सार्वजनिक गरेको छैन। खासगरी, आयोगले २०७२ साउनदेखि पुससम्म, २०७२ माघदेखि २०७५ बैशाखसम्म र २०७५ जेठदेखि २०७७ असारसम्मको फरक फरक अध्ययन गरेको जनाएको छ। सुरुको ६ महिनामा महसुल निर्धारण भएको छैन। २०७५ जेठमा लोडसेडिङको अन्त्य भएको थियो।
नेपाल विद्युत् प्राधिकरणले २०८० पुसमा डेडिकेटेड तथा ट्रंक लाइनबापतको महसुल नतिर्ने उद्योगको नामावली सार्वजनिक गरेको थियो। त्यसपछि कतिपय उद्योगको लाइनसमेत काटिएको थियो।
प्राधिकरणको निर्णयबाट तर्सिएका उद्योगीहरू भने प्रधानमन्त्री पुष्पकमल दाहाललाई गुहार्न बाध्य भएका थिए। उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललगायतका उद्योगी प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई भेटेर उद्योगको लाइन नकाट्न आग्रह गरेका थिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।